आज भोली हरेक रात आँसुले धुन थालेको छु
होश दुख्छ र त मदिराका प्याला छुन थालेको छु
अनुरागमा दाग थियो या घात मेरो भाग थियो
समाधान नपाएर आँफै प्रश्न हुन थालेको छु
शुभकामना कुशल मंगल त्यस्तै भो यो जुनीमा
आफ्नै मृत्युमा बजाउने शोकको धून थालेको छु
बिचलन भ'का बिचारमा सन्तुलन हुन्छ कहाँ
गल्ली गल्ली बेबारिस मन्को बह फुन थालेको छु
बदनाम छु गुमनाम थिए बजारमा बेचिए
सहि गलतको के भो मन्थन पुन: थालेको छु