19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल विक्रम तिमिल्सिना January 26, 2010, 4:30 pm

गहिराइ चुमेँ लाग्छ, तिमी खुल्दै–खुल्दै जान्छौ

अरू झर्छन् फुलेपछि, तिमी फुल्दै–फुल्दै जान्छौ

होलान् दुःख तिम्रा पनि, मुटुभित्र चोट होलान्

मलाई सम्झिएर सायद बाँकी भुल्दै–भुल्दै जान्छौ

कति–कति सीमा टुटे, कति बन्धनहरू फुटे

अजम्बरी तिम्रो नाता तिमी घुल्दै–घुल्दै जान्छौ

हिजोसम्म बन्द ढोका खुलाएर तरङ्गमा

तनदेखि मनसम्म तिमी डुल्दै–डुल्दै जान्छौ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।