14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

रवीन्द्र बाबुको भूमिमा पहिलो पाइला

नियात्रा तुलसी प्रवास January 26, 2010, 3:37 pm

जीवन एउटा यात्रा हो । आमाको गर्भबाट यस धर्तीमा पाइला टेक्नासाथ हाम्रो जीवन यात्रा प्रारम्भ हुन्छ । मृत्यु पर्यन्त जारीरहने यस विशाल यात्रामा कहिले कहिले कनै यात्राले विशेष महत्व राख्ने गर्दछ । तिनै महत्वपूर्ण यात्रा मध्येको एउटा यात्रा यहाँ चर्चा गर्न लागिएको छु । जुन यात्रा मेरो जीवनकै महत्वपूर्ण यात्रा थियो । सम्भव भएसम्म हरेक ब्यक्ति पुुग्नैपर्ने स्थल थियो । सफल जीवन जीउनेहरुको एउटा पवित्र भूमि तर्फको यात्रा थियो त्यो !

मानिसको पहिलो आवश्यकता जीवन हो । त्यसपछि उसका आवश्यकताहरु क्रमैसँग थपिंदै जान्छन् । यो मानवीय स्वभाव पनि हो । जीवनमा मास्टरी गर्न थालेको १४ वर्ष बितेछ । यस पेशामा लागेर जीवन निर्वाह त भएको छ । तर अन्तर्मनभित्रका अनगिन्ती रहरहरु च्यापिएका छन् । मेरा कैयौं शिक्षक साथीहरुले पोखेका गुनासाहरु र मेरा मनभित्रका गुनासा समान छन् । बिहान उठ्यो हतार हतार हातमुुख धोयो ,नोटबुक काखीमा च्याप्यो पढाउन गयो भरे दिनभरि जोतेको गोरुजस्तै भएर घर फक्र्याे । भोलि पनि उही , पर्सी पनि उही ––––––––सधैं उही । कहिल्यै फूर्सद छैन । ३० दिन पढायो १ दिन तलब बुझ्यो, सबैलाई बुझायो भोलिदेखि फेरि जस्ताको तस्तै । यस्तै हो शिक्षकको दैनिकी । नयाँ ठाउँ घुम्ने नयाँ कुरा देख्ने र जान्ने न त फूर्सद छ ,न त पर्याप्त पैसा नै । खालि किताब , पत्र पत्रिका पढ्यो । ए ....यहाँ त यस्तो रैछ नि है भन्दै साथीहरुलाई गफ चुट्यो, बस्यो । त्यसभन्दा ठूलो उपलब्धी यस पेशामा मलाई लागेन ।

मैले अध्ययन र अध्यापनको सन्दर्भमा धेरै पुुस्तक पढें जसमा विभिन्न महान् व्यक्तिहरुको जीवनीले मलाई विशेष प्रभाव पा–यो । शेक्सपियर ,आइन्सटाइन ,न्यूटन ,होमर ,कालिदास , रवीन्द्रनाथ टैगोर , स्वामी विवेकानन्द , देवकोटा आदि आदि संसारका सफलतम् महापुरुषहरुको जीवनी पढ्दा र पढाउँदा यी व्यक्तिहरु कस्तो ठाउँ , कस्तो वातावरणमा जन्मेका होलान् भन्ने जिज्ञासा लागिरहन्थ्यो र पुग्न मन लाग्थ्यो ती महपुरुषहरुको भूमिमा एकपटक तर समस्या उही अघिकै–––––––।

कुरो जनवरी ७ ,२०१० को हो । हवाइजहाजको यात्रा मेरो जीवनमा पहिलो अनुभव थियो । गोपाल जि.टी.दाइको पनि शायद पहिलो नै थियो । जहाजमा बसिसकेपछि मैले हाँसो गरें “दाइ युनिटीले जहाज चढायो है ।” दाइ मुसुक्क हाँस्नुभयो । मलाई नौलो अनभूति भैरहेको थियो । भित्र भित्र कतै कुनामा डर पनि लागेको थियो । परारै एक पटक इन्डियाकै लागि उडेको जहाज अपहरणको समाचार सम्झेँ । एकपटक श्रीमती र छोरालाई फोन गर्ने विचार आयो । दाइले र मैले आ आपm्ना घरमा फोन गर्यौँ । जहाजले बिस्तारै जमिन छाड्यो । माथि आकाशबाट एकपटक काठमाडौँ शहरलाई नियालेँ । अस्त ब्यस्त र फोहोर थुपारेजस्तो लाग्यो काठमाडौका घरहरु । बिस्तारै जहाजले गति लियो । हामी हाँसो गर्दै गफ गर्दै समय बितायौँ । केही छिनपछि खानेकुरा आयो । सानो २०० मिलि. लिटरको वोतलमा पानी देख्दा दिनभरिको प्यास नथाम्ला जस्तो लागेर अर्को २ बोतल पानी मागेर तनक्क पार्यौँ दुुवै जनाले । जहाज आकासिदै गयो । जमिन देख्न छाडियो । शायद साँझ पर्न लागेकोले होला । समय समयमा गन्तव्य स्थान सम्मको दुुरी देखाइरहेको थियो । कलकत्ता नजिकिदै गयो । बंगालको खाडी माथिबाट फनक्क घुमेर जहाज बिस्तारै अवतरण भयो । सुभासचन्द्र बोस विमानस्थलमा हामीले पहिलो पाइला टेक्यौँ ।

कलकत्ता ,पश्चिम बंगाल राज्यको प्रमुख व्यापारिक शहर , त्यही भूमिमा सुभासचन्द्र बोस, रवीन्द्रनाथ टैंगोर ,स्वामी विवेकानन्द , मदर टेरेसा , अमत्र्य सेन जस्ता भारत भूमिका महान् सपुुतहरुले आफ्नो जीवनका सफलतम् क्षणहरु व्यतित गरेका थिए । मलाई श्रद्धा लाग्यो यस भूमिप्रति । झलक्क सम्झेँ टैगोरको गीताञ्जलीको एक पंक्ति..

प्रियतमा, जुन गीत गाउन भनी म तिम्रो सभामा आएको थिएँ

त्यो गीत अहिलेसम्म गाउन सकिन

यो जीवन केवल आफ्नै वीणाका तारहरुको

स्वर साँध्नमै बित्यो ।

मनमनै सम्झेँ मदर टेरेसालाई । उनको सामाजिक कार्यलाई । अनि सम्झेँ स्वामी विवेकानन्दलाई । यी सबै सबै महापुरुषहरुलाई मनभरि सजाएर कम्पनीले सुम्पेको दायित्व बोध गरिहेको थिएँ । अफिसको कामले व्यस्त भएर बिष्णु सर एयरपोर्ट आउन भ्याउनु भएनछ । हतार हतारमा हामीले नेपाली रुपैयाँलाई आइ.सी मा. साट्न भ्याएका थिएनौँ । एयरपोर्टमा साट्न मिल्ला कि भनेको त्यो पनि मिलेन अब हामीलाई आपत सुुरु भयो एयरपोर्ट बाटै । तर म हरेक चुनौतिलाई अवसरसँग दाँजेर हेर्न बानी परिसकेको थिएँ । गोपाल दाइ हिन्दीमा अलि अकमकाउनुहुदो रहेछ त्यसैले कसैसँग कुरा गर्नमा म नै अघि सर्नुपथ्र्याे । एयरपोर्टबाट बाहिर निस्कदा साँझको ७ बजिसकेको थियो । बाहिर आउनासाथ मौरीले घेरे झैं ट्याक्सीवालाहरुले हामीलाई घेर्न थाले । नेपालको सिमकार्डले काम नगर्ने , एकपटक बिष्णु सरलाई फोन गर्ने बिचार भयो । हामीले होटल बुक गरिदिन उहाँलाई नै भनेका थियौं । टेलिफोन गर्न यताउता खोज्यो कतै देखिदैन । मैल त्यही ट्याक्सीवालाको मोवाइलबाट उहाँलाई फोन गरँे । उहाँले मोहम्मद अली पार्क आउनु भन्नुभयो । ट्याक्सीवालालाई सोधेको १ हजार रुपैया भन्छ । मैले भनँे— “हमारा पास नेपाली रुपैया हे चलेगा ?” उसले भन्छ “१५०० रुपये लागेगा ।” एकछिन बह्स चल्यो । आखिर १ हजार नेपाली रुपैयाँमा जाने निधो गरेर हामी बस्यौं ट्याक्सीमा ।

पहिलो पटक गएको ठाउँ , साँझ परिसकेको समय , ट्याक्सीमा अर्काे एउटा भुस्तिघ्रे पनि आएर म नेर बस्यो । भित्र भित्र डर पनि लाग्यो । कतै अन्तै लगेर लुट्ने त होइनन् । दुई जना बंगालीमा कुरा गर्छन् । गोपाल दाइपनि डराएको प्रस्टै झल्कन्थ्यो । अलिपर पुुगेपछि दाइको डर फुस्क्यो “भाइ साव , मोहम्मद अली पार्क गाउँमे हे क्या ?” मलाई हाँसो उठ्यो । दाइको डर भरिएको कुरा सुनेर । आखिर अलि अलि डर त मलाई पनि लागेको थियो । कलकत्ताको व्यस्त सडक हुदै लगभग १ घण्टा पछि मोहम्मद अली पार्क पुग्यौ । विष्णुजी हामीलाई लिन आउनु भएको रहेछ । केही समय अघि उहाँको खाटबाट लडेर खुट्टो भाँचिएको थाहा पाएको थिएँ । अझै खोच्याइरहनु भएको थियो । हामीले उहाँसँग सबैभन्दा पहिले पैसा साटिदिन अनुरोध गर्यौं ।उहाँले अर्काे साथी गुल्मी हर्मीचौरका बिष्णु पाण्डेको अफिसमा लैजानुभयो । पाण्डेजीसँग परिचय भयो । उहाँ अझै पनि अफिसमा व्यस्त हुुनुहुन्थ्यो । सुगम ट्रान्सपोर्ट जसको अफिस काठमाडौंमा पनि रहेछ भारतको ठुलो ट्रान्सपोर्ट कम्पनी रहेछ त्यो । हाम्रा झोला बोकेर बिष्णु बस्याल र बिष्णु पाण्डेले एउटा होटलमा लैजानु भयो । होटलको रिसेप्सनमा गएर हामी सोफामा बस्यौं । जताततै बंगाली भाषा चल्दो रहेछ । बिष्णुजीहरु बंगालीमा म्यानेजरसँग गफ गर्दै हुनुहुन्थ्यो । एकैछिनपछि ठुलै बहस सुरु भयो । मैले कुरा नबुझेर बिष्णुजीसँग सोधें “सर के भयो ?” उहाँले भन्नुभयो “नेपाली पाहुनालाई होटलमा अनुमति छैन रे ।” मलाई कता कता रिस उठेर आयो । दुःख पनि लाग्यो । म आफै गएर सोधें “क्यो अलाउड नही , कारण क्या हे ?” उसले भन्यो “कुछ नहीँ , अलाउड नहीँ” ऊसँग कुनै तर्क थिएन कुरो बुझ्दै जाँदा नेपालको राजनीतिक अस्थिरता र भारतमा बढ्दै गएको माओवादी गतिविधि यसको कारण रहेछ । एकपटक हाम्रा राजनीतिक पार्टीहरुलाई धिक्कार्न मन लाग्यो । देशको राजनीतिक अस्थिरताको प्रभाव कसरी विदेशमा समेत पर्दाे रहेछ । फेरि झोला बोक्यौं र लाग्यौं अर्काे होटलतर्फ ।

एशियाकै सबैभन्दा ठूलो फलमण्डी पार गरेर हामी पुग्यौं होटल ऋतुराजमा । ठुलो होटल रहेछ । नागरिकता र कम्पनीको परिचयपत्र देखाइसकेपछि हामीले त्यहाँ कोठा पायौँ । लिफ्ट चढेर २११नं. कोठामा पुगेपछि , बल्ल आराम महसुस गर्याै । यसरी पहिलो गाँसमै ढुङ्गा भने झैंँ भयो हाम्रो कलकत्ताको यात्रा । भोलिपल्ट त्यो होटल अलि अपायक र भित्रपट्टि पर्ने जस्तो मानेर शहरको माझमा , जहाँबाट सबै कुराको सुविधा होस् बैंक, साइबर र नेपाली साथीहरु आवत जावत गर्न सजिलो पर्ने होटल खोज्दै हिंड्दा गणेशचन्द्र एभिन्यूमा रहेको होटल मिनरवा हामीलाई उपयुक्त लागेर त्यसैंमा स–र्यौं । ठुूलो कोठा लिएर त्यसैमा कम्पनी एउटा व्यानर टाँगेर योजना बनाउन थाल्यौंँ ।

हावडा कलकत्ताको प्रसिद्ध स्थान । जनवरी १० तारिखको दिन कलकत्ताका प्रवासी नेपालीहरुसँग सम्बन्धित १ दर्जनजति संघ संस्थाका पदाधिकारी र अन्य नेपाली तथा भारतीय नागरिकहरुको ठूलो उपस्थिति त्यही हावडाकै ठूलो चौरमा थियो । नेपालीहरुले समयसमयमा पूजा आजा गर्ने र साँस्कृतिक कार्यक्रम गर्ने चौर रहेछ । त्यहीँ हाम्रो कम्पनीको कार्यक्रम गर्ने तय भए अनुरुप हामी पनि पुग्याँैं ठीक समयमा । भित्र प्रवेश गर्नासाथ एउटा सानो चौतारीमा शिवलिङ्ग राखेर पूजा गर्ने ठाउँ देख्नासाथ झलक्क पशुपतिनाथलाई सम्झें । शिवलिङ्गलाई ढोग गरें । नेपाली साथीहरुको आउनेक्रम बढ्रदै थियो । सानो मिटिङपछि सुरु भयो हाम्रो कम्पनीको कार्यक्रम । हातमा सानो डायरी लिएर म अगाडि गएर उद्घोषण गर्न थालँे । सारा नेपालीहरु नोकरीको खोजीमा भारत पस्छन् । हामी हाम्रै देशमा रोजगारीको अवसर जुटाउन विशाल कम्पनीका योजनाहरु प्रस्तुत गर्दे थियौं । त्यही भएर होला सबैको ध्यान हामीतिरै थियो । मैले कलकत्ता आएपछिको होटलको नमिठो घटना , त्यहाँका नेपालीहरुले भोग्नु परेका समस्याहरु, बाध्यताहरु एक एक गर्र्दै केलाउदै गएँ । मैले सबैलाई एकाग्र (मोटिभेट) गर्नु थियो । मेरो जिम्मामा उद्घोषण सँगसगै मोटिभेसन पनि थियो ।

“नेपाली माटोको माया र घर परिवारको माया मनभरि साँचेर पनि यो प्रवासी भूमिमा आफ्ना दुःख पीडाहरु गुम्स्याएर दिन गन्दै बस्नुभएका यहाँहरु सबैलाई यस कार्यक्रममा स्वागत गर्दछु ।” यति भन्दा सबैका आँखा रसाएका थिए । शायद घर परिवाको चिन्ताले होला । त्यसपछि मैले खड्गबहादुर कथाको पात्र ‘खड्गबहादुर’को प्रसङ्ग उठाएँ । नेपालीहरु संगठित भएर बस्दा हुने फाइदा बारे बताएँ । त्यसपछि गोपाल दाइले कम्पनीका योजनाहरु प्रस्ट पारिदिनु भयो । सत्यवती नेपाली धार्मिक सेवा समिति , संयुक्त नेपाली केन्द्रीय सेवा संघ , गोरखनाथ सेवा समिति , नेपाली जनकल्याण समिति लगायतका १ दर्जनजति संस्थाका प्रतिनिधिहरुले हामीलाई पूर्ण रुपमा समर्थन गर्नुभयो । कम्पनीका योजनाहरु अगाडि बढाउने वचन पनि उहाँहरुले दिनुभयो । त्यसमा बिष्णु बस्याल , केशव शर्मा , सरोज ढकाल ,युना थापा ,एल.वी. कार्की , लगायतको महत्वपूर्ण भूमिका रह्यो । त्यसै भेलाबाट बिष्ण्ुाप्रसाद बस्याल ,बिष्णु पाण्डे, युुना थापा र सरोज ढकालको नेतृत्वमा कलकत्तामा युनिटीका गतिबिधिहरु अगाडि बढाउने निर्णय समेत गरियो । यसबाट हाम्रो लक्ष्य अलिकति पूरा भएको महसूूस हामीलार्इृ भयो ।

सरोज ढकाल कलकत्तामा बस्ने नेपालीहरुमध्ये पढेलेखेको विद्धान व्यक्ति हुनुहुदोरहेछ । एस.एल.सी. पछि अध्ययनको क्रममा कलकत्ता आएर हाल एम.बी.ए सकेर एम. फिल को तयारीमा हुनुहुदोरहेछ । आफ्नै एउटा टुर एण्ड ट्राभल्स एजेन्सी पनि सञ्चालन गर्न थाल्नुभएको रहेछ । कलकत्ता र काठमाडौंमा दर्ता भैसकेको यो ट्राभल्स पोखरामा पनि शाखा बिस्तारको क्रममा रहेछ । मैले पोखरामा पूर्ण सहयोग गर्ने बचन दिएँ । उहाँबाट जानकारी पाएअनुसार कलकत्तामा घुम्नेै पर्ने केही स्थानहरुमा हावडा ब्रीज , मेट्रो रेल , भिक्टोरिया मेमोरियल म्युजियम , रवीन्द्र सदन , बाबुघाट मेला ,हुग्ली ब्रीज, तारामण्डल,आदि आदि रहेछन् । हाम्रो भ्रमणको एउटा उद्देश्य कम्पनीको कार्यक्रम सम्पन्न गर्नु थियो भने अर्काे उद्देश्य कलकत्ताका महत्वपूर्ण स्थलहरु घुमेर भ्रमणको आनन्द लिनु थियो । त्यसैले भोलिपल्ट योजना बनाएर एउटा ट्याक्सी रिजर्भ गरी घुम्न निस्क्यौं ।

सबैभन्दा पहिले हामी बाबुघाट गएर भागिरथी गङ्गाको स्नान गरी स्टीमर चढेर हावडा तर्पm लाग्यौं । विशाल गङ्गा जसमा ठूला ठूला पानीजहाजहरु समेत चल्दा रहेछन् । स्टीमरबाट मैले केही फोटोहरु खिचँे । हावडा ब्रीजको सुन्दर दृश्य पनि मैले क्यामेरामा कैद गरें । हावडा ब्रीज बयानै गर्न नसकिने सुन्दर र आनौठो रहेछ । एउटा पनि पिलर नगाडी अडिएको यो पुल कलकत्ताको मुख्य आकर्षण रहेछ । यसलाई रवीन्द्र सेतु नामले पनि चिनिदो रहेछ । भागीरथी गङ्गा र हिन्द महासागरको संगम स्थललाई गङ्गासागर भनिदो रहेछ । “अरु तीर्थ बार बार गङ्गासागर एकबार” भन्ने कथन भारत र नेंपालमा समेत प्रसिद्ध छ । भागिरथी गङ्गालाई कलकत्तामा हुग्ली नामले पनि चिनिदो रहेछ । घुम्ने क्रममै हामी युना थापाको घरमा पनि पुग्यौं । युना थापाको घर बुटवल रहेछ । बुुबाको एस. बी. आइ. बैंकमा जागिर रहेछ । उहाँ राम्रो कलाकार हुनुहुदोरहेछ । उहाँको घरमा गएर चिया पिएर हामी पुनः घमफिर तर्फ लाग्यौं ।

भिक्टोरिया मेमोरियल म्युजियमभित्र प्रवेश गर्दा हामी अर्कै संसारमा हिडें जस्तो महसूस भयो । कलकत्ताको शहरी कोलाहलभित्र त्यस स्थानमा छूटै आनन्द थियो । विशाल कम्पाउण्डमा फैलिएको महारानी भिक्टोरियासँग सम्बन्धित विभिन्न कलाकृतिहरुको संग्रह यसभित्र रहेछ । त्यहाँबाट हामी तारामण्डल गयौं । टाँगामा चढेर त्यसको अनुभव पनि लिइयो । तारामण्डल भारतीय वैज्ञानिकहरुले तयार पारेको एउटा विशेष स्टेशन रहेछ । त्यहाँबाट ठूलो टेलिस्कोपद्धारा सम्पूर्ण तारामण्डलको दृश्य अवलोकन गराइदो रहेछ । एउटी अंग्रेज वृद्धाले मिठो स्वरमा हिन्दी भाषामा तारामण्डलको बयान दिनेरहिछिन् । दिउँसै तारा देखिने त्यस स्थानले पनि हामीलाई नयाँ अनुभव गरायो । भारतले गरेको विज्ञान जगतको यो नयाँ उपलब्धी हाम्रो लागि अविष्मरणीय रह्यो ।

यसैगरी हामी भोलिपल्ट मेट्रो रेल (जमिन मुनिबाट सुुरुङ्गमार्ग हुदै चल्ने रेल) पनि चढ्यौँ । रवीन्द्रनाथ टैगोरको जन्मघरमा गएर विभिन्न उहाँसँग सम्बन्धित बस्तु तथा पुस्तकहरु अवलोकन गर्यौँ । रवीन्द्रसदनमै एकजना नेपाली कलाकारले चित्रकला प्रदर्शनी गर्नुभएको रहेछ । उहाँको नाम चन्द्रा श्रेष्ठ रहेछ, मैले परिचय गरें । गोपाल श्रेष्ठ सरलाई चिन्नुहुदोरहेछ । सानी छोरीले वीरेन्द्र सैनिक स्कुलमै पढ्दिरहिछन् । त्यसबाट झन् आत्मियता बढ्यो । उहाँका सुन्दर चित्रहरु हरेर हामी पुनः आफ्नो बासस्थान तर्फ लाग्यौं ।

कलकत्ता र बम्बइको २ वटा कार्यक्रम सम्पन्न गर्ने उद्देश्यले गएका हामी कलकत्तामै साथीहरु भेट्दा घुमफिर गर्दा १० दिन बितिसकेछ । एक साँझ गोपाल दाइले खल्ती टक्टक्याउँदा कम्पनीबाट ल्याएको ७५ हजार रुपैयाँ झ्वाम पारिएछ । अब फर्कने भाडामात्र छ भनेको सुन्दा अचम्म लाग्यो । हुन पनि महँगो होटल, घुमफिर, साथी भाइसँगको भेटघाट , हाम्रो यात्रा खर्चिलो थियो । अब अर्काेपटक बम्बइ जाने बाचा गर्दै नेपाल फर्कने विचार गर्यौं । सरोजजीलाई टिकटको जिम्मा दियौ । उहाँले पूर्वाञ्चल एक्सप्रेसको ए श्रेणीको डिव्वा रिजर्भ गरिदिनुभएछ । बिष्णुजीको अफिसमा गएर उहाँलाई कम्पनीका सम्पूर्ण सामग्री जिम्मा लगाएर , इन्टरनेटमार्फत कसरी कम्पनीमा प्रवेश गराउने भन्ने जनाकारी गराएर हिड्याँै सरोजजी ,म र गोपाल दाई रेलवे स्टेशनतर्फ । गोपाल दाइलाई रेलको यात्रा पनि नौलो थियो । जाँदा जहाजमा र आउँदा रेलमा भन्ने हाम्रो पहिले देखिको योजना थियो । पूर्वाञ्चल एक्सप्रेसको ए.सी.वाला क्याबीनमा बसेर धेरैबेर सरोजजी र हामी गफ गर्न थाल्यौं । उहाँको ट्राभल्स र हाम्रो बिजनेस सँगसंगै अघि बढाउने वाचा गर्यौं । रेलले लामो सिठी बजायो । सरोजजीले विदाइका हात हल्लाउनुभयो । मैले पनि एकपटक ती महापुरुषहरुलाई सम्झें रवीन्द्रनाथ ,मदर टेरेसा, विवेकानन्द ,सुभासचन्द्र बोस ............। हामी बिस्तारै त्यो पवित्र भूमिबाट टाढा हुँदै थियौं । नोबेल पुरस्कारको शहर भनेर चिनिने त्यस ऐतिहासिक शहरलाई अन्तिम विदाइ गरेर हामी अघि बढ्यौं । रेलले गति लिदै गयो । छ्याकछ्याक........छ्याकछ्याक...........छ्याकछ्याक.......

पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।