18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत बिद्रोही साहिंला February 9, 2010, 4:03 pm

पानी हो कि पसिना, आँशु हो कि असिना

हर मौसम बगिर’न्छ केही भन्न मैले सकिन

हिमाल चढे पनि त्यस्तै तराई झरे पनि त्यस्तै

गाँउमै बसे पनि त्यस्तै शहर पसे पनि त्यस्तै

पानी हो कि पसिना आँशु हो कि असिना

हर मौसम बगिर’न्छ केही भन्न मैले सकिन

मेची तरे पनि त्यस्तै काली तरे पनि त्यस्तै

घरमै बसे पनि त्यस्तै मुगलान भासे पनि त्यस्तै

पानी हो कि पसिना, आँशु हो कि असिना

हर मौसम बगिर’न्छ केही भन्न मैले सकिन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।