14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

यात्रा र ‘अन्तर्मनको यात्रा’

नियात्रा वासुदेव गुरागाईं February 9, 2010, 6:55 am

काठमाडौँबाट पूर्व १ नम्बर र २ नम्बरका जिल्लाहरु भनेर चिनिने बाग्मतीको सिन्धुपाल्चोक र जनकपुरको दोलखा र रामेछाप जिल्ला काठमाडौँबाट खासै टाढाका जिल्ला मानिँदैनन् । त्यसमाथि सवारी साधनको सुविधाले यिनलाई काठमाडौँसँग अभैm नजिक्याएको छ । सिन्धुपाल्चोक र दोलखाको त कुरै छाडौँ त्योभन्दा टाढाको रामेछापको सदरमुकाम मन्थलीबाट बिहान सबेरै दु्रत सवारी साधन पक्डिने हो भने खाना खान त कुत्रि तर लञ्च खान सजिलै काठमाडौँ पुगिन्छ । आ–आफ्नो इतिहासमा छुट्टाछुट्टै प्रसिद्धि कमाएका यी जिल्ला काठमाडौँबाट यति नजिक भईकन पनि उमेरले पचास र जागिरले एकतीस वसन्त पार गरिसक्दा पनि मैले टेक्ने अवसर पाएको थिइन । यी जिल्लाको भ्रमणका लागि म लामो समयदेखि लालायित थिएँ । आतुर थिएँ । तर कुनै पनि कुरामा मरिहत्ते नगर्ने मेरो बानीले यो मिसन पूरा हुन सकिरहेको थिएन । जहाँ इच्छा त्यहाँ उपाय । २०६५ पुस ५ गतेबाट ११ गतेसम्म यी जिल्लाको छोटो भ्रमण गर्ने पहिलो अवसर मैले पाएँ । भ्रमणसाथ हुनुहुन्थ्यो काठमाडौँ कपन निवासी मित्र गोपालप्रसाद अधिकारी । मेरो लागि यी जिल्ला जति नौला थिए, गोपालजीका लागि पनि त्यत्तिकै । दुवै प्रफुल्ल मनले भ्रमणका लागि एकसाथ जुर्मुरायौँ पुसको ठण्डीमा ।

सार्वजनिक यातायात भए पनि दु्रत गतिको च्यान्टे बसले तीन घण्टाभित्रै हामीलाई चौतारा टेकायो, सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम । चौतारा टेक्ता खाना खाने समय भइसकेको भए पनि हामी त्यसका लागि झट्ट तयार भएनौँ । काठमाडौँको धुलो, मैलो र प्रदुषित वातावरणबाट वाक्क भएका हाम्रा लागि यहाँको हरेक वातावरणले मन छोइरहेको थियो । खानाको प्रस्तावलाई झण्डै एक घण्टा पछाडि धकेली चियाको मिठास जिभ्रोमा बोकेर हामी बजारतिर हानियौँ । रहनसहन र सजावटको हिसाबले बेग्लै झल्को पाइने चिटिक्क परेको यो बजारले विशालकाय महानगरलाई बिर्साइरहेको थियो । चिसो हावा, खुला आकास र हरियाली वातावरणले हाम्रो भौतिक र मानसिक दुवै भोक जगाइरहेको थियो । केहीबेरको परिक्रमापछि हामी भौतिक भोक मेटाउन भातभान्सा भएतिर फर्कियौँ । फर्किएपछि थाहा भयो, हामी कति स्वार्थी रहेछौँ । खाना खाने प्रस्तावलाई पछाडि सार्दा हामीले आपैmँलाई मात्र सोचेछौँ । सँगै खाना खाने साथीहरुलाई बिर्सेछौँ, जो सँगै खाने ध्येयले हाम्रो पर्खाइमा थिए । स्वेच्छाचारी निर्णय लिएकोमा राजनीतिक पार्टीका पदाधिकारीहरुले जस्तो हामीले सजिलै आत्मालोचना ग¥यौँ, सबै परिस्थिति आफ्ना पक्षमा पारिसकेपछि ।

दुई दिनको सिन्धुपाल्चोक बसाइसँगै हामी तङ्ग्रियौँ । दोलखासम्म कार्यालयको गाडी लिएर जाने योजना बनायौँ । पुस ७ गते बिहान ६ बजे दोलखाको लागि प्रस्थान ग¥यौँ । चौतारा बजारबाट केही पर पुग्नेबित्तिकै ईर्खु प्रहरी चौकीले हाम्रो गाडी रोक्यो । कोही प्रहरीले हामीसँग लिफ्ट माग्न गाडी रोके होलान् भत्रे हामीले ठान्यौँ । तर होइन रहेछ । हाम्रो पछिपछि अर्को गाडी आउँदै गरेको थियो । त्यसैको आदेशमा हामी रोकिएका रहेछौँ ।

हाम्रो पछिपछिको त्यो गाडी कोदारी राजमार्गको खाडीचौरतर्पm हुइँकिएको रहेछ । हामी दोलखाको लागि प्रस्थान गरेको त्यो दिन माओवादी द्वन्द्वकालमा कुनै न कुनै रुपले बीचैमा जागिरबाट बाहिरिएका पूर्व सैनिक तथा प्रहरीहरुले पुनर्बहालीको माग गर्दै बन्दको आह्वान गरेका रहेछन् । यसक्रममा बाटो बन्द मात्र होइन बाटाबाटामा ठूला अवरोध खडा गरिएका छन् भत्रे पनि सुनियो । त्यसमाथि सार्वजनिक यातायात त नचल्ने अवस्थामा सरकारी गाडी लिएर नजानुस् जे पनि हुन सक्छ भत्रे सुरक्षा निकायको सुझाउ रह्यो ।

हाम्रो पछिपछि आउँदै गरेको जिल्लाको प्रहरी प्रमुखसहितको गाडीले हामीलाई त्यति सुरक्षात्मक सन्देश दिएर अगाडि बढ्यो । हामी सुरक्षा दिन्छौँ आउनुस् भत्र सकेन । विडम्बना । सम्भवतः मुलुकमा विद्यमान लामो द्वन्द्वको परिणति । हामीले चित्त बुझायौँ । गाडी अगाडि बढिसकेपछि थाहा भयो त्यस गाडीमा प्रमुख जिल्ला अधिकारी पनि सवार थिए । तर सवारीको रवाफ प्रमुख जिल्ला अधिकारीको थिएन, प्रहरीको थियो । अहिले यत्ति मात्र भनूँ ।

बाटो बन्दको खबर पाएपछि हामी चौतारा नफर्कने तर गाडी फर्काइदिने निर्णयमा पुग्यौँ । गाडी चौतारा फर्काइदियौँ । काठमाडौँ जान चौताराबाट आउँदै गरेको लोकल बस भेटियो । हामी त्यसैमा चढ्या,ैँ काभे्रको दोलालघाटसम्मको लागि । यात्रुमा सामान्य डरत्रास देखिए पनि बस कर्मचारीहरु बाटो बन्दको खबर पाउँदा पनि त्यत्ति विचलित देखिएनन् । उनीहरु भन्दै थिए— ‘सके जाउँला नसके नजाउँला । तोडफोड भए समितिको बस हुन्छ, हाम्रो के जान्छ ! सधैँ यस्तै हो, गाडी नचलाएर के गर्ने ?’ फेरि कतिखेर उनै भन्दै थिए— ‘हामीलाई केही गर्दैनन् । उनीहरुको लडाइँ सरकारसँग हो, हामीसँग होइन ।’

हामी दोलालघाट उत्रियौँ । एउटा दुइटा स्थानीय तहमा चल्ने मिनिटाटाहरु हतासिँदै ओहोरदोहोर गर्दै थिए । चरिकोट जाने केही माइक्रोबस र मन्थली जाने केही टाटासुमोले बाटो तताए । उनीहरुको भनाइ थियो हामी त बन्दका कारण राति नै काठमाडौँबाट हिँडेका, सायद अरु गाडी आउँदैनन् होला । बाटो सुनसान छ । डेढदुई घण्टा गाडीको प्रतीक्षा भयो । काठमाडौँबाट कुनै गाडी आएनन् । हामी पर्खिरह्यौँ । एकमन भन्दै थियो— ‘दोलालघाटमा अलपत्र परेर किन रात बिताउँछौ ? बेलुकासम्म जसोतसो गरेर काठमाडौँ जाओ र भोलि बिहान सोभैm काठमाडौँबाट दोलखाको बस समात ।’ फेरि अर्को मनले भन्दै थियो— ‘जनताले यस्तो दुःख कति पाए कति ! तिमीहरुलाई एकदिन दुःख पर्दा किन आत्तिन्छौ । अरुले जसरी दुःख काट्छन्, तिमीहरु पनि त्यसैगरी दुःख काट एकरात दोलालघाट बसेर ।’ ‘के गर्ने ? के नगर्ने ?’ मानसिकतामा हामी थियौँ । सोच्ने समय पर्याप्त भएकाले आत्तिएका भने थिएनौँ ।

यत्तिकैमा झण्डै बिहानको साढेनौ बजेतिर काठमाडौँबाट पाँचसातवटा बस एकसाथ हानिँदै दोलालघाट आइपुगे । हामी झुक्किएर जिरी जाने भन्दै जिरी जाने दु्रत बसमा चढ्यौँ । अन्यथा उसले नचढाउने रहेछ । ठीकै गरिएछ । भाडा उठाउँदै गर्दा हामीले भन्यौँ— ‘हामी नयाँ यात्रु हौँ । हामी झुक्किएछौँ । जानुपर्ने दोलखासम्म मात्र हो । उसले हाम्रो भाडा उठायो र दोलखा जाने अर्को बसमा चढाइदिउँला भन्यो । भाडा हामीले सोचेभन्दा निकै बढी लियो । बन्दको फाइदा उठाएको होलान् भनेर हामी चुप लाग्यौँ । उसले दु्रत बस भएकाले बीचमा यात्रु राख्न नपाइने भनेर काठमाडौँदेखि चरिकोटसम्मको भाडा लिएको रहेछ । तर, टिकट दिएन । यत्ति निहुँमा त्यहाँ झगडा गर्ने कुरो पनि उचित लागेन ।

त्यत्रो पैसा लिइसकेपछि उसले किन दोलखा जाने अर्को बसमा चढाइदिने कुरो ग¥यो ! मनमा कौतूहलता जागिरह्यो । सायद अर्को बसमा चढाएपछि त्यसको लाग्ने भाडा उसैले दिने होला भत्रे हाम्रो सोच रह्यो । बिस्तारै कुरो खुलिहाल्छ नि भनेर हामी बन्दको हतास मानसिकतामा ढुक्कसाथ बसिरह्यौँ । पछि कुरो कोट्याउँदै बुझ्दै जाँदा बसले हामीलाई चरिकोट ओराल्ने रहेछ । हामीले पहिला के बुझेनौँ भने दोलखा भीमसेनस्थान भएको ठाउँलाई ‘दोलखा’ र दोलखा जिल्लाको सदरमुकामलाई ‘चरिकोट’ मात्र भनिने रहेछ । चरिकोटबाट पनि दोलखा पैदल झर्न झण्डै एकघण्टा लाग्ने रहेछ । त्यसैले जिरी जाने बस छोडेर अर्को बस समात्दा हामी दोलखाको भीमसेनस्थान नजिक पुग्ने रहेछौँ । तर हाम्रो गन्तव्य चरिकोटसम्म थियो र बसले त्यहीँ पु¥याउँदै थियो । दोलखा र चरिकोटको भेद नबुझ्दा केहीबेर हामी हुस्सिनु प¥यो । हामी दुई भाइ अभैm पनि त्यो कुरो सम्झेर बेलाबेलामा हाँस्छौँ ।

गन्तव्य सुनिश्चित भए पनि बाटो अनिश्चित थियो । तैपनि दोलालघाटबाट गाडीले तीब्र गति लियो । सिन्धुपाल्चोकको बलेफी कट्दा–नकट्दा ट्रक, बस र अन्य गाडी समेत गरी एकसाथ चालीस पचासको सङ्ख्यामा गाडीहरु भेटिए । बलेफी प्रहरी चौकीका जवानहरु गाडीलाई सुरक्षाको प्रत्याभूति दिनुको साटो उल्टो तर्साउँदै थिए— ‘बन्दको दिन गाडी चलाउँछौ, तोडफोडमा परौला ज्यान जोगाएर जाओ ।’ सबै यात्रु हलल्ल हाँसे,— ‘सार्वजनिक स्थानमा पुलिसको यस्तो व्यवहार !’

प्रहरीको आसिक थापेर गाडी बलेफी कट्यो । हतास मानसिकतामा रहेका यात्रुहरु विविध प्रतिक्रिया व्यक्त गरिरहेका देखिन्थे । कोही बन्दकर्ताहरुप्रति सहानुभूति राखेर कुरा गर्थे भने कोही त्यसका विपक्षमा देखिन्थे । बन्दकर्ताप्रति सहानुभूति राख्ने एकाध मात्र देखिन्थे भने अधिकांशतः बन्दकर्ताको विरोधमा आफ्ना कुरा राखिरहेका देखिन्थे । विरोधमा कुरा राख्नेहरु भन्थे,— ‘जुन कामका लागि भर्ति भए त्यही काम परेका बेलामा भागेर हिँड्ने, अहिले परिस्थिति अनुकूल भएपछि फेरि आउने ! यस्तालाई पेल्नु पर्छ । सरकारले हुँदैन भनेर प्रष्ट भत्र सक्नुपर्छ ।’ सहानुभूति राख्नेहरुको तर्क थियो,— ‘के गर्नु परिस्थिति नै त्यस्तै थियो । आफ्नो मात्र जीउज्यानको कुरा होइन, परिवारकै जीउज्यानको खतरा थियो । अनि जागिर छोड्न वाध्य भए । जसका कारणले जागिर छाडे अहिले तिनै सरकारमा छन् । जागिर दिनु पर्छ ।’ अर्काथरि कोही अभैm भन्दै थिए— ‘यी पूर्वहरुको विरोधमा वहालवालाहरुको पनि समर्थन छ रे । हेर्नुस् त कति डरलाग्दो कुरो ।’ यी सबैका आ–आफ्ना तर्क थिए, हाम्रो भत्रु केही रहेन । सुन्यौँ मात्र ।

एकैछिनको दौडाइपछि गाडी रोकियो । हाम्रा अगाडि अरु थुपै्र गाडी रोकिए । यात्रुहरु ओर्लिए । अगाडि बाटोमा ढुङ्गा थुपारेर बाटो अवरोध गरिएको रहछ । झण्डै आधाघण्टा जति त्यहाँ वादविवाद र चर्काचर्की चल्यो । खुल्यो खुल्यो गाडी खुल्यो भन्दै सबै हुरुर्र गाडी चढे । गाडी स्टार्ट भयो तर गुडेन । कुरो फेरि बिग्रिएछ । पुनः दसपन्ध्र मिनेट गाडी रोकियो । सबै अगाडि बढेर ढुङ्गा पन्छाए । यतिखेरसम्म ट्राफिकसहित केही प्रहरी त्यहाँ उपस्थित भइसकेका थिए । ढुङ्गा पन्छाउन उनीहरुले पनि सघाए । गाडी अगाडि बढ्यो । फेरि केही पर रुख ढालेर बाटो अवरोध गरिएको रहेछ । अवरोधकारी त्यहाँ कोही थिएनन्, थियो रुख मात्र । त्यो पनि पन्छाएर गाडी अगाडि बढ्यो । खाडीचौर पुग्नै लाग्दा फेरि ढुङ्गाकै अवरोध भेटियो । तर पहिला जति थिएन । हामीभन्दा निकै अगाडि जिल्लाका सुरक्षा प्रमुखहरु त्यहाँ पुगिसकेका थिए । सायद त्यहाँको वातावरण उनीहरुले अनुकूल बनाएकै कारण हामीलाई अवरोध पार गर्न सजिलो भएको होला भत्रे हाम्रो अनुमान रह्यो ।

खाडीचौर कटेपछि अरुलाई उछिनेर हाम्रो बस अगाडि बढ्यो । अगाडि बढ्नु के थियो, फेरि दसपन्ध्रवटा ढुङ्गा बाटामा भेटिए । यात्रुसहित भएर त्यो हटाए । त्यसपछि अवरोध भेटिएन । पहाडको उकालो बाटोमा गाडीले निकै दु्रत गति लियो । उकालो घुम्ती बाटोमा गाडीले दु्रत गति लिँदा हाम्रो मनले सोच्न हुने नहुने सबै सोच्यो । सत्ताईस किलोमिटरको उकालो सकेर सिन्धुपाल्चोक जिल्लाकै मुडे पुगेपछि केहीबेरमै दोलखाको सिमाना छोएर गाडी चरिकोटतिर ओरालो झर्न थाल्यो । नयाँ ठाउँ उत्सुकतासाथ हामी देखेको हेर्दै गयौँ । दिनको ठीक बाह« बजे गाडीले चरिकोटसँग हात मिलायो । जिरी जाने यात्रुहरु भातभान्सातिर लागे । हामी दोलखा र चरिकोटको भेद बुझिसकेकाले झोला काँधमा राखेर गन्तव्यतिर पैदल अगाडि बढ्यौँ । जिल्ला निर्वाचन कार्यालय दोलखाका यतिखेरका कार्यालय प्रमुख बद्रीकुमार श्रेष्ठसँग हाम्रो टेलिफोन सम्पर्क भयो र केही क्षणमै भौतिक मिलन पनि ।

बद्रीजीकहाँ तामाकोशीका माछा र नयाँ पोखरेली चामलको भातले हाम्रो प्रतीक्षा गरिरहेका रहेछन् । कलिरस (मदिरा) गोपालजी र म दुवैका लागि वर्जित थियो । जातियताको हिसाबले होइन, अनिच्छाले । कलिरस बाहेक अन्य कुरामा गोपालजीभन्दा म अलि भ्रष्ट भएकाले ढुक्कसँग माछामासु खान्थेँ । गोपालजी त्यो पनि खानुहुन्थेन, मभन्दा सदाचारी हुनुहुन्थ्यो । पे्रमपूर्वक इच्छाभोजन ग¥यौँ, कहिल्यै नबिर्सने गरेर । यतिखेरै दोलखा निवासी तनका वृद्ध मनका युवा मकरध्वज गुरुङ भेटिए । उनी जिल्लास्तरका नेता र बद्रीजीका नजिकका नातेदार हुनुहुँदो रहेछ । हाम्रो आगमनमा उहाँ खुशी देखिनुहुन्थ्यो । भेट हुनेबित्तिकै लामो राजनीतिक यात्रावर्णन, त्यसको प्राप्ति र वर्तमानको राजनीतिक विश्लेषणमा उहाँ व्यस्त हुनु भयो । हामीले टाउको हल्लाइरह्यौँ, तर कोट्टिएनौँ ।

पुसको ठण्डी । चरिकोटको चिसो हावा । केही दिनदेखिको मौसमी प्रतिकूलता । तैपनि, चरिकोटको चारै कुना चहा¥यौँ । दोलखा भीमसेनको दर्शन समयले हामीलाई जुराएको थियो । दर्शन ग¥यौँ । दोलखा र चरिकोटको भेद राम्रै थाहा भयो । हामी एकपटक फेरि हाँस्यौँ ।

दुई दिनको चरिकोट बसाइ सकेर हामी रामेछापको मन्थली हानियौँ । पहाडी धुले कच्ची बाटोले नवनिर्माणको सङ्केत दिइरहेको थियो । देवीटार, किर्नेटार, खिम्ती जस्ता अति मनमोहक फाँट तथा बस्तीहरु भेटिए । हिमाल हाइड्रो पावरले निर्माण गर्दै गरेको खिम्ती जलविद्युत आयोजनास्थलको सरसफाई र भवन निर्माणका बनावटी ढाँचाले सुन्दरभन्दा सुन्दर सहरलाई प्रतिस्पर्धाको हाँक दिइरहेको प्रतीत हुन्थ्यो । अहा ! कति मनमोहक र सुन्दर दृश्य ।

मन्थली चरिकोटभन्दा निकै तातो थियो । नुवाइधुवाइको लागि हामी पे्ररित भयौँ । झण्डै बीस वर्षअघि रामेछाप डाँडोबाट बेसी झरेको रामेछापको सदरमुकाम मन्थली । हाम्रो पहिलो भेट थियो । मित्र शम्भु चालिसेको आतिथ्यमा लाज नमानीकन हामीले दुई दिन गुजा¥यौँ ।

शम्भुप्रसाद चालिसे । जिल्ला निर्वाचन अधिकारी रामेछाप । म उहाँलाई बधाई दिन्छु । मीठो बोलीवचन र व्यवहारका धनी शम्भुजी कार्यालय त हाँक्नु हुन्थ्यो हुन्थ्या,े— ईखले होस् वा सोखले, रामेछाप बसाइमा उहाँले राम्रोसँग गाडी हाँक्न पनि सिक्नु भएछ । उहाँको गाडी हँकाइ निकै प्रवीण थियो । साँघुरो पहाडी भीर बाटोमा आफ्नै हँकाइमा हामीलाई सेलेघाट पु¥याउनु भयो । केही हप्ता अघि कुनै टेलिभिजन च्यानलमा देखिएको सेलेघाट प्रत्यक्ष रुपमा देख्न पाउँदा हामीलाई खुशीको छुट्टै अनुभूति भयो । सेलेघाटमा उभिएर सिन्धुलीको खुर्कोटसम्म दृष्टिगोचर ग¥यौँ । सेलेघाट केही वर गाडी रोकेर तामाकोशी पुल तरेपछि नर्मदेश्वर महादेवको दर्शन जु¥यो । त्यतैबाट सुनकोशीको अर्को पुल तरेर सिन्धुलीको शीतलपाटी खाल्टेसम्म पुग्यौँ । यो ठाउँसम्म काठमाडौँबाट गाडी आउने रहेछ । अगाडि बाटो निर्माणको क्रम जारी देख्यौँ ।

यति मात्र कहाँ हो र ! अर्को दिन पनि गाडी हँकाइ उनै शम्भुजीको थियो । बिटार, बाबियाखर्क, भँगेरी हुँदै रामेछापको पुरानो सदरमुकाम डाँडासम्म पुग्यौँ । ठाउँ निकै रमणीय लाग्यो । आफ्नो विशेष पहिचान बोकेका बिटार, बाबियाखर्क र भँगेरीसँगको प्रत्यक्ष साक्षात्कारले हामी अभैm सन्तुष्ट थियौँ । छुट्टै प्राकृतिक सौन्दर्य र त्यसको सात्रिध्यले ।

रामेछापको मन्थलीमा तामाकोशी सेवा समिति नामक छुट्टै पहिचान, छुट्टै अस्तित्व र छुट्टै हाँक बोकेको सामाजिक संस्था रहेछ । व्यक्तिगत लहडमा वि.सं. २०३९ मा स्थापित यो संस्था अहिले आएर जिल्लाका पिछडिएका क्षेत्र, पिछडिएका वर्ग र पिछडिएका आर्थिक अवस्थाका जिल्लाबासीको अन्तरात्मामा समेत स्थापित भइसकेको रहेछ । खानेपानी, सहकारी, अस्पताल र अन्य अत्यावश्यक विषय वस्तुमा आफ्नो सेवा बिस्तार गर्दै अघि बढेको यो संस्था सामाजिक सेवाका लागि त्यो क्षेत्रमा साँच्चै नमुना रहेछ । विकासका कुरा गरेर जनता अल्मल्याउने वर्गका अगाडि विकासका काम गरेर देखाउने यो संस्था कतै तिनको आँखाको कसिङ्गर त बनेको छैन भत्रे अनुभूति पनि स्वाभाविक रुपमा पलाउँदो रहेछ ।

यस संस्थाका सूत्रधार र संस्थापक रहेछन् घिमिरे जोडी— ‘जगदीश र दुर्गा ।’ नेपाली समाजमा यी दुवैको आ–आफ्नो स्वतन्त्र हैसियत र चिनारी छ । यी हरफ लेख्दासम्म यी दुवैसँग मेरो साक्षात्कार छैन । तर मैले बुझेसम्म व्यक्त रुपमा जगदीश बढी साहित्यिक र कम समाजसेवी हुन् भने अव्यक्त रुपमा निकै सचेत राजनीतिज्ञ पनि । यस्तै दुर्गा घिमिरे बढी समाजसेवी र कम अन्य भूमिकामा समर्पित शिक्षित चेतनशील नारी । मन्थलीबाट फर्केपछि मेरो मनमा घुमिरह्यो— तामाकोशी सेवा समिति र साथमा जगदीश घिमिरे ।

–००– –००– –००–

‘अन्तर्मनको यात्रा’ २०६५ को मदन पुरस्कार प्राप्त कृति । यसका यात्रु थिए— ‘जगदीश घिमिरे’ । यो कृति मैले पढ्न पाएको थिइन । तर, प्राथमिकतामा थियो । ‘सय काम छोडी खानू, हजार काम छोडी नुहाउनू’ भत्रे आहान मैले सुनेको थिएँ । पढ्ने कुरामा आहान बोलेन । मन्थलीबाट फर्केपछि सबै काम छोडी म यसैमा लागेँ ।

दुईसय सैँतीस पृष्ठ गुदी भएको ‘अन्तर्मनको यात्रा’ हात पारेँ । लामो भूमिका खण्डतिर म लागिन । एकैचोटि विषयवस्तुमा प्रवेश गरेँ । विभित्र शीर्षकमा विभाजित लेखन शैलीले विषयवस्तुलाई कतै छरिन दिएको रहेनछ । यसले पढाइलाई पनि सजिलो बनायो । धुलो, मैलो र कसिङ्गर कतै भेटिएन त्यो अवस्थाको हतास लेखनमा पनि । प्रत्येक घटनाक्रम र विषयवस्तुले नजिकबाट मन छोयो । पढ्दै जाँदा म धेरै ठाउँमा भावुक बनेँ । नढाँटी भत्रुपर्दा सयौँपटक कता कता के चोट प¥यो— आँखा रसाए । अध्ययन सकेपछि मलाई लाग्यो— ‘अन्तर्मनको यात्रा’ छुटेको भए मैले जीवनमा धेरै छुटाउने रहेछु । ‘अन्तर्मनको यात्रा’ माथि व्यक्त प्रतिक्रियामा पनि आँखा गुडाएँ । दुर्गा घिमिरेको अभिव्यक्ति थियो— ‘जगदीशले यो कृति मेरा आँसुको मसीले लेखेका हुन् ।’ अनि मलाई पनि लाग्यो— यो जगदीश घिमिरे नामक साधकको धैर्यरुपी कलममा दुर्गा घिमिरेको आँसुरुपी मसी भरिएर लेखिएको समाज चिनाउने गहन कृति हो । यो मदन पुरस्कारले ठूलो भएको होइन— स्वयंमा ठूलो कृति हो ।

“ ‘अन्तर्मनको यात्रा’ मेरो आफ्नो कुरा हो । आजीवन आफ्नो कुरा गरिन । अब गर्छु ।”— भनेर लेखकले आफ्ना कुरा सुरुमै राखेका छन् । तर यो होइन । केही कुरा नितान्त उनका होलान् । पक्कै छन् । धेरै कुराहरु उनको मात्र नभई समाजको छ । समाज सापेक्ष कुरा उनले ओकलेका छन् । यो ओकलाइमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै क्षेत्र परेको छ । रगतको एक थरि निको नहुने मल्टिपल माइलोमा क्यान्सरलाई उनले यसको नायक बताएका छन् । पाठक भने त्यो मात्र तयार छैनन् । यसको नायक जगदीश घिमिरेको सिर्जनात्मक प्रतिभासम्पत्र ऊर्जाशील सोच र लागेको काम गरेरै छाड्ने हक्की स्वभाव हो ।

सन्दर्भ मिलाएर उनी कति मीठो कुरा गर्छन्— “अपवादबाहेक सबै मान्छे उस्तैउस्तै हुन्छन्, तर दुरुस्तै उस्तै हुँदैनन् । सबै मान्छे फरक हुन्छन्, तर पूरै फरक हुँदैनन् ।

सबै अलिअलि सज्जन, अलिअलि दुर्जन; अलिअलि उदार, अलिअलि अनुदार; अलिअलि कृतज्ञ, अलिअलि कृतघ्न; अलिअलि भद्र, अलिअदि क्षुद्र; अलिअलि लोभी, अलिअलि दानी; अलिअलि पापी, अलिअलि धर्माती; अलिअलि गुनी, अलिअिलि बैगुनी; अलिअलि स्वार्थी, अलिअलि परार्थी; अलिअलि आसक्त, अलिअलि निरासक्त; अलिअलि अनुरक्त, अलिअलि विरक्त; अलिअलि सहज बौलाहा र अलिअलि सहज सद्दे हुन्छन् ।

सद्देपना र पागलपना मात्राभेद वा दृष्टिभेद मात्र हो । मनोविद् यूङ्ग भन्छन् – ‘शो मी अ सेन म्यान, आइ विल क्योर हिम, मलाई यौटै सद्दे मान्छे देखाइदेऊ, म त्यसलाई निको पारिदिन्छु ।’ अर्थात् ‘सद्दे’ हुनु रोग हो, कोही पनि पूरा ‘सद्दे’ हुँदैन ।”

यो समाजको यथार्थ हो । लामो समयदेखि एउटा गतिलो राजनीतिक बाटो लिन नसकेको मुलुकको दयनीय स्थिति र राजनीतिक वा गैरराजनीतिक जुनसुकै क्षेत्रको आचरण र अभिव्यक्ति हेर्दा कुन पागलपन र कुन सद्देपन छुट्ट्याउन गाह«ो परिरहेको अहिलेको अवस्था छ । तथापि, अलिअलिको यो सन्दर्भ हाम्रो मुलुकमा मात्र होइन, सबैको सन्दर्भमा लागू हुन्छ ।

मुलुक यतिखेर अलिअलि गरेर जातीय विखण्डनको भुँवरीतिर धकेलिन लागिरहेछ । उचाल्ने–पछार्ने खेल जारी छ । खेलाडीहरु होहोमा लागिरहेका छन् । फुटाएर गरेको राजनीतिभन्दा जुटाएर गरेको राजनीति दिगो हुन्छ भत्रे कुरा कोही कसैको आत्मामा भए पनि व्यवहारमा त्यो देखिएको छैन । किनकि, जुटाउनभन्दा फुटाउन सजिलो छ । जुटाएरभन्दा फुटाएर भ¥याङ चढ्न सजिलो छ । लामो विगतदेखि सबैले त्यो गरी आए । गर्दैछन् । जातजातिमा विवाद र पूmट ल्याउने कुरा जति अरुलाई मन परेको छैन, त्यति नै लेखकलाई पनि मन परेको छैन । सबैको आत्माले भत्र खोजेको तर मुखले बोल्न नसकेको यथार्थ लेखक निर्भीकतासाथ यसरी ओकल्छन्— ‘अन्तर्मनको यात्रा’ मा ।

“जरा मुख्य हो । रुख जराकै भरले पहिरोमा पनि अडिन्छ, पहिरोमा पनि झाँगिन्छ । जरा नभैकन मूल, हाँगा, काँडा, पात, मुना, कोपिला, पूmल, फल, बीज केही पनि हुँदैनन् । मेरा जरा नेपालमा छन्, अन्त छैनन् । म जे छु — जरा, मूल, हाँगा, काँडा, पात, मुना, कोपिला, पूmल, फल, बीजसहित नेपालमा नै छु; अन्त कतै छैन ।

म नेपालको रैथाने हुँ; आदिवासी हुँ; जनजाति हुँ; सबैथोक हुँ । किनभने म नेपालको साक्खै सन्तान हुँ । नेपालको सर्वस्व उनका साक्खै सन्तानहरु नै हुन् र उनका साक्खै सन्तानहरुको सर्वस्व पनि नेपाल नै हो ।

मेरा पुर्खा आजको नेपालभन्दा निकै आदिका बासिन्दा हुन् । त्यसैले आदिवासी हुन् ।”

“ ‘आर्य हुँ’ भत्रे कासीगोत्रे चुच्चे अनुहारहरुमा नेप्टा नाक र चिम्सा आँखा कति छन् कति । ‘मङ्गोल हुँ’ भत्रे लासागोत्रे नेप्टे अनुहारमा पनि चुच्चे नाक र ठूला आँखा कति छन् कति । यी स्थूल तत्व हुन्, तर ती पनि बोल्छन्, लुत्तैmनन् । सूक्ष्म तत्वहरुको अध्ययनले किटानीका साथ भन्छ संसारमा कुनै पनि जात वा जाति चोखो छैन । कुनै परिवार चोखो छैन । कुनै व्यक्ति चोखो छैन; देखिएर वा लुकेर । मान्छे नाक, कान, आँखा, कपाल, रङ्ग, वर्ण, जात, कुल, धन, शिक्षा, भूगोल, रगत — केही पनि होइन । मान्छे केवल विवेक र विचार हो ।”

“हिमालको यस दक्खिनी पाखो र यस पाखाका शासकहरुले थपेघटाएका मैदानी भागलगायत हिजो र आज नेपाल भनिने भूभाग कुनै महत्वपूर्ण मानव–सभ्यताको उद्गमस्थल भएको पुष्टि भएको छैन । जीवनका न्यूनतम आवश्यकताहरुको परिपूर्ति गर्ने मूल प्रयोजनले सबैले यस विकट प्रदेशमा शरण लिएका हुन् । विधर्मीको अत्याचारबाट जोगिन कति यहाँका जङ्गल र पहाडका कुनाकन्दरामा लुकेका हुन् । यहाँका अति कठोर भीरपाखालाई नङ्ग्राले कोपरेर बासगाँसको जोहो गर्नुपर्दा पनि सुख मानेर यहाँ बसाइँ सरेर आउनेहरु कति दुर्गम ठाउँबाट आए होलान् । कति दुःखी जीवनबाट जोगिन यहाँ शरण लिए होलान् ।

पछि राजा हुनेहरुले पनि सुरुमा खोरिया फाँडेर नै बसेका हुन् भने अरुका के कुरा ? फरक यत्ति हो कोही कहिले आए, कोही कहिले । तर सबै आए । कोही पनि यहीँ नै उत्पत्र भएको कुनै प्रमाण छैन । त्यसैले आज यस देशको मूलबासिन्दा हुने दावी गर्ने लगायत सबै आप्रवासी हुन् । ...आदिवासी होइनन् ।”

कुनै बेला जगदीश घिमिरे विचारको कुन सड्को र सनकमा क्षणिक अवधिभर छापामार बत्र पुगे । तुरुन्तै सच्चिएर त्यो बाटो छोडे र आजको यो बाटोमा आइपुगे । छापामार नै भइरहेका भए पक्कै पनि आज उनलाई हामी यसरी पढ्न पाउने थिएनौँ । यसरी हेर्दा जगदीश निकै सचेत भविष्यद्रष्टा पनि हुन् भत्रे पुष्टि हुन्छ । कहिलेकहीँ उनी द्विविधामा पनि पर्दा रहेछन् । द्विविधामा पर्दापर्दै पनि उनी सिक्छन् । आजीवन शिष्टाचारको द्विविधामा सिकेको कुरा उनी यसरी प्रस्तुत गर्छन्—

दुर्जनं प्रथमं वन्दे सज्जनं तदनन्तरम् ।

मुखप्रक्षालनात् पूर्वं गुदप्रक्षालनं यथा ।।

(यसको नेपाली अनुवाद यस्तो हुँदोरहेछ— (बिहान उठेपछि) मुख धुनुभन्दा पहिले चाक धोए जस्तै सज्जनलाईभन्दा पहिले दुर्जनलाई ढोग्नु ।)

वास्तवमा यो उनले मात्र सिकेको कुरा होइन । यो सबैले सिकेको कुरा हो । सज्जनले केही बिगार गर्दैन भनेर दुर्जनको हाहा र गुणगानमा अहिलेको समाज दौडिरहेको छ । व्यवहारमा सबै यस्तै गरिरहेका छन् । यो अर्को रुपको औसरवाद पनि हो । यो अहिलेको यथार्थ हो । तीतो सत्य हो ।

मुलुक लामो समयदेखि नराम्रो द्वन्द्वमा फस्यो । राष्ट्रिय समस्या समाधानमा चासो नराख्ने सत्ताको प्रवृत्तिलाई उनले हलुवापुरीको संस्कृतिसँग जोडेर २०५८ सालमा नेपाल साप्ताहिकको ‘चेतना भया’ स्तम्भमा पस्केको विचारलाई यस पुस्तकमा पनि मीठो सन्दर्भ मिलाएर पुनरावृत्ति गरेका छन् । अभैm पनि सामयिक र सत्य साबित भइरहेको उनको यो दावीमा कसैले प्रतिकार गर्न सक्ने अवस्था अभैm सिर्जिएको छैन ।

गोरा छालाहरुको बिगबिगी दिन दुगुना रात चौगुना बढ्दै गइरहेको छ । उनीहरुको बिगबिगी अरुको हितको लागि होइन उनकै स्वार्थपूर्तिको लागि हो भत्र कसैले सकिरहेका छैनन् । कसैले यो वास्तविकता ओकल्न नसकिरहेका बेला उपचारको लागि भिसा नदिएको प्रसङ्गमा जगदीश यसरी प्रस्तुत भएका छन्—

“के प्रष्ट छ भने फिरङ्गीसँग मानवता छैन । केवल स्वार्थ छ । त्यसको साक्षी तिनले संसारैभरि गरेको अत्याचार, शोषण र तिनको बन्धु–हत्याको इतिहास हो । सुगौली सन्धिपछि नेपालका पहाडे तत्रेरीहरुलाई आफ्ना सिपाही बनाउन थालेदेखि नै फिरङ्गीहरुले नेपालीहरुको सबभन्दा ठूलो शोषण गरेका छन् ।” अरु त अरु भिक्टोरिया क्रस पाउने तुलबहादुर पुनलाई समेत फिरङ्गीले भिसा नदिएको सन्दर्भमा उनी लेख्छन्— “मुद्दा हालेपछि कृतघ्न फिरङ्गीहरु पछि तुलबहादुरलाई भिसा दिन वाध्य भए । भिसा मात्र होइन, फिरङ्गी सरकार उनलाई बेलायत टेक्नेबित्तिकै गार्ड अफ अनर सलामीसमेत दिन बाध्य भयो । राष्ट्रले गार्ड अफ अनर दिनु पर्ने सम्मानित व्यक्तिलाई समेत भिसा नदिने दुश्चेष्टा गर्ने निर्लज्ज फिरङ्गीहरुको कुरा गरेर आफ्नै मूल्य कति घटाउनु ?”

यसो भनेर के गर्नु ? जस्तै हैसियतका भए पनि फिरङ्गीहरुलाई हामी चाहिनेभन्दा बढी मोलाहिजा गर्छौँ । भित्र्याउँछौँ । समानता बिर्सन्छौँ । र त, हामी दिनप्रतिदिन सबैतिरबाट पेलिँदैछौँ ।

“अन्तर्मनको यात्रा” मा पसेपछि अनेकौँ कारुणिक चौतारी र मार्मिक बिसौनीहरु पाइला पाइलामा भेटिन्छन् । कडा रोगले ग्रसित भएर लामो ओछ्यान परेको एउटा बिरामी मान्छेको हबिगत र उसको दिनचर्या पढ्दै जाँदा कितापका पाना भिज्छन् । सिरानीको रुवो भिज्छ । तर उनैको अदम्य साहस, दृढ विचार र खरो प्रस्तुतिको पोकोभित्र पौडी खेल्दा भने रगतका शिराहरु खुलेर आउँछन् । हिम्मत बढेर आउँछ । सकारात्मक सोच ओइरिन थाल्छ ।

भाषा, शैली र शिल्प हेर्दा डाढ लाग्ने ‘अन्तर्मनको यात्रा’ पढिसकेपछि यस्तो लाग्छ— यो नेपाली गद्य साहित्यभित्रका सबै विधाको सङ्गम हो । माकुराले छाडेको धागो नरित्तिए जस्तै यसका विषयमा जति लेखे पनि टुङ्गिदैँन । तर यति कुरा भत्रै पर्छ— एउटा सामान्य मान्छेले अनुभव गर्न नसक्ने अत्यन्त कहालीलाग्दो कष्ट र हण्डर खाएर लेखिएको यो ‘अन्तर्मनको यात्रा’ संयोगान्त बनेर टुङ्गिनु आपैmँमा सुखद् पक्ष हो । सन्तोषको विषय हो ।

अन्त्यमा —

‘अन्तर्मनको यात्रा’ सम्म छिटो पु¥याउन मलाई उही सिन्धुपाल्चोक, दोलखा र रामेछापको यात्राले सघायो । ‘अन्तर्मनको यात्रा’ सरसरती पढिसकेकै भोलिपल्ट २०६५ पुस २२ गते गोरखापत्र दैनिकको भित्रीपृष्ठको एउटा समाचार शीर्षकमा मेरो आँखा प¥यो । समाचारको शीर्षक थियो— ‘पीत संवाद’ माथि छलफल । समाचार मार्टिन चौतारीद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा नारायण ढकालद्वारा लिखित उपन्यास ‘पीत संवाद’ माथिको छलफलमा केन्द्रित थियो । ‘पीत संवाद’ माथि उनै साहित्यकार जगदीश घिमिरेले टिप्पणी गरेका रहेछन् । यो समाचारले म हर्षविभोर भएँ । अप्रत्यासित रुपमा लामो समयसम्म कडा रोगसँग कठिन सङ्घर्ष गरेर ब्यूँतिएका साहित्यकार जगदीश घिमिरेलाई यसरी सक्रिय जीवनमा पुनः पढ्न पाउनु साहित्यिक र सामाजिक क्षेत्रमा लाग्नेहरुका लागि खुशी र आनन्द दुवै हो भत्रे मेरो ठहर रह्यो । ‘जगदीश घिमिरे’ तिम्रो स्वस्थ सक्रिय जीवन चिरकालसम्म यसैगरी पढ्न पाइयोस्— साहित्यका पानाहरुमा । अस्तु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।