जीवन धान्न, जीवन साटें, माटो-पानी आगोसित।
उध्रिएको मन सिउन, छाती साटें, धागोसित ।
काँडा पनि हाँस्दै कुल्चें, कोमल माया सम्झिएर ।
नयाँ चोट नदुख्ने भो' गाउँकै ब्यथा बल्झिएर ।
बैंस गयो, नचाहेरै एकै गाँस जाबोसित ।
..................
बचन सहें पराईको तिम्रो मीठो बोली सम्झी ।
मरुभूमि पिएँ होला घर-छेउको खोली सम्झी ।
सुनगाभा झैं खुशी बेचें मक्किएको हाँगोसित ।
..................