19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल श्याम लामा February 13, 2010, 5:57 pm

जान थिएन मसानघाट आए हुँदै आफ्नै मलामी

बटुल्न गाह्रो जिन्दगीको धाए हुँदै आफ्नै मलामी

बली रहन चाहेथेँ सँगै बनी दियो झलमल

सल्किदै आएछ दागबत्ती लगाए हुँदै आफ्नै मलामी

बाँचेको जिवन हाँस्छन सबै म मरेको हाँस्नुमा

बचेँ कुचेको डढाउँनमा सघाए हुँदै आफ्नै मलामी

फैलाउन नाम जगतमा लेखी टुक्रा एक कागज

छोड्दै स्वतन्त्र सर्बत्र जलाए हुँदै आफ्नै मलामी

सपना गहिरो सागर भन्दा अनि नदी भन्दा लामो

रहलाकी भन्दै गन्ध बगाँए हुँदै आफ्नै मलामी

सिन्धुली,माझुवा, हाल: दोहा, कतार

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।