14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

आफ्नै देश आफ्नै परिवेश

नियात्रा वासुदेव गुरागाईं February 15, 2010, 10:16 am

पूर्वाद्र्ध : खुला शृङ्खला

२०६६ मङ्सिर तेस्रो साता । महाकाली अञ्चलअन्तर्गत बैतडी जिल्ला भ्रमणको सरकारी अभियान । सहयात्री हुनुहुन्थ्यो कीर्तिपुर निवासी सहृदयी साथी,— प्रकाश महर्जन । दुई जनाको भ्रमण दल । काठमाडौँबाट धनगढीसम्म हवाइजहाजको यात्रा । त्यसपछि उपलब्ध अन्य सवारी साधन र यदाकदा पैदल । कैलाली जिल्लास्थित गोदावरी खोलाको पुल छाडेदेखि नै खानीडाँडा, भासुको भीर, सहजपुर, बुडर, भातकाँडा हुँदै गाडीले रातको साढेदश बजे डडेलधुरा बसपार्क छिचोल्यो ।

चिसो सिरेटो । भोलिपल्ट डिसेम्बर १ तारिख । विश्वव्यापी बनेको एड्स रोगप्रति सबैलाई सचेत बनाउने अभियानअन्तर्गत वार्षिक रुपमा मनाइने गरिएको विश्व एड्स दिवस । यही कार्यक्रमका कारण एनजीओको राजधानी भनेर सुनिने गरेको डडेलधुराका सम्भवतः सबै होटल आ–आफ्ना पाहुना च्यापेर बेलैमा सुतिसकेका थिए । राति निकै ढिला हुने सम्भावनाले सुत्ने मेसो मिलाउन जिल्ला शिक्षा कार्यालय डडेलधुराका एक अपरिचित मित्रलाई अग्रिम अनुरोध गरेका थियौँ,— यात्राक्रममा बाटोबाट । पटकपटकको प्रयासपछि होटल सगुनमा कोठा बुक गरेको जानकारी उनले दिएका थिए । पत्याउनै प¥यो । पत्यायौँ । बसबाट ओर्लिएर ढुक्कसँग निर्देशित होटलको ढोका ढक्ढक््यायौँ । सायद, त्यति ढकढक गरेको भए सरकार गिथ्र्यो होला । राजनीतिक व्यवस्था परिवर्तन हुन्थ्यो होला । वा, यस्तै अन्य कुनै अप्रत्यासित काम हुन सक्थ्यो होला । तर, हाम्रो ढक्ढकाइले काम गरेन । झन्डै बीस मिनेटको प्रयास त्यसै खेर गयो । होटलको ढोका खुलेन । त्यत्रो आवाजमा पनि न त कसैले भित्रबाट कुनै प्रतिक्रिया नै जनाए । अनि सँगैका सहयात्रीलाई भनँे,— ‘अब पनि यसरी ढक्ढक् गरिरहने हो भने सदरमुकाम ब्यूँझिन्छ । मुलुक शान्तितर्पm उन्मुख भइरहेका बेला रातको समयमा यसरी सदरमुकाम ब्यूँझाउने काम नगरुँ ।’ साथीको सहमति रह्यो । जीउमा थकान र आँखामा निन्द्रा बोकेर हामी त्यहाँबाट हट्यौँ ।

म त्यस क्षेत्रसँग अपरिचित थिएँ । सहयात्री साथी केही न केही रुपमा परिचित हुनुहुन्थ्यो । मलाई केही हदसम्म भाषिक समस्या पनि थियो । त्यहाँका बासिन्दाले खरर बोलेको भाषा मेरो दिमागमा सरर्र छिर्न सत्तैmनथ्यो, तर अन्योलको स्थितिचाहिँ थिएन ।

जसरी पनि त्यो रात काट्नु थियो,— डडेलधुरामा । मङ्सिरको सिरेटोमा सडकमा रात बिताउने कुरा हाम्रो कल्पनाभन्दा बाहिर थियो । न यो सुहाउँदो कुरा थियो न सम्भव नै । सडकमा एकजना दार्चुला निवासी प्रहरी भाइ फेला परे । रात गुजार्ने विषयमा कुरा राख्यौँ र सहयोगका लागि आग्रह ग¥यौँ । उनले हाम्रो आग्रहलाई इन्कारेनन् । बन्द भइसकेको एउटा साधारण होटलमा गएर ढोका ढक्ढक् गरे । होटल सञ्चालक भित्र कसैसँग गफिइरहेका थिए । ढोका खोले । प्रहरीले हाम्रा कुरा राखिदिए । प्रस्तावित कुरा स्वीकार गर्दै उनले धन्यवाद दिए ।

होटलभित्र पस्नेबित्तिकै हामीलाई तातो अनुभूति भयो । अब त पक्कै रात काट्न सकिन्छ भन्दै दङ्ग प¥यौँ । तर हामीलाई जुन कोठामा लगेर ओछ्यान देखाइयो, तब हाम्रा जीउमा फेरि काँडा उम्रिए । ‘के गर्ने ?’ भावमा सहयात्रीले मलाई नियाल्नु भयो । म एकछिन घोरिएँ । अनि भनेँ,— ‘बाहिर सडकमा रात काट्न सकित्र । अर्को खोजीमा जाने हो भने यही पनि गुम्न सक्छ । त्यसैले विकल्पतिर नलागौँ ।’ मेरो भनाइप्रति उहाँको सहमति रह्यो ।

सिरकका खोलको सेतो रङले आपूmलाई पूरै बदलेका देखिन्थे । खाटमा ओछ्याइएका तत्राले पनि त्यस्तै सङ्केत गरिरहेथे । हाम्रो आग्रहमा सिरक र तत्रा फेरियो । तर खासै प्रगति भएन । बीसको उत्राईस मात्र । चित्त बुझाएर गुँडुल्कियौँ । यति बताइसकेपछि रात कसरी बित्यो होला बताइरहन परोइन । कोठाको रौनक र राखनधरन हेर्दा त्यो कोठा होटलवाला आपैmँले प्रयोग गरेजस्तो देखिन्थ्यो । ढाँट्नु हुत्र, कीटपतङ्ग कसैले दुःख दिएनन् । सम्पूर्ण रुपमा मैलो थियो, खासमा त्यत्ति मात्र हो । शौचालयको उल्लेखचाहिँ नगरूँ । त्यस्तो उल्लेखले यो लेख पनि दुषित हुनसक्छ । जे भए पनि साससहित रात बित्यो । खुशी यसैमा रह्यो ।

बिहानीको मिर्मिरेसँगै बैतडीका लागि गाडीको खोजीमा बाहिर निस्कियौँ । मान्छे नै पिच्छे कुरा । पाका र विश्वासिला यातायात व्यवसायी सायद त्यतिखेर हामीले भेटेनौँ । एकछिनमा एउटा भाउ हुन्छ, अर्कोछिनमा अर्को । एकछिनमा एउटा सिट बुक हुन्छ, अर्कोछिनमा अर्को । हामी आजित भयौँ । त्यसपछि केही सिप नलागेर जो आए पनि नउठ्ने भन्दै गाडीको अगाडि सिटमा गजधम्म बस्यौँ । त्यसपछि भाडाबाहेक अरु कुरा फेरिन छाड्यो ।

डडेलधुराबाट गाडी छुट्यो बैतडीका लागि । डिजेलको अभावका कारण सायद बैतडीका लागि छुट्ने जीप गाडी त्यही मात्र थियो । बाटोमा यात्रु यति खाँदिए कि गुन्दु्रक खाँद्नेले मात्र यो कुरा पत्याउन सक्छ । ढिलाइको सीमा रहेन । करिब तीन घण्टामा पुग्नु पर्ने गाडी छ घण्टामा सकुशल बैतडी पुग्यो । एक हदसम्म गन्तव्यमा पुगेकोमा हामी खुशी भयौँ । बाटोका मनोरम हिमाली शृङ्खलासहितका प्राकृतिक दृश्यले हामीलाई पर्याप्त नयनतृप्ति प्राप्त थियो । तर पापी पेटका लागि यो पर्याप्त थिएन । केहीबेरको खोजखबरी र प्रतीक्षापछि यो आकाङ्क्षा पनि पूरा भयो । असन्तुष्टि केही रहेन ।

भ्रमणका क्रममा हामीले बैतडी जिल्लास्थित मनोरम पाटन क्षेत्रको पनि भ्रमण ग¥यौँ । यो सुन्दर पहाडी उपत्यका वास्तवमै मनमोहक रहेछ । सिँचाई हुने खेतका सुन्दर गराहरु देखेपछि हामीले सोध्यौँ,— यहाँ तरकारी खेती निकै राम्रो हुन्छ होला ? सकारात्मक प्रत्युतर पाएनौँ । विदेशमा गएर घिनाउने काम गर्न तयार हुने तर स्वदेशमा रमाउने काम गर्न नहुने समग्र नेपाली संस्कृतिको छाप यहाँ पनि उत्तिकै रहेछ । नढाँटी भन्दा दुःख लाग्यो । देशप्रति दया जाग्यो । मनमनै प्रश्न ग¥यौँ,— के नयाँ नेपालको सपना यसै गरी पूरा हुन्छ ? यो प्रश्न हाम्रा लागि अनुत्तरित रह्यो । सायद यो एउटा सामान्य नेपालीले जवाफ दिने विषय थिएन ।

भ्रमणको अर्को महत्वपूर्ण उपलब्धि र सन्तोषको विषय धार्मिक क्षेत्र रह्यो । विभित्र सञ्चार माध्यमबाट सुनिँदै आएको दशरथ चन्द नगरपालिकास्थित माता त्रिपुरासुन्दरी र देहीमाण्डौस्थित निङ्गलासैनी भवगतीको पवित्र मन्दिर पुग्ने अवसर हामीले पायौँ । निङ्गलासैनी भगवती मन्दिरमा मङ्सिर पूर्णीमाका दिन ठूलो मेला लाग्ने रहेछ । यी मन्दिर परिसरमा पुगेपछि चौतर्फी शान्ति र समुत्रतिका लागि प्रार्थना ग¥यौँ । त्यस्तै पाटनस्थित उदयदेवको मन्दिर पुग्ने सौभाग्य पनि हामीलाई मिल्यो । धार्मिक क्षेत्रको बेग्लै पहिचान हुने गरी टाढाटाढाबाटै देखिने गरी रङ्गीबिरङ्गी झन्डा मन्दिरमा फहराउने र मन्दिरका अगाडि विभित्र आकारका घण्टा झुण्ड्याउने प्रचलन यहाँको संस्कृति नै रहेछ भत्रे हाम्रो एकतर्फी धारणा बन्यो ।

——००——००——

२०६६ मार्ग २१ गते धनगढी हुँदै काठमाडौँ फर्कने आदेश हामीले बोकेका थियौँ । यसका लागि मार्ग १९ गते नै बैतडी छाड्यौँ र धनगढीका लागि प्रस्थान ग¥यौँ । भारतको बाटो हुँदै कञ्चनपुर निस्कने हाम्रो योजना बन्यो । गएकै बाटो फर्कनु भन्दा नयाँ बाटोबाट फर्कँदा नयाँ ठाउँका विषयमा जात्रे अवसर मिल्न सक्थ्यो । त्यसैले यो निर्णय लिएका थियौँ ।

बिहानको १०:२० मा झुलाघाटका लागि जीप चढ्यौँ । बैतडीको गोठलपानीबाट ठाडै ओरालो झरेर गन्तव्य पहिल्याउनु पर्ने रहेछ । कसैले हामीलाई झुलाघाटमा नै बस्न सुझाएका थिए । कसैले पिथौरागढ । के गर्ने के नगर्ने मानसिकतामा हामी थियौँ । सोझाका साथ दैव भनेभैmँ हाम्रा साथमा पेशाले शिक्षक एकजना मित्र भेटिए,— जयराज भट्ट । उनको पेशा मात्र अक्षर नभएर व्यापार पनि अक्षरकै रहेछ । जगत्राथ पुस्तक भण्डार उनको अक्षरको व्यापारस्थल । त्यो पनि गोठलपानी र शाहीलेक दुवैतर्पm ।

हामीलाई बैतडी सदरमुकाम गोठलपानीबाट झुलाघाट झर्नुपर्ने थियो,— भारततर्पmको पहिलो गाडी समात्नका लागि । भट्टजीको सहयोगले हामी ढुक्क बन्यौँ । झुलाघाटसम्म मोटरसाइकलमा जाने हाम्रो पहिलो सोच थियो । पछि बदलेर गाडी समातेका थियौँ । बाटोमा अघि बढ्दै जाँदा लाग्यो,— मोटरसाइकलमा नचढेर निकै राम्रो गरिएछ । बाटो मोटरसाइकलका लागिभन्दा गाडीका लागि उपयुक्त रहेछ । सदरमुकामबाट करिब दुई किलोमिटर तल शहीद दशरथ चन्द मा.वि. भएको स्थान सुन्दरखाली, त्यसको केही तल दानेश्वर उच्च मा.वि. र अभैm तल सडकको बायाँतर्पm बाराकोटलाई बाइबाइ गर्दै हामी दिनको १२ बजे झुलाघाट पुग्यौँ । भट्टजीले गाडी भाडा तिर्न दिनु भएन । हामीले आपत्ति जनायौँ । उहाँकै अगुवाइमा झुलाघाट पुगेर पिथौरागढका लागि अर्को जीप चढ्यौँ । पहाडी बाटो । सिटअनुसार मात्र यात्रु । पिच बाटो । चालु अवस्थाको गाडी । हलुका हँकाइ । उज्यालो मुख पारेर नेपालतर्पmको यात्रासँग तुलना गर्न थाल्यौँ । जे अनुभूति भयो त्यो आपैmँमा थन्क्यायौँ । गौरीहाट,— जहाँ पिथौरागढसम्म जाने बाटोको आधा भाग पर्दोरहेछ, मा ओर्लेर बिहानको खाना खायौँ । पैसा तिर्न यहाँ पनि भट्टजीले नै उछित्रु भयो । हामीले फेरि पनि आपत्ति जनायौँ । तर आत्मसमर्पणबाहेक हामीसँग त्यतिखेर अरु केही बाँकी रहेन ।

पिथौरागढ पुगेर गाडी रोकियो । हामीले पहिला नै सल्लाह गरिसकेका थियौँ,— गाडीको पैसा तिर्न हामीले उछित्रु पर्छ । त्यसै ग¥यौँ । भट्टजी बजारमा नै अल्मलिनु भयो । केही छिनपछि आउने वचन दिएर हामीलाई होटल उल्का प्रियदर्शिनीमा जान सुझाउनु भयो । गयौँ । के कस्तो कोठा लिने सल्लाह थिएन । केहीबेर रोकियौँ । झन्डै आधाघण्टा जति रोकिएपछि हामीले आफ्ना लागि कोठा बुक ग¥यौँ । ढिलो गर्दा कोठा नपाइन पनि सक्थ्यो । अनि, पिथौरागढका पैसा नलाग्नेजति सबै बजार घुम्यौँ । साँझ बजारमा नै खाना खाएर होटल फि¥यौँ । भट्टजी आउनु भएन । काम विशेषले आउनु भएको मान्छे कतै अल्मलिनु भयो होला, हामीले सकारात्मक सोच बनायौँ ।

पिथौरागढ पुगेकै साँझ भोलिपल्टका लागि टनकपुर हुँदै बनबासा जाने गाडीको जोहो हामीले मिलायौँ । बिहान पौनेछतिरका लागि बोलाएको गाडी पाँच बजे नै होटलमा आइपुग्यो । तर जुन गाडीसँग कुरा मिलाएका थियौँ त्यो नभएर अर्कै चालक र गाडी त्यहाँ आइपुगे । हामीलाई शङ्का भयो । धेरै किसिमबाट परीक्षण ग¥यौँ । एउटासँग कुरा मिलाएर अर्कासँग गाडी चढ्दा बिरानो ठाउँमा केही अप्ठ्यारो पो आइलाग्ने हो कि भत्रेतर्पm हामी सचेत बन्यौँ । जुन स्वाभाविक थियो । के गर्नु ! ठाउँअनुसार मानिसले सोच बनाउनु पर्दोरहेछ । त्यसै ग¥यौँ । अन्तमा,— ‘अघिल्लो दिनको गाडी भेटिएर केही कचमच परे त्यसैमा चढ्नु होला । म त्यही गाडीवालाले पठाएर आएको हुँ ।’ भत्रे उसको निरन्तरको भनाइमा हामीले विश्वास ग¥यौँ । कुरो हो रहेछ पनि ।

पिथौरागढबाट टनकपुर बनबासा चल्ने जीप गाडीहरु सिन्डिकेटअनुसार नचल्ने रहेछन् । गाडी भरिएर यात्रा सुरु हुन निकै कठिन पर्ने रहेछ । कसैसँग दुई जना, कसैसँग तीन जना यात्रु । कसैसँग त्योभन्दा अलिकति बढी । सिटअनुसार यात्रु भरेर हिँड्न निकै कठिन । यही भुमरीमा परेर साढेपाँच बजे होटलबाट निस्केका हामी साढेसातसम्म त्यही बजारको सेरोफेरोमा रुमल्लिइरह्यौँ । जुनसुकै पनि साढेसात सायद नरामै्र हुने रहेछ कि क्या हो ? साढेसात कटेपछि केही बेरमै गाडी गन्तव्यतिर अगाडि बढ्यो । हामीले त्यही महसुस ग¥यौँ ।

बनबासाका लागि १५९ किलोमिटर दूरी तय गर्नु पथ्र्यो,— पिथौरागढबाट । किलोमिटरको याद भएन तर घण्टैघण्टा झुण्ड्याइएको मन्दिर अगाडि सायद गुरनानामक स्थानमा हामी रोकियौँ । त्यो भन्दा केही अगाडि एउटा ट्रक बाटोबाट खसेर बाटो अबरुद्ध भएको रहेछ । सयौँ गाडी आवागमन हुन नसकी सडकभर रोकिएका । गुरनाबाट हामी अगाडि बढ्यौँ र सो स्थानमा पुग्यौँ । संयोगबस हामी पुगेको दशपन्ध्र मिनेटजतिमा गाडी खुल्यो । भूमिगत भगवानलाई धन्यवाद दिँदै फेरि अगाडि बढ्यौँ ।

गाडी थुपै्र भए पनि धैर्यतापूर्वक शालीन ढङ्गबाट आवागमन सुचारु भयो । कुनै किसिमको भैmँझगडा र वादविवादको स्थिति देखिएन । एउटा राम्रो संस्कार हामीले अनुभूत ग¥यौँ छिमेकी मुलुकको एउटा पहाडी कन्दरामा । गाडी लगातार अगाडि बढ्यो । हामी नयाँ ठाउँका नयाँ दृश्यलाई आँखामा कैद गर्न व्यस्त थियौँ । हामीले अघिल्लो दिन कुरा मिलाएको गाडी बीच बाटोमा बिगे्रका अवस्थामा भेटियो । गाडी निकै पछाडि छुट्यो । हामीलाई लाग्यो भगवान हाम्रा पक्षमा रहेछन् ।

गाडी झ्याप्प रोकियो । चम्पावत पुग्न चारपाँच किलोमिटर बाँकी थियो । बनबासाबाट पिथौरागढका लागि आएको अर्को गाडी पनि त्यसैगरी रोकियो । ‘के भएछ ?’ भन्दै नजर घुमायौँ । यात्रुहरु साटिए । गाडीमा राखिएका सामान पनि एकअर्को गाडीमा राखियो । आखिर गाडी परिवर्तन गरेका रहेछन् चालकहरुले । जुन गाडी जताबाट आएको थियो उतै फक्र्यो, यात्रु बदलेर । कारण बुझ्नतिर हामी लागेनौँ । हाम्रो चासो बनबासा पुग्नुसँग मात्र सीमित थियो ।

गाडीले वेग हान्यो । सिन्थाडीको सैनिक ढावामा खाना खुवायो । एउटा अचम्म यस बीचका होटल जहाँजहाँ गाडी रोकिए त्यहाँ शौचालयको व्यवस्था कहीँ पाइएन । शौचालयका विषयमा सोध्दा उनीहरु हाँस्दै जङ्गल देखाउँथे । यस्तो अवस्था दुईतीन ठाउँमा प¥यो । सिन्थाडीमा शौचालय खोज्न जङ्गल पसेँ । त्यो छाक खाना खाने कष्ट पनि मैले गरिन । सहयात्री साथी भने नयाँ ठाउँको नयाँ स्वाद लिन चुक्नु भएन । सबै यात्रुले खाना खाएपछि एकबजे गाडीले फेरि गति लियो ।

झुलाघाटदेखि अहिलेसम्मका यात्रामा बाटो सुधारका काम प्रशस्त भेटिए । कतै बिस्तार र कतै मर्मतका काम हँुदै थिए । पहाडी जवानहरु काममा खटिएको देख्दा हामीलाई लाग्थ्यो कतै हामी नेपाली भूभागभित्रै पो छौँ कि ? तर वास्तविकता त्यस्तो थिएन । त्यहाँका बासिन्दा नेपाली नभएर सबै भारतीय पहाडिया थिए । हामी प्रशत्रताको अनुभूतिमा रम्यौँ ।

गाडीले केहीबेर गति लिएपछि भरखरै पिच सकिएको चिल्लो सडकखण्ड भेटियो । पिचको गुणस्तर निकै राम्रो देखिन्थ्यो । पहाडी सडक भएर पनि गाडी सललल बगिरहेथ्यो । वास्तविकता यही थियो । सडकको गुणस्तरियताका कारण लामो दूरी पनि छोटै समयमा पूरा भयो । झन्डै साढेदुईतिर हामी बनबासा पुग्यौँ । हामीसँग पहिला टनकपुरसम्मको भाडा लिएको रहेछ । बनबासा पुगेपछि अर्को दसदस भारतीय मुद्रा थप्यौँ । सबैले थपे । भाडादर निश्चित नै रहेछ । मोलमोलाई देखिएन ।

मोलमोलाई तब सुरु भयो जब रिक्साले हामीलाई पछ्याउन थाले । रिक्सावालाले भारतीय भूमितर्पmको महाकाली नहरसम्मको भाडा प्रतिव्यक्ति एकसय भारतीय मुद्रा बताए । हामीले स्वीकारेनौँ । रिक्सावाला पछि लाग्दै आए । आखिर प्रतिव्यक्ति नभएर प्रतिरिक्सा पचास भारतीय रुपैँयाँमा भाउ मिल्यो । हामी रिक्सा चढ्यौँ । हाम्रा पछिपछि अरु तीन नेपाली पनि एउटै रिक्सामा आउँदै थिए । हामी दुईजना मात्र भएकाले छिटै अगाडि बढ्यौँ । नहर नपुग्दै रिक्सा अडियो । भाडा तिरेर हामी नेपालतर्पm अगाडि बढ्यौँ । भारतीय भूभाग अझ निकै बाँकी रहेछ । सिमानासम्बन्धी विभित्र अनुमानित गफ गर्दै हामी नेपाल छिचोल्न थाल्यौँ । भारतीय भूमिमा नेपालीहरु हेपिने परम्पराका केही अवशेष नियाल्र्दैै बल्लतल्ल नेपाल छिचोल्यौँ । समग्र सुरक्षा व्यवस्था सायद भारतीय भूमिमा राम्रो थियो होला । तर पनि नेपाल प्रवेश गर्नेबित्तिकै किन हो किन हाम्रो जीउ हलुङ्गो भयो ।

——००——००——

उत्तराद्र्ध : बन्द शृङ्खला

हामीले नेपाल प्रवेश गरेको त्यो दिन २०६६ मङ्सिर २०, नेपालतर्पm बजार तथा यातायात बन्दको आयोजना रहेछ । के कारणले बन्द भत्रेतिर चासो राखिएन । किनकि, नेपालीलाई बजार, यातायात, कलकारखाना, शैक्षिक संस्था आदि बन्द गर्न गराउन खासै ठूला कारण चाहिँदैनन् । यो हामीले बुझेभोगेको कुरो । त्यसैले त हामी भन्छौँ,— ‘बन्द’ सधैँको नियति र पौरख हो हाम्रा लागि ।

बन्दमा सवारी खोज्नु ‘चैतमा घीउ खोज्नु निहुँ खोज्नु’ भत्रे गाउँघरको नेपाली उखान जस्तै थियो । सवारी पाइएन । न टाँगा, न रिक्सा । न त अरु कुनै इन्जिन गाडी । हामी निकै थाकेका थियौँ । भन्सारको ढाट छेउमा गएर रोकियौँ । एकछिन रमिता हे¥यौँ । अनि भन्सार प्रमुखको खोजी ग¥यौँ ।

मेरा पूर्वपरिचित मित्र ‘उत्तरकुमार खत्री’ भन्सार प्रमुख छन् भत्रे जानकारी मलाई थियो । केही महिनाअघि मात्र भन्सार प्रमुखको जिम्मा पाएका स्पष्टभाषी हँसिला–जोशीला युवक । पहिला बगली फोनबाट सम्पर्क गरेँ । बोलावट आयो । नबोलाई जान तम्सेकालाई बोलाएपछि बाँदरलाई लिस्नु जस्तै भयो । भन्सारकै एकजना सहायक कर्मचारी अगाडि लगाएर करिब तीनसय मिटरको दूरीको निवासमा प्रवेश ग¥यौँ । औपचारिकता निर्वाहका केही प्रारम्भिक गफगाफपछि तातो चियाले प्रवेश पायो । हातगोडा हलुका बनाएर तारबारभित्रको चउर एक फन्को मा¥यौँ, उत्तरजी र म भएर । सहयात्री साथी भित्र आफ्नै काममा व्यस्त हुनु भयो । उहाँ पनि फुर्सत नरुचाउने मान्छे । केही नभए टेलिभिजनलाई साथी बनाएर पनि रमाउन सक्ने ।

——००——००——

साँझ सजिलोसँग बित्यो । रात त्योभन्दा सजिलोसँग बित्यो । अप्ठ्यारो भोलिपल्ट बिहान मङ्सिर २१ बाट सुरु भयो । त्यो दिन नेपाल बन्दको आह्वान । कैलालीको डुडेझारी घटना यसको कारण । कैलाली कन्चनपुर त कति दिन बन्द हुने कुनै निश्चित थिएन । बन्दकर्ताको भाषामा अनिश्चितकालीन बन्द । अनिश्चितताको परिभाषा थिएन । भेटित्र । कुनै न कुनै पक्षले कुनै न कुनै निहुँमा यही क्रमले बन्दको आयोजना गर्दै जाने हो भने भोलिका दिनमा आक्कलझुक्कल नेपाल खुलाको होड पनि नचल्ला भत्र सकित्र । कतिन्जेलका लागि हो थाहा छैन, तर जस्तो नियति पनि भोग्नु पर्ने अवस्था अहिले छ । मेलो छ मुलुकका लागि नयाँ संविधान लेखनको तर खेलो छ चौतर्फी बन्द, अस्थिरता र असहमतिको । ‘के मुख्य मेलो छाडेर गरिएको यतिखेरको यस्तो खेलो उचित हो ?’ सार्वजनिक रुपमा यस्ता प्रश्न पनि थुपै्र सुत्रमा आए ।

बन्द कुनै पनि कुराको रोकावटको स्थिति हो । बन्दले मनाहीको आदेश दिन्छ । यी दुवैको परिणाम निषेधमा परिणत हुन्छ । बन्द, छेकथुन, रोकावट, रोकटोक, मनाही, निषेध यी सबै तेह« दिने दाजुभाइ हुन् । नेपाली भूभागमा यी सबैलाई अहिले बन्दको नामले चिनिन्छ । विविध राजनीतिक चलखेलको उपजका रुपमा नेपालीले सबैभन्दा बढी पाउने गरेको उपहार यही हो । उपहारका रुपमा पाएर पनि कसैले यसलाई सहर्ष स्वीकार गर्न सकेका छैनन् । उपहार राम्रो मनले दिइन्छ, तर बन्दको उपहार बन्द मानसिकताको उपज भएकाले यसलाई कसैले पनि रुचाउन सकेका छैनन् । कसैले नरुचाउँदा नरुचाउँदै पनि कहिले प्रायोजित त कहिले अप्रत्याशित रुपमा आइलाग्ने यस्ता बन्दले सबैलाई सताएको छ । बन्द आयोजकलाई पनि परोक्ष वा अपरोक्ष रुपमा यसले घात गरिरहेकै छ । महसुस गर्नु नगर्नु अर्को कुरा हो ।

गड्डाचौकीबाट हामीलाई महेन्द्रनगरको मुख्य बजार छिचोल्नु पर्ने । यसका लागि ६ किलोमिटर पिच बाटो तय गर्नु पर्ने । कुनै सवारी साधन नचल्ने भएपछि अर्को विकल्प थिएन । झोला काँधमा हालेर अगाडि बढ्यौँ । केही ठाउँमा गाडीका सिसा फुटाएका दृश्य देखिए । शुभेच्छुक धेरैले भारत भएर रेलमा जान सुझाए । केही सिप नलाग्दा त्यही सुझाव स्वीकार गर्नु पर्ने अवस्था हुँदाहुँदै पनि त्यतिखेर भने मैले त्यसलाई ठाडै अस्वीकार गरेँ । आदर्श छाटेँ र भनँे,— ‘आफ्नो देशलाई यस्तो अस्तव्यस्त बनाएर किन अर्काको मुलुकबाट भ्रमण गर्ने ? यो हुन सत्तैmन । हुँदोखाँदो आफ्नो घरमा आगो लगाएर छिमेकीका घरमा बास बस्न जाने काम कसैले गर्न सक्छ ? सत्तैmन । गर्नु हुत्र । कति दिन बस्नु पर्छ बसौँला । हिँड्न परे हिँडौला ।’ मेरो भनाइमा कसैको विमति रहेन । बरु जिल्ल परेर हेरिरहे ।

यति भन्दाभन्दै पनि उनीहरुको थप सहानुभूति रह्यो हामीप्रति । उनीहरु भन्थे,— ‘तपाईंहरुलाई असुविधा हुन्छ, गाह्रो हुन्छ ।’ यो कुरा पनि मैले स्वीकार गरिँन । यो असुविधा र गाह्रोको शृङ्खला नयाँ होइन । दुई दशकभन्दा लामो समयदेखि यो शृङ्खलामा हामी अभ्यस्त छौँ । यस्तो परिस्थिति हामीले यदाकदा भोगेका होउँला । नियमित भोगाइमा बाँच्ने थुपै्र छन् । सुख र दुःख, असुविधा र गाह्रो भत्रे कुरा तुलनायोग्य कुरा हो । तपाईले कुनै दुःखद् अवस्था, असुविधा र गाह्रो कुरालाई त्योभन्दा विषम अवस्थासँग तुलना गर्नु भयो भने वर्तमानलाई सुखद् बनाउन सक्नु हुन्छ । यदि यही कुरालाई सुखद् अवस्थाको चरम उत्कर्षतिर लगेर तुलना गर्नु भयो भने वर्तमान हुनसम्मको दुःखद् अवस्थामा परिणत हुन्छ । सत्य यही नै हो ।

हाम्रो प्रतिबद्धताप्रति कसैले प्रतिकार गरेनन् । हुन सक्छ यो हाम्रो बढ्ता जिद्दी थियो । बढी आदर्शका कुरा थियो, तर वास्तविकता थियो । बजार पस्यौँ । बस्ने व्यवस्था मिलायौँ । बाहिरी बन्दको आँखा छलेर जिम्मेवारीभित्रका कामलाई पनि अगाडि बढायौँ । काम सक्यौँ । बाहिरी वातावरण स्तब्ध थियो । मानिसहरु त्रसित देखिन्थे । बन्दको मूल कारण कैलालीको डुडेझारी यस ठाउँबाट नजिकै भएकाले पनि यस्तो भएको हुन सक्थ्यो ।

भ्रमण दलमा संलग्न दुई भाइले सल्लाह ग¥यौँ,— ‘भोलि (मङ्सिर २२ गते) जसरी पनि कैलालीको अत्तरिया छिर्ने । जस्तो उपाय गर्नु परे पनि गर्ने ।’ यस्तो दृढता हाम्रा लागि जरुरी पनि थियो । किनकि, सहयात्री साथीका लागि यसअघि नै मङ्सिर २३ को हवाइ टिकटको व्यवस्था भइसकेको थियो । मेरा लागि भरमग्दुर प्रयास जारी थियो ।

महेन्द्रनगर–अत्तरिया पचास किलोमिटरको दूरी । रिक्सा मजदुरहरु प्रतिरिक्सा बाह्रतेह्रसयसम्म भाडा बताइरहेका थिए । जानेहरु एक हजारमा रिक्सा चढेका थुपै्र दृश्य हामीले देख्यौँ । चलनचल्तीलाई बिगार्न सक्ने अवस्था त्यहाँ थिएन । बरु यति लामो बाटो रिक्सावालले कसरी लैजान सक्छ भनी हामीबीच उसको मानवीय पक्षका विषयमा बहस चल्यो । सहयात्री साथीको तर्क थियो उसले भनेजति पैसा तिरेर पनि उसलाई यति लामो बाटो रिक्सा चलाउन दिनु हुत्र । अन्याय हुन्छ । म भन्दै थिएँ,— ‘यो उसको पेशा हो । हामीले यिनलाई अत्तरिया नलगे पनि यात्रु पाएका अवस्थामा बजारभित्रै पनि यिनले त्यति दूरी तय गरेका हुन्छन् । श्रम गरेका हुन्छन् । बरु उसको इच्छित श्रमलाई रोकेर पारिश्रमिकको ढोका बन्द गरिदियौँ भने उसको साँझको गाँस नजुर्न सक्छ । आश्रित परिवार भोका हुन सक्छन् । गाँस जुराइदिन सक्नेले हरिदियो भने चाहिँ बरु अन्याय हुन्छ ।’ उहाँ मुसुक्क हाँस्नु भयो । अर्को विकल्प थिएन । हामीबीच सहमति भयो । रिक्सा चढ्यौँ । महेन्द्रनगरलाई बाइबाइ गर्दै अत्तरियाका लागि प्रस्थान ग¥यौँ । अनिश्चितकालीन कैलाली बन्दका कारण यो प्रस्थान हाम्रा लागि सामान्य अन्धकारबाट महाअन्धकारतिरको यात्रा बन्यो ।

बाटो सबै पिच । सवारीसहितका अरु रिक्साचालक उकाला बाटामा पनि असिना पसिना गर्दै सकीनसकी रिक्सा तानिरहेका देखिन्थे । अत्तरियासम्म दुईचार ठाउँमा त्यस्ता उकाला भेटिए । उकाला ठाउँमा ओर्लेर हिँड्ने सहमति हामीले पहिल्यै बनाएका थियौँ । त्यसै ग¥यौँ । कैलाली जोशीपुर निवासी रिक्सा चालक चौधरी भाइ खुशी भयो । उसले यस्ता यात्रु बिरलै पाउँथ्यो होला । बीच बाटामा खाजाका रुपमा केही फलपूmल र दालमोठ दियौँ । ऊ रिक्सा नरोकी खाँदै अगाडि बढ्यो । बीचमा थप अलमल हुनेबित्तिकै महेन्द्रनगर फर्कन अबेर हुन सक्थ्यो । हामी चारघण्टाभन्दा केही बढी समयमा अत्तरिया उत्र्यौँ । खाजा खानका लागि केही थप रकम र धन्यवादसहित रिक्सा भाडा ति¥यौँ । खुशीसाथ ऊ फर्कियो । हामी अनिश्चितकालीन बन्द घोषित मुख्य क्षेत्रमा प्रवेश गर्नु परे पनि सकुशल उत्रन पाएकोमा त्यसै खुशी थियौँ ।

अत्तरिया त ओर्लियौँ तर धनगढीका लागि रिक्साले प्रतिव्यक्ति दुईसय पचास दर तोक्यो । अन्यत्रको मूल्यसँग तुलना गर्दा प्रस्तावित यो मूल्य अनुचित पनि थिएन होला । हामी मोलमोलाइतिर नलागी अत्तरियामै बासको व्यवस्था मिलाउनतिर लाग्यौँ । स्थानीय एक शिक्षक लीलाधर बाँस्कोटा हाम्रा लागि सहजकर्ता बनिरहनु भएको थियो । बास बस्यौँ । भोलिपल्ट दुवैजना धनगढी विमानस्थल पुग्नै पर्ने । एउटा टिकटसहितको यात्री अर्को टिकटरहित यात्री । विमानस्थलसम्मको दूरी दस किलोमिटर । बिहानै हिँड्ने सल्लाह भयो । दुईजनाको सल्लाह, त्यो पनि गैरराजनीतिक । नमिल्ने कुरै भएन । मिल्यो ।

अत्तरिया,— जुन होटलमा हामी बसेका थियौँ, मा रातिसम्म ग्राहक आइरहे । कोही कताबाट, कोही कताबाट । कोही हिँडाइका कहालीलाग्दा कहानी सुनाउँथे । कोही डुडेझारीतिर कैद भएका स्मरण ओकल्थे । कसैको के कसैको के व्यथा । व्यथा अलगअलग । समग्रमा पीडा एउटै । भोगाइ उस्तै । स्थान र घटना फरक । पात्र फरक । साँझ अकस्मात् एउटा नयाँ समाचार आयो । आज साँझ सात बजेदेखि भोलि (मङ्सिर २३ गते) बिहान पाँच बजेसम्मका लागि बन्द खुल्यो । हेर्दाहेर्दै आवागमन बढ्यो । रातभर यात्रुबसका घ¥याकघुरुक आवाज आइरहे । कोही उज्यालो हुँदा फलानो ठाउँ कट्नु पर्छ भन्छन्, कोही अर्को ठाउँको नाउँ लिन्छन् । मानिसका विविध क्रियाप्रतिक्रिया सुन्दा लाग्थ्यो हामी निकै ठूलो युद्ध क्षेत्रमा फसेका छौँ । बाहिरको स्थिति निकै भयावह छ । जे होस् रातभरको त्यति खुलाइले धेरैको उद्धार भयो र तिनले आफ्नो गन्तव्य पहिल्याए ।

मङ्सिर २३ । बाहिर चिसो सिरेटो । भित्र तातो चिया । जीउमा अल्छिपन थिएन दुवैको । हाते झोला काँधमा चढायौँ । आन्तरिक पर्यटकका रुपमा दस किलोमिटर बाटो पैदल तय गर्ने सल्लाह बमोजिम अगाडि बढ्यौँ । तराईका विभित्र दृश्यावलोकन । कतिपय स्थानमा बाटो काटेको यादै भएन । तनमन दुवैमा विभित्र अनुभूति सँगाल्दै निरन्तर अगाडि बढिरह्यौँ । बाटोमा चियाको तिर्सना मेट्यौँ । राजमार्गको आठ किलोमिटर दूरी पार गरेपछि हामीलाई ठूलै युद्ध जितेजस्तो अनुभूति भयो । अब विमानस्थलका लागि थप दुई किलोमिटर मात्र भित्र पस्नु थियो । उपलब्ध टिकट ३.३० को थियो । यस हिसाबले हामीसँग प्रशस्त समय बच्यो । हामी ढुक्क बन्यौँ ।

अबको पहिलो चिन्ता पापी पेटको थियो । विमानस्थल छिर्दै गर्दा दुईचार स्थानमा खाना बनाउन सकिन्छ कि भनेर सोध्दै अगाडि बढ्यौँ । त्यस्तो स्थान मिलिरहेको थिएन । एउटा अलि परिपक्व मान्छे उभिएको चिया पसल देख्यौँ । भित्र पसेर सोध्यौँ । ‘खाना त पाइत्र तर चाउचाउ पाइन्छ ।’ उत्तर सरल थियो । खाना नपाइए एकछिनपछि त्यहीँ चाउचाउ खानु पर्ला भत्रे सोच पलायो । मैले अन्डा त पाइन्छ नि ? भनेर सोधेँ । ‘माछामासु अन्डा म खाँदा पनि खात्र, बेच्दा पनि बेच्दिन ।’ पसलवालाको सोझो जवाफ थियो । मैले आदरपूर्वक उनको नाउँ सोधेँ । ‘धुनवा राना’ उनले बताए । मैले फेरि जिज्ञासा राखेँ,— तपाईं भगत हो ? ‘होइन । तर माछामासु नखाने हुँदा भगत जस्तै हो’ उनले आफ्ना कुरा जस्ताको तस्तै भने । मान्छे निकै सहयोगी रहेछन् । खाना खुवाउनसक्ने सम्भावित स्थान पनि देखाइदिए, अलि परसम्म गएर । ‘अप्ठ्यारो माने भने मैले पठाएको भत्रुस्न’ भत्रे सूत्र पनि दिए ।

निर्देशित स्थानमा गयौँ । आनाकानी भएन । बरु उनीहरुको भनाइ रह्यो,— ‘हतार छ भने हाम्रा लागि बनाएको खाना छ, त्यही खानुस् । हामी बनाएर खान्छौँ ।’ हामीलाई हतार त थिएन, तर पनि प्रस्तावित खाना स्वीकार ग¥यौँ । बरु मौसमअनुसार हरियो सागको एउटा परिकार थप्न आग्रह ग¥यौँ । आग्रह पूरा भयो । पे्रमपूर्वक खाना खायौँ । खाना निकै स्वादिष्ट थियो । भोक मात्र मीठो थिएन, वास्तवमा भोजन नै मीठो थियो । यस्तो अवसर प्राप्त भएकोमा आपैmँले आपैmँलाई बधाई दियौँ ।

अब बाँकी रह्यो एउटा हवाइ टिकटको चिन्ता । काठमाडौँस्थित एउटा ट्राभल एजेन्सीसँग सहयात्री साथी सम्पर्क गर्दै हुनुहुन्थ्यो । मैले ठट्टा गर्दै भने, ‘टिकट जसरी पनि मिल्नु पर्छ । बरु, भित्रको सिट मिलेन भने बाहिर हुटकै सिट भए पनि हुन्छ ।’ एकछिन दुवै हाँस्यौँ । टिकटको आश्वासन सकारात्मक थियो । आखिर दुईबजेको यति एयरलाइन्सबाट ३.४० को बुद्ध एयरको टिकट आयो । त्यसपछिको पर्खाइ हवाइजहाज आगमनको मात्र रह्यो ।

प्रतीक्षा गर्नु जस्तो गाह्रो सायद अरु हुँदैन । पहिला ३.३० र पछि ३.४० को उडान समय ढिलिँदै गयो र पाँच बजेतिर जहाज अवतरण हुने जानकारी आयो । जहाज आगमनको साइरन बज्यो । हामी विमानस्थल पस्ने तरखरमा जुट्यौँ । सुरक्षा जाँचका लागि मैले सुरक्षाकर्मीलाई मार्ग प्रशस्त गर्दै हलुकासँग हात उठाइदिएँ । सुरक्षाकर्मीले भने,— ‘सर, आजकल त्यस्तो हाइअलर्ट छैन । सबैलाई सामान्य जाँच मात्र गर्ने हो ।’ नेपालको सुरक्षा व्यवस्थाका व्यावहारिक पक्षमा केही जानकारी भएकाले मैले ऊसँग केही प्रतिक्रिया जनाइन । तर उसको यस भनाइले मलाई दिक्क बनायो । कठै ! हाम्रो सुरक्षा व्यवस्था । केही घटना घटिसकेपछि मात्र हाइअलर्ट हुने ? त्यस्तो पनि कहीँ हुन्छ । कसैले केही नगर्नु त्यो आफ्नू ठाउँमा छ । हवाई उडानको कुरा हो । सुरक्षा व्यवस्थालाई त हरहमेशा हाइअलर्टमा पो राख्नु पर्छ ।

अन्ततोगत्वा साँझ ५.१५ बजे काठमाडौँका लागि जहाज उड्यो । हामीले रात्रि उडानको अनुभूति ग¥यौँ । दाङ नछिचोलुन्जेलसम्म जहाज निकै माथिबाट उडेको रहेछ । तल निकै कुहिरो देखिन्थ्यो । हामीलाई केही असजिलो जस्तो अनुभव भयो । म गर्मीले हप्प भयो होला भत्रे अनुमान गर्दै थिएँ, यत्तिकैमा मसँगै बसेका बीबीसीका सम्वाददाता राम प्रधानले भत्रु भयो,— ‘जहाज निकै माथिबाट उडेजस्तो छ । मलाई त अक्सिजनको अलि कमी अनुभव हुन लाग्यो ।’ मैले त्यस्तो त नहुनु पन भन्दै बाहिरको हावा लिने बटन घुमाएर उहाँतर्पm फर्काइ दिएँ । अनि उडान अवधिभर बन्द जीवनका विविध विषयवस्तुमा गफगाफ गर्दै हामी साँझको साढेछ हुनै लाग्दा काठमाडौँ विमानस्थल अवतरण ग¥यौँ । ओर्लदै गर्दा मैले विमान परिचारिकासँग सोधेँ,— के दाङ नछिचोलुन्जेलसम्म जहाज निकै माथिबाट उडेको थियो ? उनको जवाफ थियो,— ‘हो ।’

अनिश्चितकालीन बन्द क्षेत्रबाट खुला क्षेत्रमा अवतरण त गरियो । तर यहाँको अव्यवस्था र महँगी त्योभन्दा कम कष्टकर थिएन । महेन्द्रनगरबाट अत्तरियासम्मको पचास किलोमिटरका लागि रिक्सामा हामीले जति भाडा ति¥यौँ झन्डै त्यत्तिकै भाडा विमानस्थलबाट पाँचसात किलोमिटर आसपास दूरीका लागि यहाँका ट्याक्सीवाला हचुवामा माग्दै थिए । हामी बन्दबाट महाबन्द क्षेत्रमा प्रवेश गरेका छौँ कि खुला क्षेत्रमा ? हामीलाई त्यतिखेर यस प्रश्नको जवाफ भेट्टाउन साँच्चै गाह्रो परेको थियो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।