19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

झोल अर्थात् राष्ट्रिय पेय

हास्यव्यङ्ग्य नरनाथ लुइँटेल February 16, 2010, 1:52 pm

“चौटा खान गएकी बूढी झोलमा डुबेर मरी ।” यसरी डुबाएरै मारिदिने झोलका बारेमा आज अलिकति पोल खोलौँ कि जस्तो लागेको छ । ठोस पदार्थको विपरितार्थ मानिने झोल आज राष्ट्रिय पेय बनेको छ । गुन्द्रुकको टुर्रे झोलले छाक टार्नसमेत धौधौ पर्ने गरेका तोरीलाउरेहरू हिजोआज दुई तीन पेग नलगाई निन्दै्र नआउने भएका छन् । छ आठ वर्षमै स्थिति कहा“बाट कहा“ पुग्यो ¹ सम्झेर सम्झिसाध्य छैन । थाङ्ने झोला बोकेर सडक नाप्ने कतिपय मुलङ्खरेहरू झोलकै भरमा राष्ट्रिय हिरो बन्न पुगेका छन् । गज्जबको कुरा त के छ भने विहान ओछ्यानबाट जुरुक्क उठ्नासाथ “वेड् टी” नामको झोल पेटमा नतुक्र्याई झोलप्रेमी मनुवा तुर्किस्थान पनि जान सक्दैन । यसरी प्रारम्भ भएको पेय–क्रम सा“झ पुनः ओछ्यानमा उक्लिनुभन्दा पहिलेसम्म अनगिन्ती पटक घा“टीबाट ओरालो लागिसकेको हुन्छ । यस्तै लोकप्रिय र बहुउपयोगी एवम् उपभोग्य तरल पदार्थ विशेष नै झोल हो । यही उपभोग्य र बहुउपयोगिताका आधारमा झोललाई राष्ट्रिय पेय भनिएको तथा मानिएको हो ।

वर्तमान प्रजातन्त्र र प्रजातान्त्रिक मुलुकको राष्ट्रिय जीवन झोलमय बनेको छ । किन र कसरी भन्नै पर्दैन । तपार्इं स्वयम् यसको भुक्तभोगी बनिसक्नु भएको हुनुपर्छ । कुनै काम विशेषले तपार्इं सरकारी अफिस छिर्नु भएकै होला । हप्तांैको मात्र कुरा होइन महिनांै लेफ्ट–राइट गर्दा पनि तपार्इंको काम फत्ते हुन्न तर पहिलो दिन नै एउटा कुनै चर्चित लेवलको विदेशी झोलको बोतल झोलामा हालेर जानुस् अनि झोलाबाट कागज झिक्ने निह“ुमा झोलको लेवल खुसुक्क देखाउनुस् । बस् तपार्इंको काम दुई मिनेटमै तमाम हुन्छ । हाकिम पनि खुसी तपार्इं पनि खुसी । त्यही झोलले तपार्इंको फाईल यो टेबलबाट ऊ टेबल, यो फा“टबाट त्यो फा“ट छिनभरमा भ्यागुता उ˚्रिएझैँ उ˚ार्दै हाकिमको टेवबलमा पु¥याउ“छ र दस्तखत गिराउ“छ । यो जाबो झोलको जादुमय पराक्रम होइन त ?

कुरा ठेक्का–पट्टाको होस् या बैना–बट्टाको, जग्गा–जमीनको नामसारी होस् या जाबो टेलिफोनको नामसारी, कामको मूल्यअनुुसार झोलको मूल्य स्वतः निर्धारित हुन्छ । तपाईंको अनुकुलता अनुसार घरमै बोलाएर स–सानो पार्टीको आयोजना गर्नुहोस् या कुराकानी मिलाएर सा“झतिर भट्टीमै निम्त्याएर झोल पियाउनुुुुस् यो तपार्इंको खुसीमा भर पर्छ । सिर्फ झोलका निम्ति झोलिलो बन्नुपर्छ, तपाईं मालामाल हुन बेरै लाग्दैन । झोललाई बुद्धिमानीपूर्वक प्रचलन गर्न सक्नेहरू नाङ्ले पसलबाट राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय स्तरका “विज्नेसम्यान” बन्न सक्छन्– बनिरहेका पनि छन् । कुनै वैध वा अवैध वस्तुको इम्पोर्ट एक्सपोर्टमा कुनै अवरोध उत्पन्न भयो भने वस्तुको वजन र मूल्य अनुरुप दुईचार बोतल झोल खर्च गर्नुस्– अवरोधको ढोका स्वयम् खुल्छ । एयरपोर्ट आइपुगेको सुनले पनि गुन मान्छ, सुनौली नाकामा आएर अड्किएको नुनले पनि सगुन ठान्छ । झोल आफू तरल भएर पनि यस्ता ठोस वस्तुहरूलाई समेत तान्छ– तानी आएको छ ।

वैध अवैध कारोवार र बन्द–व्यापारमा मात्र कहा“ हो र, राष्ट्रिय राजनीतिमा समेत झोलले सकारात्मक प्रभाव छोड्न सफल भएको छ । सफलता आर्जन गर्दै आएको छ । झोलकै कारण यो मुलुकमा समीकरण बन्छ र समीकरण भत्किन्छ । झोलकै कारण पार्टीहरू ˚ुट्छन् र जुट्छन् । मुलुकको राजनीति यति विघ्न झोलिलो यस अघि कहिलै भएको थिएन सायद । एक से एक नेताहरू झोलमा डुबेका छन् । झोलमै रमाएका छन्, झोलमै पौडी खैल्दै र डुबुल्की मार्दै आफूलाई अग्गा सावित गरिरहेका छन् । मानौं यो झोल नै उनीहरू सवैको प्राणघुटिका हो । तपार्इंलाई समेत थाहा भएको कुरा के हो भने चौटा खान गएका धेरै धेरै महापुरुषहरू झोलमै डुबेर मरेका पनि छन् । पाइआएको झोल तन्तनी ठाडो घा“टी लाउन छोडेर चौटा खोजिहिँड्नेहरू झोलमा नडुबेर केमा डुब्छन् त ¹ जान्नेले मान्छे पट्याउनेदेखि पद जिप्ट्याउनेसम्म झोलकै प्रयोग गरिरहेका छन् । चाकडीका निम्ति घसिने चिल्लो आफैंमा एक किसिमको झोल हो । यस किसिमको झोलको मोल पनि चर्कै छ । स्वाभिमान र स्वतन्त्रताको माला जप्नेहरूलाई झोलको मोल बारे केही पनि थाह हुन्न ।

दशांै वर्ष डिमोशनमा कक्रिएको मनुवालाई झोलले प्रमोसन गराउ“छ । वंशभित्र अंशको लफडा प¥यो, त्यो लफडा काइते भएर मिसिलमा खस्छ र मुद्दा बनेर न्यायालयतिर पस्छ । बस् झोलको काम आईहाल्छ । यस्तो बेलामा झोलले हार्नेलाई जिताउ“छ र जित्नेलाई हराउ“छ । झोलको विशेषता नै यही हो, सुल्टोलाई उल्टो र उल्टोलाई सुल्टो बनाउ“छ । तपाईंले पर्दै नपर्ने ठेक्का आफ्नू पञ्जामा पार्नु छ भने झोल झार्नु होस्, लाखौंको मुनाफा गुटमुटिने ठेक्का तपाईंकै हातमा आएर टसक्क बस्छ । सर्टिफिकेट प्राप्तिका निम्ति होस् या जागीर प्राप्तिका निम्ति तपार्इंले परीक्षा दिनु भएको छ ? छ भने ऐन–मौकामा झोल खर्च गर्नुहोस् । तपाईं दामको काम नआउने कुनै निकायमा जागीर खाइरहनु भएको छ र एयरपोर्टको भन्सार वा रेडियोको सन्सारतर्फ जाने मन गरिरहनु भएको छ भने ढङ्ग पु¥याएर रङ्ग रङ्गका झोल खन्याउनुस् । झोलले नै हाकेताकेको पु¥याउ“छ, पु¥याई आएको छ । वैध वस्तु निर्यात गर्दा वा अवैध वस्तु आयात गर्दा प्राप्त हुने कमिशनमा होस् या गर्र्नै नहुने कामको पर्मिसनमा– झोलले कमाल गरिदिन्छ ।

सरकारी सन्चार माध्यमको प्रमुख आम्दानी झोलबाटै झर्छ । राष्ट्रिय बजेटको उल्लेखनीय हिस्सा झोलमै खर्चिने गर्छ । सा“च्चि नै भन्ने हो भने यो मुलुकको जीवन–गाडी झोलकै इन्धनमा गुड्ने गरेको छ । सरकारी गैर–सरकारी गोष्ठी, भेला र वैठकहरूको शोभा बढाउने वस्तु झोल नै हो । दुराचार, पापाचार र भ्रष्टाचार छोप्ने खोल पनि झोल नै हो । मान्छेको औकात, हैसियत, बुद्धि, वर्कत, क्षमता, दक्षता जे भन्नुहोस् सिङ्गै मान्छेको मोल पनि झोल नै हो । यस्तो बहुउपयोगी वस्तु, जीवनको महत्तम धेय यो राष्ट्रिय पेय– झोलको विरोध गर्ने छ कसैको ताकत ? अह“, छैन । झोलको विरोधमा ब मात्र उच्चारण गर्ने त कुरै छाडांै सोच्ने मात्र पनि गवा“र हुन्, हुस्सु हुन्, लट्ठक हुन् । त्यस्ता पाजीहरूलाई त उहिलेदेखि चलिआएको अ.त. लगाइदिएर झेल्खान हाली दिए हुन्छ । राष्ट्रिय पेयको विरोध त अराष्ट्रिय तत्वले मात्रै गर्छ । यस्तो जड कुरा गृह प्रशासनलाई थाह हुनैपर्छ ।

हालः कलङ्की, काठमाडौँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।