18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत पोखरेल पवित्रा February 17, 2010, 11:45 pm

माया गर्छु तिमीलाई भन्न मैले सकिन

तिम्रो नाममा एउटा पत्र लेख्न मैले सकिन

चंचल ति तिम्रा नयन भुल्न मैले सकिन

मुटु भित्र तिम्रो तस्बिर च्यात्न मैले सकिन

तिम्ले शायद सम्झीनौ मैले भुल्न सकिन

किन किन तिम्रो माया मार्न मैले सकिन

माया गर्छु ....................

बिती दिन्छन दिनहरु कल्पनामा तिम्रै सधै

घाउ अझ गहिरिन्छ चहर्याउछ त्यसै त्यसै

तिमी मेरो सपनी हौ बिपनी नभए पनि

तिमी मेरो चाहना हौ अधुरै रहे पनि

माया गर्छु ......................

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।