19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अर्थ

कविता विकाश बजगाईं February 20, 2010, 1:29 pm

कोलाहलयुक्त अनुत्पादक दिनहरुबाट,

चकमन्न मेरा चेतना किन व्यूउँझिदैनन् ?

निशब्द रातको निश्लोट प्रहरहरुबाट,

हृदयको मधुर संगीत किन निदाउँदैनन् ?

आखिर,

मानव नै हुँ म पनि,

धिक्कार्न सक्दिन यो जन्मलाई ।

स्वाभिमानी हुँ भन्छु आफूलाई,

स्वीकार्न सक्दिन सह अस्तित्वलाई ।।

के हार अनि के जीत नै हुनु छ र

यो कालान्तरीत लडाईमा ।

पाउनु गुमाउनुको केही रहेन अब

नितान्त एक्लो यो जीवनमा ।।

स्वरचित कल्पनाले मात्र,

हृदयलाई शितलता दिने भए,

अर्धचेतन स्वप्नले मात्र

स्वर्गानुभूत गराउने भए,

वास्तवमै,

मांश प्राचिर तिम्रो त्यो सुन्दर स्तम्भको

प्रेमक्रिडाका ति आनन्द तिरेक क्षणहरुको

हजारौ कामात्मालाई परास्त पार्ने तिम्रो वाक्पटुताको

परिहास युक्त यो जिवलाई के नै अर्थ हुने भो र ?

इन्द्रपुर ७, बेलेपुर, मोरङ्ग

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।