18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आखिरी जुवा

कथा शेखर ढुंगेल February 20, 2010, 10:37 pm

सधै झैँ कालीप्रसाद झोलामा केही कबिता र कथाका किताब बोकेर बाहिर निस्कदै थिए । भान्सा सफा गर्दै गरेकी अर्धांगिनीको आवाज आयो - "सून्नु भयो दशैँ आयो बाबु नानीलाई लुगा फाटो किनी दिनु पर्दैन? छिमेकीका छोराछोरीले नयाँ कपडा देखाएर खोइ तिमीहरुको नयाँ लुगा भनेर सोधी सके हामीलाई बाबाले नयाँ नाना कहिले लेराइ दिने भनेर दिन भरि मलाइ कराई रहन्छन । दशैँ मुख मै आइ सक्यो के गर्ने हो? एक्कै स्वासमा उनले प्रश्न माथि प्रश्न गरिन । ए ल ल हुन्छ म आज पनि केहि वितरकको मा भेट्न जादै छु किताब किनिदिने आस्वासन दिएका छन । केहि भयो भने भरे सल्लाह गरेर भोलि नै बजार जाउला भन्दै काली प्रसाद अफ्नो बाह्र बर्षे पुरानो साइकल बोकेर बजार तिर निस्कन्छन ।

नमस्कार साहु जी ! नमस्कार किताब वितरक अप्ठेरो मान्दै अभिवादन फर्काउद्छन । काली प्रसाद आफ्ना कृतिहरु वितरक ( पसले ) को टेबुलमा राख्दै भन्दछन हेर्नुहोस यी मेरा दुइ नयाँ सिर्जना हुन , वास्तबिक जीवनमा आधारित छन् ।मार्मिक छन, मन छुने छन । बिस गर्नुस पाठक ले निक्कै मन पराउने छन् । काली प्रसादका कुरा सुनी सके पछि वितरक भन्दछन - हो काली प्रसादजी तपाईका कुरा एकदम सहि हुन । तर हेर्नोस अब जमाना बदलि सक्यो । मानिसको इच्छा र चाहनामा पनि परिवर्तन आइसक्यो आज भोलि कसले किन्ने र पढ्ने? साहित्य? कसलाई फुर्सद टेलिभिजन र कम्पुटरबाट बाहिर निस्कन? जो साहित्य र क्षेत्रका व्यक्ति र सस्था छन तिनले नि:शुल्क पाई हाल्दछन । अनि आम नागरिकलाई प्रसस्त बिज्ञापन गरेर प्रोपोगान्डा मच्चाउन सक्यो भने '' ताई न तुइ '' को किताब पनि मैले पनि किने है भन्न को लागि पनि किन्छन । नत्र तपाइँ जस्ता नयाँ र कुनै प्रतिष्ठानका प्रमुख, संस्थाका हाकिम न भएका बिशुद्ध साहित्यकारका किर्तिलाई बिकाउन निक्कै गाह्रो हुन्छ। हेर्नोस म त्यसै पनि घाटा खाइ रहेको छु ।स्कुल कलेजको पाठ्य पुस्ताक बेचेर मात्र धानेको छु नत्र उहिले नी बन्द गरि सक्थे बुझ्नु भयो? देख्नु भो यी चाङ्गका चाङ्ग किताब? बर्षौदेखि अड्कीराखेका छन् । लौ जहिले बिक्छ बिकाएर पैसा दे भन्नु हुन्छ भने केहि दर्जन किताब राखी दिनुस । एडभान्स पैसा त म सित छैन काली प्रसाद जी ।दशैँ मुख मा आइ सक्यो । भएको पैसा जति किताब प्रकाशनमा खर्च गरियो । मलाई पैसाको निक्कै खाँचो छ ।जोरीपारीका अगाडि लज्जित हुन् पर्ने भयो साहु जी भनि गरेको दुखेसोले साहुजीलाई मन छुन सकेन र नमस्कार बिदा पाउँ भन्दै काली प्रसाद निस्कन्छन त्यहाँबाट ।

हिरालाल जी नमस्कार ! काली प्रसादले अर्का नाम चलेका प्रकासक एवम् वितरकलाई नमस्कार गरे । नमस्कार नमस्कार काली प्रसादजी तपाई समयमा नै आउनु भयो म तपाईलाई बोलाउन खबर पठाउन सोच्दै थिए । हेर्नुस दशैँ आयो पसल सफा गर्नु पर्यो भनेको न बिकेका किताब को खातका खात कृपया काली प्रसादजी गत साल को तपाइँको किताब फिर्ता लगिदिनु पर्यो म त घाटामा परेनी? एउटै किताब बिक्या होइन ! काली प्रसाद बिलखबन्दमा परे ।कसरि भनुन अब अरु किताब किनी दिनु पर्यो भनेर? हुन्छ हुन्छ हिरा लाल साहुजी म तुरुन्तै फिर्ता लैजान्छु भन्दै थप कुरा नगरी काली प्रसाद साइकल घिच्याउँदै कतै जानु पर्ने हतारो देखाउदै निस्के ।

काली प्रसाद वितरक फेला पारुँला र मुखमा आएको दशैँको गर्जो टारौला भन्ने मनोकामनाका बोकेर अर्का चिर परिचित वितरक असर्फी मानकोमा पुग्दछन । पसलमा भिड थियो । काली प्रसाद एक कुना मा कुरेर असर्फी मानको फुर्सद हेर्दछन । असर्फीमान भिड कम नहुँदै पसल बन्द गर्ने तयारिमा लाग्दछन । कुनामा उभिएका काली प्रसाद लाई देखेर नमस्कार कवि ज्यू के छ के सेवा गरौ? भनेर सोधे । काली प्रसाद उही अभाब र दुखेसो पोख्दै किताब देखाउदै भन्दछन असर्फीमानजी सहयोग गरिदिनु पर्यो भन्दै हात जोड्दछन । काली प्रसाद जी को कुरा सुनेर असर्फी मान सम्झाउने प्रयास गर्दै भन्दछन कवि ज्यूसमय त्यस्तै छ लौ हेर्नुस कथा , कविता,गीत आदि साहित्यक किताबहरुको डङ्गुर? खोइ बिक्दैन के गर्ने? जो सम्पन्न छन बरिष्ठ कहलिएका छन् उनिहरु प्रायोजक खोज्दछन , प्रचार प्रसार गर्दछन नाम चलाउँदछन । कृति बिकोस न बिकोस चिन्ता हुन्न ।हो असर्फी मानजी ठिक भन्नु भयो जो सम्पन्न छ उसको घरमा खाना फ्याकिन्छ सधै पार्टी हुन्छ । उसैलाई पार्टीमा जान भ्याई न भ्याई निम्तो आउँछ । जो गरिब छ निमुखा छ बिहान खाए बेलुका के खाऊ? बेलुका खाए बिहान के खाऊ भन्ने लाइ कसले हेर्दछ? यो त जमानाको रित हो । त्यै भन्या काली प्रसादजी आज भोलि भट्टी पसल चल्छ , कोठी चल्छ , मसाज चल्छ , जुवा घर चल्छ, डिस्को चल्छ साहित्य सिर्जना कहाँ चल्छ? को बग्ने साहित्य सरिताको बहावमा? त्यसमा पनि छाडा सस्कृति को अन्तराष्ट्रीय बजार चलेको बेलामा? दु:ख पिडा , भावुकता , संघर्षका कथा ब्यथा पढेर समय बर्बाद कसले गर्ने? माफ गर्नु होला काली प्रसादजी मैले तपाईको भावनामा चोट पुर्याउन खोजेको होइन । सत्य यहि हो हेर्नुस डङ्गुर साहित्यिक सिर्जनाहरु बिक्दै बिक्दैन । मेरो पनि ब्यबहार चलाउनु नै पर्यो ब्यबसाय मन्दी चलिराखेको छ । यस पटक म तपाईको किताब राख्न असमर्थ छु ।कालीप्रसाद को आज दिन भरिको प्रयास असफल भयो । लाम सुस्केरा हाले । अनि नमस्कार भन्दै निस्किए ।

साँझ झपक्कै भै सकेको थियो । काली प्रसाद सुस्ताउदै घर पुग्दछ । ९ र ७ बर्ष एक छोरी र एक छोराका बाबु कालीप्रसाद घर भित्र छिर्ने बित्तिकै बा बा ! बा बा ! हामी भोलि दशैँको लुगा किन्न बजार जाने रे हो? मामु ले भन्नु भएको । दिन भरको भोको पेट र थकाइले लखतरान भएका कालीप्रसादले दुवै बच्चालाई दुइ तिर काख बसाउदै भने हो बा बा हो ।भोलि हामी सबै दशैँको लुगा किन्न बजार जाने । बच्चाहरु खुसीले मुस्कुराए । काली प्रसादले पनि नक्कली हाँसो हाँसे एक छिन बच्चासित । खाना पस्किउ? गृह लक्ष्मीले सोधिन । उनले भने हुन्छ पस्क म हात मुख धुन्छु । बच्चाहरु खुसि हुदै भोली नयाँ लुगा किन्न जाने भोलि नयाँ लुगा किन्न जाने भन्दै कोठा तिर लागे ।काम भयो? गृह लक्ष्मी ले सोधिन । कपालमा औला घुसार्दै मलिन अनुहार लाउँदै काली प्रसादले इशारामा भने -छैन । कसरि चलाउने घर? किताब निकाल्न लिएको ऋण कसरि कहिले तिर्ने? कसैले न किनी दिन्छन न बेची दिन्छन ! यस्ता किताब छाप्नु भन्दा त जुवा खेल्नु जाती। जुवामा त कमसे कम कहिले काँही जितिन्छ बरु । गृह लक्ष्मीको कुरामा सहि थाप्दै काली प्रसादले भने -विश्वास गर यो मेरो आखिरी जुवा थियो साहित्य प्रेमको । साहित्य सिर्जनामा दिने समय कोदालो समात्छु । साग सब्जी उमार्छु , बालबच्चा खेलाउँछु भन्दै काली प्रसाद आँशु टप्काउँदछन । बाँकी अरु बोल्न सकेनन्.....

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।