पहिलो भेटमै एउटीले नागीन् बनी डसेपछि
सपना जस्तै हराएँ म यो शहरमा पसेपछि ।
जादु नै गर्छन् नारीहरु मैले जान्या थिइन
मान्छे भित्रै विष हुन्छ मैले ठान्या थिइन
सगर जस्ता नीला ती नयनभित्रै खसेपछि
सपना जस्तै हराएँ म यो शहरमा पसेपछि ।
मेरै छायाँ मलाई छोडि टाढा भाग्न थाल्यो
आफ्नै जन्म घर पनि पराई लाग्न थाल्यो
अदना भई गुँड छोडी अन्तै वास बसेपछि
सपना जस्तै हराएँ म यो शहरमा पसेपछि ।
रुँघा– ७, रुकुम,हाल: त्रि. वि. कीर्तिपुर