कालको मुखमा परेकोछु, थोरै तानी माग्छु ।
जीवन होइन यत्तिबेला, थोपो पानी माग्छु ।
हजार सपना गुमे पनि, बाँच्ने इच्छा भयो ।
भगवान् होइन मान्छेसंगै, झिनो आशा रह्यो ।
घाउले आकाश थामेकोछु , दया जानी माग्छु ।
जीवन होइन यत्तिबेला, थोपो पानी माग्छु ।
कालको मुखमा परेकोछु, थोरै तानी माग्छु ।
मरण जितेर हेरें, जब, धर्ती रुँदै थियो ।
निस्सार सन्सार रगतले, जीऊ धुँदै थियो ।
छरियो शरीर बस्तु-भित्र, प्राण छानी माग्छु ।
जीवन होइन यत्तिबेला, थोपो पानी माग्छु ।
कालको मुखमा परेकोछु, थोरै तानी माग्छु ।
(हैटिको भूकम्पमा भौतिक घायल मनहरुमा समर्पित)