देउरालीमा पाती चढाउँदै
पर्खि बसेँ माया तिमीलाई
कुर्दा कुर्दै दिन ढल्यो
अँधेरीमा खोजेँ तिमीलाई
देऊरालीमा पाती चढाउँदै………
आँशु बग्यो चन्द्रमाको
संझिरहेँ मायाँ तिमीलाई
अनिदोमै बित्यो रात
बिहानीमा खोजेँ तिमीलाई
देऊरालीमा पाती चढाउँदै……….
चुम्यो धर्ती बिहानीले
उषासंगै रोजेँ तिमीलाई
मध्यान्हको घाम भित्र
सुसेलीमा खोजेँ तिमीलाई
देऊरालीमा पाती चढाउँदै…………
गोपेटार, पाँचथर,हाल: दोहा, कतार