19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेसोपोटामियाको आकाश

कविता चंकी श्रेष्ठ ‘अभय’ February 26, 2010, 6:58 pm

एउटा अनन्त भयदेखि

भयसम्मको बतास गुज्रिरहेछ मेसोपोटामियाको आकाशभरि

आदिम सभ्यतादेखि अहिलेसम्म

साँझहरूसँग निर्लिप्त भएर

यद्यपि पुर्वदेखि पश्चिमसम्मको घाम

फैलिएकै छ त्यहाँ पनि दर्बिलो घाम भएर ।

प्रत्येक काला साँझहरूविरूद्ध

रातो सगरको ज्वाला दन्किरहेकै छ

किनभने त्यहाँ पनि त्यतिकै भइरहेको छ जीवनको कुरा

प्रेमका कुरा

फूल र ममताको कुरा

यद्यपि बालुवा आँधीसँग उडिरहेको कालो र्सप

फैलिएर, बिस्तारित भएर डसिरहेछ घामलाई ।

रातो सागर उठाएर छातीभरि

ती जो उभिए पर्खाल भएर

भत्किए गर्ल्यामगुर्र्लुम र मारिए

एउटा निस्पन्द बतास फैलियो स्पन्द भएर

मेसोपोटामियाको आकाशभरि

रूवाझैँ उडेर, रगतको दिनको उर्दी बोकेर ।

बालुवाको आँधी भएर

खरानीको कथा भनिरहेछ सभ्यताको आदिम देशमा एउटा हावा

नर्मिएर पानीले पनि

बोकेर हिँडिरहेछ रातो सागर ।

करुणा र मानवता

पसिना र थकाइ

आगो र तेलका कुरा

अल्भिmएका छन् निस्पन्द हावामा

यद्यपि इतिहासदेखि नै चलिरहेछ त्यहाँ

सभ्यताको खरानीमा सभ्यता खोज्ने क्रम

क्रुरताभित्र पनि सभ्यता खोज्ने क्रम

रगतको टाटाभित्र पनि सभ्यता खोज्ने क्रम ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।