19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत राकेश कार्की February 27, 2010, 8:50 pm
राकेश कार्की
राकेश कार्की

तिमी बिना नफुलेका पारिजातहरु

तिमी बिना नसुतेका हर रातहरु

कता कता छमछम पाईलाको आवाज

उजालिएर फूले खुशी अहा मुटु माँझ

डेट्-र्-वाईट रिभरको सङ्लो पानी माथि

ढल्पलिँदै बग्दै आउँछ वैँशालु आकृति

हाँस्दै रमाउँदै डुबुल्कीन्छन् ईच्छाहरु

सुखका तरंग अनि मीठा अनुभूतिहरु

प्रेम बर्सिन्छ हिउँ झैँ फुसफुस छातीमा

छुन्छ कहिले पग्लिन्छ न्यानो ओठमा

संसार भरिको सुख मेरो स्मृति लहरमा

आफ्नो मनै हराएँ डेट्-र्-वाईट रिभरमा

लस् एन्जेलस्

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।