19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल शिव आर्य February 28, 2010, 1:42 pm

पिउँदै पिउँदै चलेको छ जिन्दगी

लड्दै र उभिदै चलेको छ जिन्दगी

यो भिडमा म मर्नु, बाँच्नुको के अर्थ

तैपनि जिउदै चलेको छ जिन्दगी

खिईदै, घोटिंदै अनि चोईटिईदै

वर्खा र हिउँदै चलेको छ जिन्दगी

वेवस्ता र अपमानले फाटेको मन

सिउँदै सिउँदै चलेको छ जिन्दगी

ज्यू हजूर हस् हजूर यस्तै छ दैनिकी

सधैं निहुरिदै चलेको छ जिन्दगी ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।