19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

होलीका दुई गोली(ब्यङ्ग्य कविता)

हास्यव्यङ्ग्य नरनाथ लुइँटेल February 28, 2010, 5:49 pm

एक

छताछुल्ल पोखिएछ फागुनको रङ्ग

अङ्गभरि रङ्ग छरी के पर्नु खै दङ्ग

नेता भने उभिँदा छन् आफ्नै हुर्मत खोली

जनताको भावनामा कति खेल्छौ होली ?

दुई

हाम्रै रगत निचोरेर पिच्करीमा हाल्यौ

हाम्रै आशा आकाङ्क्षामा हिलोमैलो फाल्यौ

टुक्रा पार्दै लुछिरेछौ हाम्रो अङ्ग पोली

कैलेसम्म खेल्छौ नेता फागुनको होली ?

०६६ फागुन १६, (फागु पूर्णिमा)

कलङ्की, काठमाडौँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।