19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल पी. एस. लिम्बू "निश्चल" February 28, 2010, 6:49 pm

आकाश उघ्रेको रात गुराँसेमा भेट्न आउनू है

हृदयभरिका तृष्णा भरसक त मेट्न आउनूू है

जीवन धुन निकाल्ने म तिम्रै सारङ्गी हुँ

यसपाली त धीत् मरुञ्जेल रेट्न आउनू है

एक्लै हुँदा दुरुस्त सिसिफस लाग्छ जीवन

दुःख रूपी चट्टानसँगै घचेट्न आउनू है

शिशिरयामको नागीमा प्रतीक्षा गर्दागर्दै

कठ्यांग्रिएमा न्यानोमायाले लपेट्न आउनू है

भेट्ने वाचा गरी भेटेनौ ‘निश्चल’ लाई

विचलित भावानाहरू समेट्न आउनू है

सुनसरी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।