19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जस्ताको तस्तो

कविता पद्यमप्रसाद मैनाली March 1, 2010, 1:20 pm

कोही उड्छन् गगन विचमा कोही गुड्छन् धरामा ।

कोही रुन्छन् पथ अपथमा नाङ्गीदै यो धरोमा ।।

कोही रम्छन् महलहरुमा शानले भर्भराई ।

कोही घुम्छन् जततत कतै गाँस बास नपाई ।।

कोही खान्छन् मधुमय मिठा स्वादले छानी–छानी ।

कोही भाकै खपि नसकिने कष्टले छट्पटाई ।।

कोही लुट्छन् धन जन कतै मार्दछन् हाई! हाई !!

रुन्छिन् साझा धरती जननी आश त्यन्द्रो नपाई ।।

मेच्छे–३, काभ्रे

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।