आज तिम्लाई देखें कहिं मेरै लागि आए जस्तो
तिमी हाँस्दा यस्तो लाग्यो फूलकै थुंगा फक्रे जस्तो
स्वच्छन्द त्यो वातावरण खुशी संगै बहार बन्यो
पर बसी हेरी रहें सिनेमाको दृश्य जस्तो
उन्मुक्त भै तिमी हाँस्दा यो मन पनि हांसीरह्यो
यस्तो लाग्थ्यो चन्द्रमानै पृथ्बीमा झरे जस्तो
अङ्ग अङ्ग पोखिएर उज्यालोलाई छरे जस्तो
तिम्रो रूपको बयान गर्दै सयौं काब्य लेखे जस्तो
अंध्यारो छ अलिकति मेरो मनको भित्र कतै
तिम्ले थोरै खुशी साटे संगै बाँच्नु हुन्थ्यो हाँस्दै
नुवाकोट, हाल: बेल्जियम