17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल शिव आर्य March 5, 2010, 8:27 pm

खै गाँस, बास, कपासका कुरा

खै पूराना इतिहासका कुरा

कठै मेलाम्ची कथामात्रै बन्यो

खै यो शहरमा प्यासका कुरा

यो शहर फोहोरको शहर भो

खै स्वच्छ हावा वतासको कुरा

खाँदा, बस्दा, उठ्दा हरेक पल

यो शहरमा त्रासै-त्रासको कुरा

मान्छे भएर बाच्न रहर भो अझैं

खै खुल्ला मुक्त आकासका कुरा

खै गाँस, बास, कपासका कुरा

खै पूराना इतिहासका कुरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।