19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत हेमन्त परदेशी March 5, 2010, 12:31 pm

जति टाढा भए पनि, तिमी संगै हुन्छु म त

सपनीमा नभेट्दा नि, बिपनीमा रुन्छु म त

दु:ख पीडा जति सबै, आँशुले नै धुन्छु म त

हजार तारा बीच पनि, एउटै जून चुन्छु म त

जति टाढा भए पनि, तिमी संगै हुन्छु म त

सपनीमा नभेट्दा नि, बिपनीमा रुन्छु म त

जता ततै तिम्रै बोली, गुन्जिएको सुन्छु म त

भावनाको स्पर्शले, पागलसरी हुन्छु म त

जति टाढा भए पनि, तिमी संगै हुन्छु म त

सपनीमा नभेट्दा नि, बिपनीमा रुन्छु म त

दिन रात सम्झनामा, तिम्रै तस्बिर उन्छु म त

मायाँ जाल तिम्रो हाम्रो, माकुरा झैँ बुन्छु म त

जति टाढा भए पनि, तिमी संगै हुन्छु म त

सपनीमा नभेट्दा नि, बिपनीमा रुन्छु म त

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।