19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल तिलक "अन्जान" March 6, 2010, 7:01 pm

भेटिएन खोजेँ कति शहर जिन्दगीको,

कैले पुरा होला र खै रहर जिन्दगीको ||

मर्न पनि नपाईने बाँच्ने मन नहुँदा नि,

वाध्यताले जिउनु पर्ने कहर जिन्दगीको ||

सधैं सोक सधैं सुर्ता खायो ज्यान सन्तापले,

पाउँदिन कि सुन्न राम्रो खबर जिन्दगीको ||

जता जान खोज्छु उतै बन्द भा'छ्न बाटोहरु,

लाग्छ अचेल गन्तब्य हो बगर जिन्दगीको ||

पोख्न खोजेँ दुखेसो यो लेखेर म गजलमै,

भेटिएन लए छन्द बहर जिन्दगीको ||

'अन्जान'को भागमा आँशु दैवले नै पारेपछि,

हराई गयो हाँस्ने बोल्ने प्रहर जिन्दगीको ||

नवलपरासी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।