18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत श्रवणकुमार ढुंगाना March 9, 2010, 8:42 pm
श्रवणकुमार ढुंगाना
श्रवणकुमार ढुंगाना

तिम्रो शहरमा बस्दा आफ्नो नजरमा गिर्ने

आफ्नो नजरमा उठ्दा तिमीबाट टाढा हुने

नियतिको खेल हो या नियतै छ तिम्रो पिर्ने?

तिम्रो शहरमा बस्दा..............

तिम्रो बजारमा बिक्ने छैन म सँग केही

तिमी जे जे बेच्ने गर्छौ मेरो भन्नु बाँकी त्यही

कसरी शिखर चढूँ म आफन्तलाई धकेली?

तिम्रो शहरमा बस्दा................

काखमा लिएर रेट्ने निर्दयी छ तिम्रो खेल

जानिन मैले कस्तो, सम्बन्ध हुँदा’नि फेल

भएछु नबुझ्ने जस्तो तिम्रो त्यो जाल झेल ।

तिम्रो शहरमा बस्दा...............

आफू अगाडि बढ्दा अरुलाई पिर नपार्ने

हिडौं त्यस्तो बाटो कुनै झूटको हावा नचल्ने

आनन्दी जिन्दगानी शंका कोही नगर्ने ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।