मलाई माया गर्छ्यौ भने मनको कुरा खोली देऊ |
तिम्लाई माया गर्छु भनि सबको सामु बोली देऊ ||
मेरो माया लाग्छ भने एकान्तमा न बोलाऊ |
सबको सामु कुरा गर मनको कुरा खोल आऊ ||
तिम्रो मनको चाहाना त्यो लुकाएर मलाई न देऊ |
सबले देखुन त्यस्तो माया कुरा काट्ने ठाउँ न देऊ ||
मेरो खातिर त्यति गर मलाई माया गर्छ्यौ भने |
कसको डर मान्नु छ र चोखो माया लाउंछौ भने ||
मैले हाँस्दा तिमी हाँसे मैले रुंदा तिम्लाई दुखे |
बाचा कसम केहि चाहिदैन जुनी जुनी साथ दिए ||
नुवाकोट, हाल: बेल्जियम