मायाँ भन्ने कस्तो कस्तो, न महँगो नत सस्तो ।
कहिलेकाहीँ त लाग्छ यस्तो, मात्रै भ्रम हो कि जस्तो ।।
मायाँमा नै बाँच्छन् मान्छे, मायाँमा नै मरिदिन्छन् ।
कतै हाँसो मुरी मुरी, कतै आँशु झरिदिन्छन् ।
मायाँ भन्ने कस्तो कस्तो, न महँगो नत सस्तो ।
कहिलेकाहीँ त लाग्छ यस्तो, हार न जीतको खेल जस्तो ।।
फूल सम्झे फूल हुन्छ, नत्र काँडा बन्छ मायाँ ।
जति टाढा बन्दै जान्छ, उति गाढा बन्छ मायाँ ।
मायाँ भन्ने कस्तो कस्तो, न महँगो नत सस्तो ।
कहिलेकाहीँ त लाग्छ यस्तो, स्वप्निल संसार हो कि जस्तो ।।
कहिले सागर जस्तै बग्छ, कहिले बाँध बन्छ मायाँ ।
कहिले जूनि-भरको हुन्छ, कहिले त्याग बन्छ मायाँ ।
मायाँ भन्ने कस्तो कस्तो, न महँगो नत सस्तो ।
कहिलेकाहीँ त लाग्छ यस्तो, जिन्दगी नै हो कि जस्तो