17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत दिलिप योन्जन March 16, 2010, 4:05 pm

म त ढुंगा भए तिम्लाई, तिमी देउता भई जिउनु

जिउदै मलाइ आगो लगाई, नाठो संग आगो ताप्नु !

देवी देउता झुटो भयो, दुई दिन बिछोड हुँदा

जानी बुझी छुरी हानी, तिमी बिना मर्छु भन्दा !

माया पनि सस्तो महँगो, फलाम भए सुन पाउँदा

फूल सरी सजाउँछु भन्थी, काँडा भए तिन्लाई छुँदा !

तिमी जीवन तिमी साहारा, मायाको नि खेल कस्तो

खुसी पाए दुखी भुल्ने, बाचा बन्धन कति सस्तो !

अस्टिन, अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।