तिमी टाढा हुँदा,म कसरी बाँचुला
टाढा नजाऊ मार,बरु मृत्यु सहुँला ।
तिमीलाई मैले, आफ्नै मुटु मानिसकेँ
जीवनसाथी,तिमीलाई नै ठानिसकेँ
तिमी पराई हुँदा,म कसरी बाँचुला
पराई नहोऊ मार, बरु मृत्यु सहुँला ।
तागत छैन ममा,पराई भाको हेर्ने
ईच्छा मेरो एउटै,तिम्रो सिउँदो भर्ने
दुःखसुख बाडी,हामी सँगै बाँचुला
छाडी नजाऊ मार, बरु मृत्यु सहुँला ।
भीमस्थान–५,सिन्धुली,हाल: यू.ए.ई.