19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'अक्षर, खुर्पा र खुकुरी' कवितासङ्ग्रहलाई हेर्दा

कृति/समीक्षा कमला रिसाल "ज्योति" March 26, 2010, 3:24 pm

केही दशक यतादेखि नेपाली साहित्यमा कविता लेखनको बाढी नै आएको देखिन्छ । कविहरू पनि नेपालको जनसंख्याकझैँ दिन दुई गुना राता चौगुनाका दरले बढिरहेका छन् । यसैको परिणामस्वरुप नेपाली साहित्यको मण्डार निलगिरिझैँ चुलिएको छ । कविता विधामा झुल्किने कविहरूको भिडभाडमा कवि मणिराज सिंह पनि पर्दछन् । नेपाली साहित्यमा किशोरावस्थादेखि नै कलम चलाउन थालेका कवि मणिराज सिंह २०६५ सालमा ुअक्षर, खुर्पा र खुकुरीु कवितासङ्ग्रह लिएर उदाएका छन् । बैङकिङ्ग क्षेत्रमा कार्यरत भएर पनि नेपाली भाषा सात्यिलाई अति नै माया गर्छन् र एउटी ममतामयी आमालेझैँ सुम्सुम्याउँछन् कवि मणिराज सिंह । यसरी अङ्कुराएर मात्र बसेको कवि मणिराज सिंहको कविताले 'अक्षर, खुर्पा र खुकुरी' को विमोचन पछि मात्र हुर्कने, बढ्ने र झाङ्गिने मौका पायो ।

सरल, शान्त र मृदुभाषी सिंह नेपाली काव्य जगत्का मणि नै हुन् । आधुनिक कवि गोपालप्रसाद रिमालबाट सुरुवात भएको गद्य कविताको जगमा एउटा इँटा थप्ने काम 'अक्षर, खुर्पा र खुकुरी' कवितासङ्ग्रह भएको छ । यस कृतिमा विगत डेढ दशकदेखिका प्रकाशित र अप्रकाशित गरी ५७ वटा कविताहरू सङ्कलित छन् । अध्ययन तथा जागिरको सिलसिलामा नेपालका विभिन्न भूभागहरूको भ्रमण गरी त्यहाँको रहन– सहन, रीतिरिवाज, सामाजिक, विकृति, विसंगति, अन्याय, अत्याचार, दमन, शोषण तथा प्राकृतिक सुन्दरताको चित्र दर्पणलेझैँ छलङ्र्ग पारेका छन् । कविले ुअक्षर, खुर्पा र खुकुरीु कविता पनि माहिलो, साहिलो सबैलाई पछारेर अघि बढन लायकको देखिन्छ । जसले गर्दा कविता यात्राको शिखर चुम्न सफल छ प्रस्तुत सङ्ग्रह ।

विषयवस्तुगत दृष्टिले यो सङ्ग्रह नेपालको सप्तकोशी नदीझैँ विशाल छ । जसरी सप्तकोशी नदी सातवटा स्वच्छ, पवित्र र ठूला नदीहरूको मिलनबाट बनेको छ । त्यसैगरी ुअक्षर, खुर्पा र खुकुरीु पनि मायाप्रेम, मिलन, विछोड, विकृति, विसंगति, सामाजिक कुरीति राजनीति, राष्ट्रप्रेम, संस्कृति,जस्ता भावना वा विषयवस्तु छरिएको ढुकुटी हो । यहाँ फरक फरक विषयका भिन्न भिन्न स्वाद आस्वादान गर्न पाइन्छ । विषयवस्तुगत विविधताले धनी यस कवितासङ्ग्रहमा निम्नानुसार विषयवस्तुको प्रयोग भएको पाइनछ ।

१) माया प्रेमका कविता:– माया–प्रेमविना सृष्टि चल्न सक्दैन । महिला र पुरुष एकै रथका दुई पाङ्ग्रा भएको कारण यो सृष्टि चलेको छ । आखिरी माया मानवतालाई मात्र नभएर मानवेतर प्राणीहरूलाई आवश्यक पर्दछ । सृष्टिलाई निरन्तरता दिन मात्र नभएर शान्ति, सुरक्षा र अमनचयनका लागि पनि माया अत्यावश्यक छ । मायामा मिलन र विछोड हुन्छ । मणिराज सिंहका कवितामा संयोग र वियोग दुवै भाव छताछुल्ल पोखिएको पाइन्छ ।

पूmलको सुवासले छेक्न सकेन

तिम्रो हाम्रो वैंशको भेल ।

क्याक्टसको काँडाले घोच्न सकेन

तिम्रो हाम्रो प्रितको खेल

मैले सारा संसार नै भुलँ, पृ. ३५ ।

अनुहारमा जूनझैँ रङ्गहरू पोतेर

प्रेमको पागलपनमा तिमी नुहाएको दिन

जन्मोत्सवसरि उल्लासित थिएँ म

सम्झना, पृ. ७८ ।

माथिका हरफहरूमा कविले मायाप्रेमका मिलनका क्षणको सजीव चित्र उतारेको पाइन्छ । भनिन्छ साँचो मायालाई कालले पनि खोस्न सक्दैन । यी हरफहरूमा पनि मायालुको मायालाई केहीले पनि छेक्न नसक्ने भाव व्यक्त गरिएको पाइन्छ । त्यसैगरी कतै वियोग भाव पनि छरिएका छन्:

खोई के भो कुन्नि ?

अचेल उनको यादले

निकै सताएको छ कसको आँखा लाग्यो कुन्नि ?

उनी नआएको धेरै भएको छ ।

उनको यादमा, पृ. ७९ ।

२) समाजिक व्यङ्ग्य कविता :– साहित्य समाजको दर्पण हो । त्यसैले साहित्यमा समाजको यथार्थ चित्र खिच्न सक्नुपर्छ । कवि मणिराज सिंहले आफ्ना कविताहरूमा नेपाली समाजलाई टपक्कै टिपेर राखेका छन् । हाम्रो समाजमा विद्यमान अन्याय, अत्याचार, दमन, शोषण, कुरीति, कुसंस्कृति यस कविता सङ्ग्रहमा छर्पष्ट छन् ।

वर्षामा उम्रेका च्याउझँै

सर्वत्र गीत गाइरहेका छन्

रातदिन ट्वारट्वार कराइरहेका छन्

भ्यागुताहरू हो

समाजले बिर्सन चाहेको राग अलापेर

नयाँ युग हाँकेको ढोंग नरच

रन्थिनिदै उन्मादमा बहुलाएर

क्रोधले आँखा नदेखेर

धोक्रो फुलाएर अट्हास नगर

भ्यागुताहरू ज्यान जोगाई भाग्ने छन् पृ. ४३ ।

हुरीको एक झोक्कासँग

छारो पस्यो आँखाभित्र

र विझायो गहभरि

गलाभरि, मनभरि, मुटुभरि

आत्मीयता, पृ. ८

गाउँको दोबाटोमा

वरको एउटा रूख छ

गर्मीको मौसममा

शीतल छहारीमा उसको

हामी आराम गर्छौ

साथी–सगीहरू मिलेर

खूब वात गर्छौ ।

वरको रूख पृ. ५ ।

मथिका कविताहरूमा कवि सिंहले कुनै न कुनै रुपमा समाजको विकृति–विसंगतिलाई समेटेका छन् ।

३) देश भक्तिका कविता :– आपूm जन्मेको ठाउँ र देशलाई प्राणभन्दा प्यारो ठान्ने कवि मणिराज सिंहका कविताहरूमा देश भक्तिको स्वर गुञ्जिएको पाइन्छ । देशमा गणतन्त्र आए पनि, प्रजातन्त्र आए पनि कुनै तन्त्रले पनि देशमा शान्ति ल्याउन नसकेको गुनासो कविले गरेका छन् ।

हाम्रो स्वाभिमानको झण्डा उचालेर

स्वतन्त्रताको आकांक्षा च्यापेर

फेरि धर्मभक्त र शुक्रराजहरू

गल्ली–गल्लीमा आउने छन् ।

आस्था रोपेर सगरमाथामा

आस्था रोपेर सगरमाथामा पृ. ९ ।

कम्मर कसौँ पराजित गर्न कालरात्रिलाई

जागौँ, उठौं र रक्षा गरौं आत्मस्वाभिमानको

जागौँ साथी अब जागौँ ।

जागौँ साथी अब जागौँ, पृ. ४२ ।

शान्ति भताभुङ्ग भएर

भ्रान्ति सलबलाएर

सौहार्द र सद्भाव खलबलिएको छ

स्वार्थ गन्हाएर

व्यभिचार र अन्याय हलक्क बढेको छ

त्यसैले मेरो देश अचेल

कुरुक्षेत्र भएको छ ।

देशको गति पृ. ५५ ।

यसरी कवि मणिराज सिंहले आफ्ना कविताहरू मार्फत सबैलाई हातमा हात, काँधमा काँध मिलाएर अघि बढ्नका लागि जागरुक तुल्याएका छन् । यसको उदाहरणका लागि माथिका कविताहरू आफै बोलेका छन् ।

४) राजनीतिक व्यङ्ग्य कविता :– नेपाल आज अल्पविकसित राष्ट्रमा गनिनुको मूल कारण देशको राजनीतिक अवस्था हो । देशको शासक भनाउँदाहरूलाई खालि कुर्सी र भेटीको मात्र मोह छ देशको कुनै चिन्ता छैन । त्यसैले कविले यस कवितामा देशका राजनेता भनाउँदाहरूलाई अन्धाको संज्ञा दिएका छन् ।

.......गाँस, बास र कपासको हाम्रो आस्था

ठेकेदारी प्रवृतिको कुचक्रमा फसाइन्छ भने

जनताका मर्म बोल्नेहरूलाई

प्रताडित गरेर हामफाल्न वाध्य परिन्छ भने

घुम्ने मेचमा बस्ने अन्धाहरू हो सुन पृ. ५ ।

तिम्रो आडम्बर र नाटक देखेर

विचरा बबुराहरू लठ्ठ पर्थे

सहर बजार सबैतिर

जयजयकारको ध्वनि भेटायौं

पूmलमालाले लादिएर पृथ्वीपतिझैँ नाक फुलायौ

आफ्नै तालमा मस्त भई

लाखे नाच पनि हे¥यौ ......।

आज तिम्रो अस्तित्व कहाँ हरायो ? पृ. ४६ ।

५) प्रकृतिपरक कविता

प्रकृतिदेखि टाढा रहन नसक्ने कवि मणिराज सिंहले आफ्ना कविताहरूमा प्रकृतिको सजीव चित्र उतारेका छन् । अर्थात् सिंहका कवितामा प्रकृति आफैँ बोलेकी छिन् :

डुब्ने मन थियो मेरो पनि

आडम्बरहीन तिम्रो सौन्दर्यमा

पूmलझै कोमल प्रकृतिमा

सुकुमारी डाँडाकाँडाहरूमा

प्रेयसीझैँ न्यानो कामुकतामा

कसरी, पृ. ६७ ।

संगीतझैँ निर्मल आकर्षण तिम्रो

मृगझैँ चञ्चल सरलता तिम्रो

अन्त्यहीन मादक हरियाली

र स्वार्थहीन कोमल समर्पणमा

कसरी, पृ. ६७ ।

६) विविध:– कवि मणिराजजीका कविताहरूमा माथि उल्लेखित भाव बाहेक अन्य विविध भाव पनि छताछुल्ल पोखिएका छन् । कतै आशा कतै निराशा पाइन्छ भने कतै समसामयिक विषयवस्तुको पनि प्रयोग भेटिन्छ । समाजको चौतर्फी विकास चाहने कविमा अरुमा भन्दा फरक विचार प्रकट हुँदा फरक विषयवस्तु पनि समेटिएका छन् । उनी सबैले मन पराउने पूmललाई छाडेर काँडालाई मन पराउँछन् ।

बगैंचामा फुल्ने सुन्दर फुल होइन

मरुभूमिमा पनि गम्कने काँडा मन पर्छ ।

पूmलमा सुवास हुन्छ, सौन्दर्यको मात हुन्छ

भवँराहरू लोभ्याउने मायाको राप हुन्छ ।

मलाई काँडा मन पर्छ, पृ. २९ ।

'अक्षर, खुर्पा र खुकुरी' कवितासङ्ग्रह विषयवस्तुगत आधारमा ज्यादै धनी छ । एउटै कृतिबाट फरक फरक स्वाद चाख्न पाइन्छ । भिन्न भिन्न रङ्ग घोलिएकोले सप्तरङ्गी इन्द्रेणीको रङ्ग यसै सङ्ग्रहमा भेटाउन सकिन्छ । यसरी विषय प्रयोगमा कवि मणिराज सिंह निकै सचेत भएकोले कविता भावगत आधारमा निकै बलिया छन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।