19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रङ्गीन सपनाहरू, समय र देश

कविता भावना सापकोटा March 27, 2010, 7:27 am

देश–

समयको आँगनमा पल्टेर

रङ्गीन सपनाहरू उङ्दै गर्दा

भुन्टेका बाबाहरू

तावामा रोटी पोल्दै थिए–पेट भर्न

कालेकी आमाहरू

आगो ताप्दै सेकाइरहेथे

हातका पञ्जाहरू–

खुट्टाका पाइतालाहरू–

र कहिले ओभाउन नसकेको मन

पहिरो खस्दै गरेको भित्ताझै“

अनुहारमा

जूनको उज्यालो टल्किँदा

लाग्थ्यो–

उसकै अनुहारमा मूल फुट्दै छ–खुसी

पिठ्यु“मा जिन्दगीको ठूलै भारी बोकेर

उकाली ओराली गरिराखेका

मनमायाहरू–

बिसाउन चाहन्थे

पीडाको पहाड चौतारीमा

थोत्रिएको समय लेख्दै

बूढो भएको कवि

नया“ युग कोर्न चाहन्थ्यो,

उसका प्रत्येक कवितामा

हजुरबा/हजुरआमाले

आफ्नो

नाति/नातिनी

।।।।।।।।।।।/।।।।।।।।।।।।

।।।।।।।।।।/।।।।।।।।।।।।।

हेरेर मर्न चाहेझै“

चित्रकार–क्यानभासमा

जीवनका रङैरङहरू

भर्न चाहन्थ्यो

मूर्तिकार–

सबैभन्दा साहसीको

मूर्ति कु“द्न लालयित थियो

सबै सुरहरू मिलाएर

बिछट्टै राम्रो धुन

निकाल्न चाहन्थ्यो सङ्गीतकार

इन्द्रेणीझै“ राम्रा सपनाहरू

देशको कोण प्रतिकोणबाट

खिचिएका तस्बिरहरू–

जीवनका फूलझै“ सुन्दर पाटाहरू

उत्खनन् गर्न चाहिरहेथ्यो

सङ्गीन घडीहरूमा उभिएर समय

सानो बालक–

कागजमा एउटा सुन्दर चित्र कोर्दै थियो

मानौ“ त्यो उसकै स–चित्र भविष्य हो

हामी पनि कामना गरिरहेथ्यौ“

देशका हर सपनाहरू विपना होऊन्

छतिवन –८,पावस

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।