17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बिष्णु नन्द चाम्लिङ्ग March 27, 2010, 8:56 pm

जूनताराले गिज्याउँछ अनि पिउन थाल्छु

सपनीले जिस्क्याउँछ अनि पिउन थाल्छु

घुम बुने, छाता किने घामपानीमा छैन

पसिनाले रुझाउँछ अनि पिउन थाल्छु

आजभोलि किन होला अँध्यारो मनपर्छ

उज्यालो आउँछ अनि पिउन थाल्छु

शुद्ध खानेकुरा अचेल पाउँन गाह्रो भयो

पानी पनि गन्हाउँछ अनि पिउन थाल्छु

इन्द्रेणिपोखरि ३, खोटांग, हाल: हंगकंग

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।