घरको चुल्हा चौका छाडेर बिस्तारै बाहिर निस्कन पाई । यो नै लोकतन्त्रको मिठो फल थियो ।
महिला शसक्तिकरण, नारी समानता, लैङ्गीक विभेद जस्ता चल्तीका शब्दले आकर्षण गर्न थाल्यो उनलाई । महिलाका लागि गरिने तर पुरुष आयोजक हुने यस्ता कार्यक्रमले राम्रो ज्ञान दियो । नागबेली चुल्ठो अहिले ब्वाइज कट केशमा परिणत भयो कुर्कुच्चा छोप्ने सारीको ठाउँ जीन्स पाइन्टले लियो– त्यसैको प्रतिफल हो भन्छन् उनलाई जान्नेहरु ।
महिला तथा पुरुषको कार्यक्रममा सरावरी देखिने उनी आजकल महिलाको कार्यक्रममा मात्र उपस्थित हुन थालिन । दुईचार जना महिला अघिपछि लिएर हिँड्नु उनको शोख हो भन्छन् उनका साथीहरु ।
धेरैले उनलाई फेमनिष्ट भन्ने गर्दछन् । तर उनलाई राम्ररी जान्ने सिमित महिलाहरु भन्दछन् आजकल उनको पुरुष अंग बढि सक्रिय छ ।