14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

गीत

गीत विक्रम तिमिल्सिना March 30, 2010, 2:30 pm

बिर्स सबै बिर्सिदेउ, सम्झनाले के दिन्छ र !

टुट्छ अटुट नाता भने बाँकी नै पो के हुन्छ र !

तिमीलाई गर्मी हुँदा चलाएका बतासहरु,

तिर्खाएकी बेला मैले मेटाएका ती प्यासहरु,

बिर्स सबै बिर्सिदेउ, सम्झनाले के दिन्छ र !

टुट्छ अटुट नाता भने बाँकी नै पो के हुन्छ र !

थकाउँदा सुस्ताउने शीतल तिम्रो छाती भन्थ्यौ,

तिमी पाए सुन भन्दा पितल धेरै माथि भन्थ्यौ,

बिर्स सबै बिर्सिदेउ, सम्झनाले के दिन्छ र !

टुट्छ अटुट नाता भने बाँकी नै पो के हुन्छ र !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।