14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

सम्झनाको तरेलीमा घान्द्रुक यात्रा

नियात्रा डा. सुमन राज ताम्रकार April 3, 2010, 8:55 am

२०६६ साल मेरो लागि यात्रामय भयो । सोलुखम्बुबाट थालेको यात्रा प्रसङ्ग हेटौंडा, सुर्खेत, नेपालगंज, धादिङ, हुम्ला हुँदै यो सालको उत्तराद्र्धमा आएर घान्द्रुक सम्म पुगियो ।

धेरै नामक चलेको ठाउँ बारे रचना गर्न गाह्रो हुने रहेछ । पोहोर सालको पोखरा यात्राको पनि त्यस्तै गाह्रो लागेर अभैm पनि खेस्रालाई साफी गर्न सकेको छैन । तर अहिले चाहीँ त्यहाँबाट फर्किना साथै घान्द्रुक यात्राबारे लिपिबद्ध गर्दैछु । घान्द्रुकको अर्थ सोधियो रैथाने सँग । हाना भन्ने राजाहरुको ‘दु्रक’ अथवा बसोबास भएको हुनाले अपभ्रंश भएर घान्द्रुक नाम रहेको रे । पारीपट्टि लान्द्रुक (नाम लिन अप्ठेरो लाग्ने) गाउँ रहेछ ।

घान्द्रुकबारे यस अघि थुप्रै कविता, कथा, यात्रा, चित्र, व्यङ्ग्य आदि ईत्यादि लेखेर थुप्रै मसी सक्याइसकेहोला । थुप्रै कापी कागज सिध्याइ सके होला । भविष्यमा पनि अभैm कति यस्तै कृत्य होलान् । र म पनि अहिले यो धृष्टता गर्दैछु । बरु कसैले घान्द्रुकबारे सम्पूर्ण लेख रचना संकलन गरेर एकत्रित पारेर पुस्तककार दिए कस्तो राम्रो हुन्थ्यो होला ।

घोडेपानी, पुनहिल, जोमसोम, मुक्तिनाथ र अन्नपूर्ण आधार शिविरका लागि एक प्रवेशमार्ग रहेछ – घान्द्रुक । पहाडै राताम्य पारेर फुल्ने लालीगुराँसको लागि प्रख्यात रहेछ – घान्द्रुक । मोदीखोलाको शिरमा रहेछ – घान्द्रुक । माछापुच्छ्रे तथा अन्नपूर्णको काखमा रहेछ – घान्द्रुक । यी र यस्तै थुप्रै छ घान्द्रुकलाई चिनाउने माध्यम । एक ताका पोखरा नजिकैको फेदी, नाउडाँडा, लुम्ले, काँडेबाट नै लेप्mटराईट गर्नुपथ्र्यो रे यहाँ पुग्न । तर अहिले झण्डै झण्डै विरेठाँटी सम्म गाडी पुगिसक्यो । केही समयमा घान्द्रुकमा नै गाडी पुग्न बेर छैन । यदि घान्द्रुकमा गाडी पुग्यो भने पहिले पहिले जस्तो घान्द्रुक यात्राको चार्म हुने छैन । यस्तै भयो भने घान्द्रुकले पनि धनकुटा, हिले, राजविराजकै नियति भोग्नुपर्ने छ चेतना भया !

घान्द्रुकमा भएको बालसाहित्य सम्मेलनमा सहभागी हुन फागुनको तेस्रो साता काठमाण्डौबाट रिजर्भ गरिएका टुरिस्टबसमा पोखरा हानियो । बाटोमा पर्ने मनकामनामा पनि जाने योजना थियो तर शनिवार परेका कारण दर्शनार्थीहरुको लाईन मनकामनाको बेस स्टेशनको मूलगेटसम्मै पुगेका कारण टाढैबाट नमस्कार गर्नुको विकल्प रहेन ।

साँझपख पोखरा पुगियो । २०३५ सालमा गठित पोखरेली युवा साँस्कृतिक परिवारका सरुभक्त, तीर्थ श्रेष्ठ लगायतका स्वनामधन्य स्रष्टाहरुले हृदय खोली स्वागत गर्नुभयो । यस सम्मेलनमा हिँडेका स्रष्टाहरुको जमात देखेर पोखरामा स्वागत गर्न बसेका सरुभक्तले भन्नुभयो ‘तपाईंहरुको यो आगमनले काठमाण्डौमा स्रष्टाहरुको रिक्तता भयो होला ।’

हुन पनि हो बालसाहित्य त त्यहाँ उपस्थित सबैको एउटा थप रङ्गीन प्वाँख हो । किनकि सहभागी सबैजसोको आ–आप्mनो पृथक खुबिलिटी थियो । त्यहाँ मुन्द्रे जस्तै एसएलसी पास देखि पिएचडी सम्मका, साधारण शिक्षक देखि प्रोफेसर (कतिपय त रिटायर्ड पनि) सम्मका, कतिपय भाषाशास्त्री, भूगोलवेत्ता, वाणिज्यशास्त्री, साहित्यिक पत्रकार थिए भने साहित्यकै अर्को पक्षबाट हेर्ने हो भने कवि, आख्यानकार, नाटककार, गजलकार, गायक, सङ्गीतकार, व्यङ्ग्यकार, समालोचक सब उपस्थित थिए । जे भए पनि सबका सब पिएचडी डाक्टर भएको ठाउँमा हलुवामा बालुवा भने भैंm म मात्र मेडिकल डाक्टर थिएँ । कतिले त पत्याएनन् पनि ।

संयोग नै भनौं पोखरामा बास बस्दा रुम पार्टनरका रुपमा प्रसिद्ध भूगोलवेत्ता तथा व्यङयकार रामकुमार पाँडेलाई पाउँदा मलाई औधी खुशी लाग्यो । मलाई साहित्यमा मन पर्ने विधाहरु मध्ये हाँस्यव्यङ्ग्य पनि एक हो । उहाँ पनि कामना गाईजात्रा अंकका नियमित व्यङ्ग्यकार भए पनि हुन् प्रत्यक्ष भेटघाट भने भएको थिएन । र, आज सँगै बस्ने मौका पाइयो ।

अर्को दिन बिहानै राष्ट्रिय सूचना आगोगका अध्यक्ष विनय प्रसाद कसजू सँगै पोखरा, हेम्जा हुँदै पुगियो नयाँपुल । जहाँबाट अब हिँड्नुको अर्को विकल्प छैन । विरेठाँटीमा बिहानको खाना खान बस्दा साहित्यकार तथा राजनीतिज्ञ प्रदीप नेपाल आप्mना सहकर्मी पोखराका कवि कलाकार तथा प्राज्ञ रमेश श्रेष्ठसँग टुप्लुकिए ।

त्यसो त मोदी खोलाको सतह देखि बिस्तारै बिस्तारै उकालो गर्दागर्दै १९६० मिटरको उचाईमा रहेछ – घान्द्रुक । तर यो पटकको जस्तो सहयात्री पाएँ भने त्यस्तो यात्रा त क्यै न क्यै हुने रहेछ । डा. अभि सुवेदी, डा. चुडामणी बन्धु, शारदा शर्मा, डा. महादेव अवस्थी, डा. राम कुमार पाँडे, विनय प्रसाद कसजू, रामबाबु सुवेदी, कन्हैया नासननी एक से एक महापुरुषहरु र महाविदुषीहरु थिए ।

यस्तै अरु सहभागीहरु थिए – युवराज नयाँघरे (यसपटकको मदनपुरस्कार विजेता), नयनराज पाण्डे, डा. सुषमा आचार्य, धीरकुमार श्रेष्ठ, डा. रामप्रसाद ज्ञवाली, डा. तेजप्रकाश श्रेष्ठ, राजेन्द्र शलभ, ललिता दोषी, सुशिला प्रधानाङ्ग, यशु श्रेष्ठ, डा. शैलेन्दुप्रकाश नेपाल, प्रमोद प्रधान, नवराज सिलवाल, आर्टिष्टहरुमा के के कर्माचार्य, युवक श्रेष्ठ, रमेश श्रेष्ठ, प्रदीप बम्जन, साहित्यिक पत्रकारहरुमा जयदेव भट्टराई, टङ्क उप्रेती, अनन्त वाग्ले, छविरमण सिलवाल लगायतका थिए । सोही सम्मेलनका लागि अमेरिकाबाट लिन्डा भेल्ज र कोरियाबाट थुप्रै बालसाहित्यकारहरु सँगै आएका थिए ।

उहाँहरुसँग सहयात्रा गर्दा लाग्यो भगवान् बुद्धका पछि लागेका भिक्षु, गुरुमाहरुलाई, रजनीशको सेक्स से समाधी तक भनि पछि लागेका शिष्यहरुलाई, साईबाबा र रामदेवका पछि लागेका भक्तहरुलाई जस्तै मलाई पनि अथाह आनन्द प्राप्ती भयो । नेपाली साहित्य क्षेत्रमा ती सहभागीहरु, अतिथिहरुको स्थान, नाम, काम र उहाँहरुको उचाई देख्दा मलाई त एक किसिमको ईष्र्या पो लाग्यो । साहित्य र बालसाहित्यमा अझ केही गरौं भन्ने ईच्छा राखेका म जस्तो मनुवालाई तिनीहरुसँगको केही दिनको बसाई खवाईले झन् बढी प्यासी, भोको पो बनाईदियो ।

नेपाल बालसाहित्य समाजको २० औं सम्मेलनमा आजीवन सदस्यका रुपमा सहभागी हुँदाको घान्द्रुक यात्राको प्रसङ्ग हुन् यी सबै । बाटोमा थुप्रै हँसी मजाक भयो । सहभागीले देखे, भोगेका, छामेका, छामिएका अनुभवहरु कम्ताको शिक्षाप्रद थिएन । मानौं लाग्छ विश्वविद्यालय सँगसँगै नै हिँडिरहेको छु । बाटोमा नानाथरीका मान्छेहरु भेटिए । दलित र पिछडिएका जातिकाले पनि म फलानो जातको, म यो ईलम गरिरहेको छु भन्ने स्वतःस्पूmर्त उत्तर र तिनर्ले बनाएको खानेकुरा माथ्लो जातिकाले बिना हिच्किचाहट ग्रहण गरिरहेको दृश्य देख्दा जातियताको हिसाबले संघियतामा जान लागेको र जाति विशेष भड्काउन लागेको नयाँ नेपाल र अधिकारका लागि संविधानमै लेख्नुपर्ने रहेछ भन्ने कुरा व्यर्थै लाग्यो । बिना संकोच दलितको पसलमा उप्पलो जातकाले चियापान गर्ने वातावरण बनिसकेको देशमा फेरि उचनिच, जातियताका लागि जे पनि संविधानमा लेख्नुपर्ने ? लेखेर मात्र व्यवहारमा आउने भए २०२१ सालमा बनाएको मुलुकी ऐनमा उल्लेखित कति कुरा कालान्तर सम्म कार्यान्वयनमा आए त ?

यो पाटोलाई यहिँ छाडेर । यो कुम्भमेला बारे थप चर्चा गरौं । यहाँ थुप्रै पुस्तकहरु विमोचित भए । कतिपय बालसाहित्यकार एवं आर्टिष्टहरु पुरस्कृत भए । बालबालिकाहरुको हितमा कैयौं कार्यपत्रहरु प्रस्तुत भए । त्यसमाथि थप बहस भए । यहि सम्मेलन काठमाण्डौमा भएको भए यति सफल र सहभागितात्मक हुने थिएन । काठमाण्डौमा भए आप्mनो पेपर प्रस्तुत गर्न आउने र गर्ना साथ टाप कसिसक्थे । हुन पनि यो सम्मेलनमा सहभागी हुनलाई सुरुमै शारीरिक एवं मानसिक हिसाबले कमिटमेन्ट जाहेर गर्न आवश्यक थियो । त्यसैले पनि कतिपय बालसाहित्य स्रष्टाको अझ उपस्थिति थिएन त्यहाँ । तर उपस्थित भएकाबाट पूर्ण सहभागिता पाइयो । हामी सबै प्रतिबद्ध थियौं नै । तर यस्तै प्रतिबद्धता ६०१ जना सभासद्हरुले देखाएको भए उहिल्यै संविधान जारी भैसक्थ्यो कि जस्तो लाग्छ ।

त्यही सम्मेलनका क्रममा नेपाल प्रकृति संरक्षण कोषका संयोजक चन्द्र गुरुङ्ग भेटिए । पुरानो घान्दु्रक गाउँ अर्थात् ठेट गुरुङ्ग बस्ती हेर्न गइयो । प्रायसः गुरुङ जाति रहेको घान्द्रुक गाउँ करीब पाँच सय वर्ष पुरानो मानिन्छ । सहलेखनमा भाग लिइयो । घान्द्रुक नजिकैको हुँडु गाउँ स्थित श्रीमाई प्रा वि को कक्षा ५ मा अध्ययनरत सुमन क्षेत्रीले कोरेको चित्रमा आधारित ‘हुँडु गाउँकी रेणुका मिस’ शिर्षकको वातावरण सम्बन्धी बालकथा लेखें । एक साँझ प्रदीप नेपालको उपस्थितिमा स्थानीय होटल व्यवसायी किसम गुरुङ्गबाट अर्गानिक चियाको चुस्की सँगै उहाँको विशाल आतिथ्यता पनि मनन गरियो ।

म अहिले घान्द्रुकको होटल अन्नपूर्णको माथिल्लो कोठामा छु । पल्टेरै अर्थात् छातीमा तकिया अडेस लाएर घान्दु्रकको नियात्राको खेस्रा उतार्दैछु । कृपया हल्ला नगर्नु होला, सँगै मेरो कोठाको पाटर्नर डा. महादेव अवस्थी अहिले लम्पसार परिराख्नुभा’छ । पोखराबाट भन्दा यहाँबाट चाहिँ नाम अनुसारको माछापुच्छ्रे आकार देखिने रहेछ ।

एकछिन है माछापुच्छ्रेको चुचुरोमा भर्खरको सुर्योदयको किरणले लाली थप्न लागेको छ, मलाई यो दृश्य क्यामरामा कैद गर्न मन लाग्यो । म कौसी तिर जाँदैछु । एकछिन क्लिक ब्रेक (फोटो क्लिक गर्नलाई लिएको छुट्टी) क्या ? बल्ल म फर्किएँ कौसीबाट । थरीथरीका थुप्रै दृश्य कैद गरेनीँ, ८.२ मेगापिक्सेलको मेरो सामसुङ डिजिटल क्यामरामा । साहित्यमा रुची भएका कारण घान्द्रुक यात्रा गरेको भए पनि आप्mनो चिकित्सा पेशा पनि उपयोग गरियो नि । सम्मेलनमा सहभागी कसैलाई सन्चो भएन कि म आप्mनो सीप उपयोग गरिहाल्थें । अरु पनि थुप्रै प्रसङ्गहरु छन् यो यात्राको तर अहिलेलाई यति मात्रै । ईतिश्री

पनौती

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।