14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

गोरखनाथ बाजे सकुशल रहेछन् ... !

नियात्रा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल April 4, 2010, 11:01 am
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

म भ्रमणप्रिय मान्छे तर काठमाडौंको अस्तव्यस्तताले भन्नेबित्तिकै बाहिर निस्कन पाइँदैन । मौका मिलेका बेला म धेरैतिर डुलेको छु । कतैकतै त एउटै ठाउँमा अनेक पटक डुलिएको छ । यस्ता ठाउ“मा गोर्खा पनि पर्छ । त्यसैले मेरा लागि गोर्खा नौलो ठाउँ होइन । म धेरै पटक गोर्खा घुमेको छु । त्यो पनि खासखास कायक्रमको खासखास भूमिकामै । पहिलो पटक चालीस सालतिर आफ्नै नेतृत्वमा थुप्रै विद्यार्थी लिएर शैक्षिक भ्रमणमा गोर्खा गएको थिएँ । त्यसबेलाको परिस्थिति अलि भिन्न थियो । त्यसपछि कुनै सालको भानुजयन्तीमा विशिष्ट अतिथिका रूपमा आमन्त्रित भई त्यहाँ गइयो भने अर्काे पटक एउटा विशेष कार्यक्रममा । यसपटक साहित्य सङ्गम, हरि सांस्कृतिक केन्द्र तथा गोर्खा साहित्यिक मञ्चद्वारा आयोजित विशेष साहित्यिक कार्यक्रममा विशिष्ट अतिथि नै भएर गोर्खा पुगियो । संयोग नै भनौँ सबैजसो गोर्खायात्रामा रात बसाइचाहिँ बिसौनी होटलमा नै भएको छ । त्यो त्यहााको राम्रो होटल हो रे । अरू कुरा त्यस्तै हो, त्यहााबाट साँझपख देखिने सूर्यास्तको दृश्यचाहिँ मनमोहक नै हुन्छ । यसको प्रत्यक्ष साक्षी म स्वयं नै छु ।

काठमाडौंको कोलाहलपूर्ण वातावरण र अत्यन्त व्यस्त औपचारिक जीवन... । हाास्दा त के कुरा मुस्कुराउँदा समेत अनेक अर्थ लगाउने ठाउा ... । कहिलेकाहीा थानकोट काटेर यसो उता झर्दा पनि रमाइलै लाग्छ । यात्राको रमाइलोपन सहयात्रीमा पनि निर्भर गर्छ । फुलेर गुत्थ पर्ने सहयात्री परे भनेचाहिँ यात्रा सााच्चिकै नीरस हुन्छ तर संयोग नै भनौँ अहिलेसम्म प्रायः त्यस्तो भएको छैन ।

२०६६ साल मङ्सिर १६ गते बिहान साढे आठ बजेतिर हाम्रो टोली काठमाडौं छोडेर गोर्खातर्पm प्रस्थान ग¥यो । यसपटकको यात्रामा आयोजक÷संयोजक संस्थाको नाम जेजे भने पनि त्यस यात्राको मियो युवा साहित्यकार राजुबाबु श्रेष्ठ थिए । उनकै निम्तोमा त्यहाँ जाने कार्यक्रम तय भएको थियो । सुरुमा जाने मन उति गरिएको थिएन तर पछि नगई धरै पाइएन । हाम्रो टोली एउटा नभएर चानचुन दुईटा भएको कुरा नौबिसेमा खाजा खाएको बेला मात्र थाहा भयो । हाम्रो टोलीमा तुलसी दिवस, विष्णुविभु घिमिरे, विमल निभा, विष्णु प्रभात, विप्लव ढकाल, अविनाश श्रेष्ठ, किशोर पहाडी, राजेन्द्र पराजुली, टङ्क उप्रेती, दीपक लोहनी, गोविन्द वर्तमान, लीला लुइटेल, सीता अर्याल, गीता रेग्मी, सन्ध्या पहाडी, तृष्णा कुँवर, आन्विका गिरी आदि थिए । हामी दुईवटा माइक्रोबसमा बाँडिएर बसेका थियौँ । बसको बसाइ यताको जस्तो ठेलमठेल थिएन, निकै खुकुलो थियो । एउटा बसमा महिलावृन्द र अर्काेमा पुरुषगण थिए । अर्काे टोलीमा वासुदेव त्रिपाठी र श्रीमती, सुमन ढकाल र श्रीमती, पद्मप्रसाद देवकोटा आदि थिए । यी दुवै टोलीको गन्तव्य उही तर उद्देश्य केही फरक । साहित्यिक पर्यटकीय भ्रमण र पुरस्कार वितरण मुख्य उद्देश्य भएका ती दुवै टोलीलाई बडो चलाकीपूर्ण ढङ्गमा फ्युजन गरेर एउटै बनाउने काम राजुबाबुले गरेका रहेछन् । उनको यो चलाकी पहिले नै थाहा पाएको भए राष्ट्रिय स्तरमै थरगोत्र भिन्न भएका कतिपयको एकै ठाउँमा एकमुस्ट उपस्थितिको सम्भावना न्यून नै थियो तर राजुबाबुले यस्तो कुरो के थाहा दिन्थे, पुलिसका पनि हाकिम पो हुन् त !

बाटामा चालक बस गुडाउन र यात्रीहरू मान्छे उडाउन व्यस्त थिए । हामीसँग उडाउनेका नाइके मेरा पुरानै मित्र अविनाश थिए भने उडाइनेका नाइके लीलबहादुर । अविनाशजी उडाउने–गुडाउने, जुटाउने–फुटाउने, रुवाउने–हँसाउनेजस्ता अनेक गतिविधिमा खप्पिस भएको कुरा सुनिएकै हो तर व्यक्ति केन्द्रित धाराप्रवाह जोक सुनाएर हँसाउने कलासँग भने म परिचित रहेनछु । उनले बसको लगभग पूरै समय लीलबहादुरकेन्द्री अनेकौँ जोक सुनाएर सहयात्रीलाई खुब हँसाए । नजानिँदो पाराले मान्छेलाई उडाएर ब्रमपुत्र नै कटाउन उनी सारै खप्पिस रहेछन् । उनका जोकले बाटो कटाउने मात्र होइन, भोकमा तगारो लगाउने काम पनि गरिरहेको थियो ।

हामी बार बजेको आसपास कुरिनटार पुग्यौँ । त्यहाँ चितवनबाट आएका केदार खनाल र कपिल अज्ञात पनि हाम्रो यात्रामा सामेल भए । सबै यात्रीका लागि केबुलकारको टिकट पहिले नै मिलाइसकिएको रहेछ । राजुबाबुले फटाफट टिकट बाँडे । हामी पङ्क्तिबद्ध भएर केबलकारबाट मनकामनातर्पm उकालियौँ । मनकामना मन्दिरमा निकै भिडभाड रहेछ । आपूmले गरेका पापकर्म देवीलाई खुसुक्क सुनाएर अनि कुनै निर्दाेष प्राणीको ज्यानै चढाएर पापमोचन गरिमाग्न जाने ठाउँ भिडभाड नहुने कुरै भएन । मनकामना दर्शनको व्यवस्थापन र त्यहाँको सुरक्षाप्रबन्ध राष्ट्रिय स्तरकै जस्तो रहेछ । त्यहाँका रैथाने जँड्याहाहरू तथानाम अश्लील गाली गर्दै सुरक्षा प्रबन्ध मिलाउँदा रहेछन् । तिनीहरू महिलालाई हातपात गर्नसमेत बाँकी राख्दा रहेनछन् । सुरक्षाको जिम्मा लिएका पुलिस लगभग निरीहजस्तै... । त्यहाँ पूरै गणतन्त्र आइसकेको रहेछ ँ पुलिसका हाकिम नै साथमा हुँदा त यो हालत छ भने अरू बेला झन् कस्तो होला भन्ने सोचाइबाट यात्रीहरू खिन्न देखिए । खिन्नताको अर्काे कारण भोकले आतङ्कित हुनु पनि थियो । जे होस् मनकामना परिसरमा जँड्याहाकै नेतृत्वमा भए पनि सरकारको राम्रै उपस्थिति रहेछ ... ।

मनकामना परिसरका अनेकौ“ दृश्यहरू कुनै मनमा र कुनै क्यामरामा खिचिसकेपछि हामी त्यही“ नजिकै पहिले नै व्यवस्थापन गरिएको होटलमा खानपिनतर्पm लाग्यौ“ । मनकामनाका बोकाको झोलस“ग भात खाइसकेपछि हाम्रो टोलीका अनुहार क्रमशः उज्यालि“दै गए । केबलकार चढ्ने ठाउ“कै छेउको चौरमा केही बेर कविगोष्ठी गरियो । कवितावाचनको छोटो कार्यक्रमपछि हाम्रो यात्रा केबलकारबाट ओरालियो । केहीचाहि“ पैदलयात्रा गर्ने भन्दै अर्कैतिर लागेछन् । हामी तल कुरिनटारमा झर्नेबित्तिकै फटाफट अगि बढिहाल्यौ“ । आ“बुखैरेनीबाट मोडिएपछि गोर्खा पुग्न खासै ट्याम लागेन । हामी पा“च बज्न नपाउ“दै गोर्खा पुग्यौ“ र उही बिसौनी होटलमा पोकापुन्तुरा बिसायौ“ ।

झमक्कै रात परिसक्दा पनि बालीमा नमिलेका ... जस्ता हाम्रा पैदल यात्री नआइपुग्दा कत्रो हैरान । झन् फोन सम्पर्क नहु“दा अर्काे आपत् । हुन त आयोजकको मूल मान्छे नै पुलिसको हाकिम भएकाले सारै आत्तिनै पर्ने त थिएन तैपनि बाटामा झोल ओइ¥याएर कतै भौडी भरे कि भन्ने त्रासचाहि“ जीवितै थियो । नेपालको मोबाइल काम नभएका बेला मात्र काम लाग्छ काम परेका बेला त्यसको कामै छैन भन्ने कुरा सबैलाई थाहै छ । बल्लतल्ल फोन सम्पर्क भएपछि गाडी पठाएर पैदलयात्रीको उद्धार गरी बिसौनीमा ल्याइपु¥याएपछि सबैलाई ढुक्क भयो । कति त यस्तो के गरेका भनी झोंक्किए पनि । तिनलाई ठोसठास गर्न कसैले बा“की राखेनन् तर के गर्नु अर्काको कुरा सुन्ने हाम्रो बानी भए पो ? जो चोर उसको ठूलो स्वर ! हामी गोर्खाली त्यसै पनि बहादुर जाति त्यसमा पनि गोर्खामा पुगेर ठर्रे ता“दो चढाइसकेका मान्छे कसैका कुरा सुन्ने कुरै भएन । तीमध्ये एकजना त उस्तै परे राती नै गोर्खाबाट हि“डेर काठमाडौंतिरै लाग्ने अर्ध खालका रहेछन् । त्यो कुरा रात्रि गफगाफबाट ज्ञात भयो ।

राउन्ड टेबुलमा बसेर रमाइलो वातावरणमा रात्रिभोजको कार्यक्रम सुरु भयो । त्यो पनि अनौठै पाराको । सबथोक लोकल । सा“धेको गुन्द्रुक, भुटेका मकै, च्याखुराका पुत्ने छोराको सा“प्रो । सबैले भोकका सुरमा सबथोक प्रशस्तै सुइ“क्याए । कसैको जिब्रो त कसैका खुट्टा हल्लिन पनि खासै समय लागेन । त्यस भोजमा साथ दिन अझ भनौ“ हाम्रो स्वागत गर्न जिल्लाका सबैजसो हाकिमहरू पनि उपस्थित थिए ।

खानपिन सकिएपछि स्थानीय कलाकारहरूबाट हाम्रो स्वागतार्थ नृत्यप्रदर्शनको कार्यक्रम सुरु भयो । स्थानीय पोसाकमा ठा“टिएका तरुनीतन्नेरीले राम्रै नृत्य र गीत प्रस्तुत गरे । हाम्रा साथीहरू पनि कोही नृत्यमा त कोही तिनको रूपाकृतिमा मख्ख परेर उमेरको वास्तै नगरी दनादन नाच्न थाले । नाच्नु त के थियो र, खुट्टा त्यसै लरबराएकै थिए यसो केके हल्लाए, उफ्रिए, बस्... । त्यहा“ त्रिपाठी र लुइटेलको नाचले विशेष चर्चा पायो । सबैले त्यस दृश्यलाई अनौठो मानेर अनेक फोटा पनि खिचे । देवकोटापुत्र पद्म पनि फरासिलै रहेछन् । उनी र म पनि निकैबेर नाचिटोपल्यौ“ ।

नाचगान र उफ्रिपाफ्री सिद्धिएपछि सुत्ने तरखर भयो । सबैका कोठा पहिले नै टुङ्गो लागिसकेका थिए । जोडी नै जानेमा त्रिपाठी, सुमन र म थियौ“ । हाम्रा लागि खास कोठा व्यवस्था गरिएको थियो । सुत्ने ठाउ“ मिलाउ“दै जा“दा अन्त्यमा पत्रकार नानी आन्विका गिरी एक्लै परिछन् । उनी अलि डराउ“दी पनि रहिछन् । उनको निन्याउरो मुख देखेपछि उनको कोठामा लीलालाई पठाएर विप्लव र म एउटा कोठामा सुत्यौ“ ।

दिनभरको थकान र बेलुकाको जलपानले उज्यालो भएको पत्तै भएन । राजुबाबुको ढोका ढक्ढक्याइपछि तुरुन्तै उठेर नित्यकर्म सकी हाम्रो टोली साढे छ बजे गोर्खादरबारतिर उकालियो । त्रिपाठीलगायतका केही बुढाखाडा गाडीमा गए । हामी हि“डेरै गयौ“ । गफि“दै जा“दा उकालो काटेको पत्तै भएन... । वारिपारिको दृश्यावलोकन गर्दै हामी माथि डा“डामा पुग्यौ“ ।

पहिले र अहिलेको गोर्खामा निकै परिवर्तन भइसकेछ । पहिलेका पुराना वस्तु अहिले बा“की रहेनछन्, थुप्रै थोक भत्काइसकिएछ । सायद नया“ बनाउने धुनमै पुराना नष्ट पारिएका होलान् । डा“डाको ढुङ्गे चौतारामा राखिएको राम शाहको सालिक जरैबाट उखेलेर मिल्काइएछ । न्याय र न्यायमूर्ति नै भागबन्डा हुन थालेपछि हामीलाई न्यायनिसाफमा कहलिएका राम शाहजस्ताको सालिक किन पो चाहियो र अब ? राम शाहजस्ताको के कुरा भो र, जीवनभर युद्ध गरी भुरेटाकुरे राज्यलाई एउटै मालामा उनेर नेपालको एकीकरण गरी हामीलाई आज नेपाली भनेर चिनाउने दुष्ट मनुष्य विस्तारवादी शासक पृथ्वीनारायण शाहको सालिक त बा“की राखिएनछ । बजारको केन्द्रमा निर्मित उनको सालिक उहिले नै उडिसकेछ । उनका दरबारमा पनि अर्कै बोर्ड झुन्ड्याइएछ । त्यहा“ कुनै बोर्ड झुन्डाउ“दैमा नया“ हुने त होइन होला !

पहिले गोर्खा जा“दा ती सब थिए, गोर्खाको छुट्टै पहिचान थियो तर यसपटक गोर्खा जा“दा ती कोही रहेनछन् । तिनका ठाउ“मा न त बिसे नगर्चीकै सालिक निर्माण गरिएछ न त अन्य कुनै नया“ रामबाब¬हरूको, केवल पुराना उडाइएछ । यो सबै दृश्य देख्दा मन कटक्कै काट्यो तर हाम्रो काटेर के गर्नु काट्नेको नकाटेपछि ? सालिक उडाउ अभियानै त होइन होला । अभियानै भए त सहिद गेट, टु“डीखेल र अन्य कतिपय सडकको बीचबीचमा ठडिएका सा“च्चिकै निरङ्कुशका नानाभा“तीका सालिक ज्यु“कात्यु“ छन् । भावी पुस्तालाई ती दुष्टै हुन्, बदमासै हुन् भनी चिनाएर धारे हात लगाउनकै लागि भए पनि तिनका सालिक राख्नुपर्ने । तिनलाई त्यसै छोडिदिएको भए पनि ती प्राणहीन मूर्ति कुनै दिन ब्यु“झिएर अस्त्र उठाउनेवाला थिएनन् । म यस्तैयस्तै कुरा सोचिरहेको थिए“ । म मात्र होइन सबैजसो यात्रुहरू मनमनमा यस्तै सोचिरहेको हुनुपर्छ किनभने गफाडीका राजासमेत मौन थिए । सबैको अनुहार खिस्रिक्क देखिन्थ्यो ।

पुराना जति सबै भत्काउनै पर्ने भए विस्तारवादी शासकका दरबार पनि राख्न नपर्ने । झन् गोरखनाथको मन्दिर त पटक्कै राख्नै नहुने । त्यस्ता विस्तारवादी शासकलाई वरदान दिएर एकीकरणतर्पm उक्साउने भनिएका गोरखनाथ बुढाको के काम ? हुन त तिनको पूजा गरेपछि आपूmलाई पनि सत्तामा पुग्ने वरदान दिइहाल्लान् कि भनेर राखिएको हुनसक्छ । अझ पुरानाजति नष्ट गर्दै जाने हो भने समयक्रममा कुनै दिन आपूm पनि पुरानिइन्छ । त्यसका लागि पुरानै भए पनि डोकोनाम्लोचाहि“ राखिछोड्ने हो कि ?

हाम्रा पहिलेका शासकहरू सबैले देख्ने गरी पूजा गर्थे, भाकल गर्थे, पशुबलि दिन्थे तर अहिलेका बाहिरबाहिर धर्मको विरोधमा कुर्लने अनि भित्रभित्र ज्योतिषीलाई देखाउ“दै भाकल गर्दै नरबलि दिन थालेका छन् । पशुबलिबाट प्रसन्न हुने हाम्रा देवीदेवतालाई नरबलिमा बानी पर्न अलि लामै समय लाग्लाजस्तो छ । ठूला घरमा प्रवेश गर्दा हतारहतार ईश्वरका नाममा सपथ खाने अनि इच्छित पदप्राप्तिपछि आरतीस्याउली मात्र होइन बिचरा बोकै उडाएर भित्रिने चलन धर्म नमान्ने भनाउ“दाहरूमा पनि देखिएकै हो । सत्ता प्राप्तिका लागि हरिबहादुरकहा“ अन्डा फुटाइमाग्नदेखि लट्टेबाबाकहा“ डन्डा बर्साइमाग्नसम्म पछि नपर्ने तर यी सबलाई लुकाउन खोज्ने बानी परेका हामी । आखिर संस्कार भनेको संस्कारै हो । डोकाले छोपेर लुकाउनुभन्दा नलुकाउ“दै जनताको विश्वास जित्न सकिन्छ । जे होस् यस पटक पुराना निकै थोक नभएको नया“ गोर्खा रामै्र गरी हेरियो ।

गोर्खाली गणेश र सरस्वतीले समेत खड्ग बोकेको कुरा यसअगि धेरै पटक गोर्खा जा“दा पनि याद गरिएको रहेनछ । यो कुरो यसपटक मात्र थाहा भयो । पृथ्वीनारायण शाहको युद्धजन्य परिवेशका बेला निर्माण गरिएकाले सबैतिर सबैलाई शस्त्रअस्त्र भिराइदिएको हुनसक्छ । खड्गधारक गणेशजी र खड्गधारिणी सरस्वतीका साथै गोरखकाली, गोरखनाथ आदिको दर्शन खुलेआम गरियो । आपूm तत्काल सत्तामा पुग्ने वा राज्यको ठूलै पद धारण गर्ने सोचाइमा नरहेकाले गौदान र महिषपूजन भने गरिएन । त्यतादेखि यतासम्मका सबैलाई सद्बुद्धि देऊ, देशमा शान्ति आओस्, उ“टे नै भए पनि संविधान चा“डै बनोस्, जनताका नाममा ठगी खाने काम बन्द होस्, शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने भन्नेजस्ता शब्दजालमा फसाएर दिनदहाडै बबुरा जनताको बलि दिने काम रोकियोस् भन्ने कामना गर्दै सबैलाई नमन गरियो । गोरखनाथ साक्षात् छन् भन्ने प्रशस्तै सुनिएकाले यसपटक राष्ट्रका लागि आवश्यक यस्तैयस्ता वरदान उनैस“ग मागियो । उनले तत्काल तथास्तु भनेको चाहि“ सुनिएन । सर्वदलीय सहमति गरी सबथोक अंशबन्डा गर्नुपर्ने युगमा झट्टै वरदान दिइहाल्नु पनि त भएन नि भन्ठानेर उनी चुपचाप लागेका होलान् । हेरौ“ अलिपछि सर्वदलीय सहमति कायम गरेर उच्चस्तरीय संयन्त्रबाटै तथास्तुको सन्देश पठाउने हुन् कि ? यता सहमति नभए पनि उताचाहि“ होला कि ?... भयो अब यस्ता कुरा धेरै नगरौ“ फेरि प्रतिगामीमा नाम दरिन बेर छैन ।

आपूm त फोटो खिच्न रुचाउने मान्छे प्रशस्तै फोटो खिचियो । त्यहा“का स्थानीय बासिन्दाबाट गोर्खाको प्रसिद्ध गाउ“ लुइटेलबारे सोधपुछ गरियो । त्यहा“बाट निकै टाढा रहेछ त्यो गाउ“ । आÇना पूर्वजको थलो मानिएको त्यस ठाउ“को दर्शन टाढैबाट गरियो । यसपटक त्यहा“ जाने इच्छा पूरा भएन । मेरो गोर्खाप्रति विशेष आत्मीय भाव हुने एउटा प्रमुख कारक आÇनो पूर्वजको थलो त्यतै मानिनु पनि हो । हामी जतिसुकै समानतावादी भए पनि आखिर आÇनो भनेको आÇनै हु“दो रहेछ ¤ नत्र हाम्रा कथाकथित ठूला नेता भनाउ“दाहरू कतैबाट अबगाल आउला कि भन्नेतर्फ ध्यानै नदिई स्वास्नी, छोरो, छोरी, भाइ, भतिजो, साली मात्र के पुत्नेछोराछोरीसमेतलाई पदपजनी गर्न किन लमलस्ट हुन्थे ? यस्तो मुलुकमा मैले आÇना पूर्वज र पूर्वजको थलोप्रति आत्मीय भाव देखाउनु कुनै अपराध हो र ?

तन र मनभरि गोर्खा दरबार परिसर घुमिसकेपछि हाम्रो यात्रा ओरालियो । हामी तलतिरका सि“ढी गन्न थाल्यौ“ । बीच बाटामै गोरखनाथको रोटोलाई बिर्साउने खालका रोटी दन्काइयो । अलिक तल गोर्खा बजार नपुग्दै गोर्खा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित स्वागत समारोहमा सरिक भइयो । सङ्घका अध्यक्ष रामबाबु जोसीलगायतले हाम्रो स्वागत गरे । स्वागत कार्यक्रम सकिएपछि उद्योग वाणिज्य सङ्घकै आतिथ्यमा होटल हिमालयमा खानपिन गरी कार्यक्रम स्थलतिर लागियो । गोर्खालीहरूले पङ्क्तिबद्ध भएर माला लगाई हामीलाई कार्यक्रम स्थलमा भिœयाए । एक बजेतिर कार्यक्रम सुरु भयो ।

रुद्र खरेलको उद्घोषण, अनन्त मुस्कानको सभापतित्व तथा त्रिपाठी, तुलसी दिवस, खगेन्द्र लुइटेल, विष्णुविभु, विमल निभालगायतको आतिथ्यमा कार्यक्रम भयो । त्यहा“ पुस्तान्तर र मेरो साथी कुकुर शीर्षक दुईवटा कृति विमोचित भए । केदार खनाललाई हरि प्रतिभा पुरस्कारद्वारा सम्मान गरियो । गोर्खाबारे ऋषि खनाल, पुस्तकबारे पुरुषोत्तम सुवेदी र केदार खनालबारे कपिल अज्ञातले लामै भाषण गरे । त्यहा“ यताका केही र उताका विश्वेश्वर कट्टेल, गोर्खाली काइ“ला, सिर्जना गुरुङ, प्रजिता पौडेल, गङ्गा सिमल, सुरेन्द्र घिमिरे, सिजन देवकोटा, सावित्री, माया भुसाल, विकास ढकाल, सुरेन्द्र देवकोटा, हरिमाया शर्मा, विष्णु पाठक, निश्चल अर्याल, प्रकाशचन्द्र भट्टराई, सरोज अर्याल, जया मास्के, सरस्वती भट्टराई, रमेश विस्ट, भूगोल श्रेष्ठ, पुरुषोत्तम अर्याल, गोविन्दराज विनोदी, कविता देवकोटा, गोविन्द अधिकारी, नरेन्द्र, शम्भुराज, उर्मिला, कृष्ण आदि धेरै कविहरूले गच्छेअनुसारका कवितावाचन गरे ।

कवितावाचन सकिएपछि मञ्चासीनहरूको भाषण गर्ने पालो आयो । समय सा“घुरि“दै गएकाले छोटो बोलिदिए हुन्थ्यो भन्ने सबैको चाहना थियो । एकै थलोमा दुईवटा कार्यक्रम मिसाइएकाले पनि समय मिलाउन अलि असहज भएको देखिन्थ्यो । त्यस कार्यक्रमको रोचक पक्ष के र≈यो भने विस्तारवादी वक्ताका रूपमा परिचित त्रिपाठीले समेत सारै छोटो भाषण गरे । त्यो उनका इतिहासकै छोटो भाषण होला तर त्यति हु“दा पनि उनले आपूm र आÇना गोर्खाली ससुरालीको बखान गर्न बा“की राखेनन् तर दर्शक अरूका ससुरालीको त के आÇनै कान्छी सालीका कुरा पनि सुन्ने मनस्थितिमा थिएनन् ।

मैले समग्र कार्यक्रम, कविता आदिबारे बोले“ । राम शाह र पृथ्वीनारायण शाहका सालिक उडाइएको तर नया“ कसैका सालिक प्रतिस्थापन नगरिएकोमा खिन्नता व्यक्त गर्दै कमसेकम गोरखनाथ बाजेचाहि“ अहिलेसम्म सकुशल रहेकोमा प्रसन्नता व्यक्त गरे“ । हलबाट बाहिरिन आतुर श्रोताले समेत तालीको गड्गडाहटबाट मेरो भनाइप्रति सहमति जनाए । सबैजसोले कवितात्मक पारामा आÇनै मनको कुरा बोलेको भन्दै खुब प्रशंसा गरे । आखिर मलाई मात्र होइन सबैलाई यस्तै लागेको रहेछ । यसर्थ कसैले निर्माण वा विनिर्माण जे गरे पनि जनमत बुझेरै गरे राम्रो हुने हो तर खै ... ? स्थानीय कविहरूले काठमाडौंलाई पर्याप्तै गाली गरे पनि हामीले त्यसै दिन दुष्ट काठमाडौं आइपुग्नु पर्ने भएकाले पनि छोटै बोलियो । समग्रमा कार्यक्रम राम्रो भयो । साहित्यिक पर्यटनको विकासका दृष्टिले पनि यस्ता भ्रमणमूलक कार्यक्रम महत्वपूर्ण हुन्छन् ।

अन्त्यमा तुलसी दिवसले कवितावाचन गर्दा त्रिपाठीले हल्ला गरे भनेर उनी निकै बम्किए । त्यहा“ केही हल्लाचाहि भएकै हो तर त्यो हल्ला प्रायोजित नै चाहि“ थिएन । त्यसको प्रत्यक्षदर्शी र श्रोता हामी मञ्चासीन नै थियौ“ । गोर्खाको पश्चिमी डा“डामा घामले पाइलो टेक्नलाग्दा कार्यक्रम सकियो । हाम्रो गाडी बाहिर गेटमै आइपुगिसकेको थियो । होटलमै भएका हाम्रा पोकापुन्तुरा सबै गाडीमै हालिइसकेका रहेछन् । त्यसको प्रबन्ध पनि राजुबाबुले नै गरेको बुझियो । काठमाडौंबाट हि“डेदेखि काठमाडौं पुनरागमनसम्मकै राजुबाबुको सक्रियता देख्दा उनी पुलिस वा साहित्यकारभन्दा पनि बढी संयोजनकारी भूमिका खेल्नसक्ने नेताजस्ता लागे । उनको व्यवस्थापन कौशल सा“च्चिकै प्रशंसनीय थियो । यति राम्रो कला कमै पुलिसमा मात्र के, कमै मान्छेमा मात्र हुन्छ ।

पा“चसात वर्षअगि गोर्खा जा“दा किनेको च्याखुरा मलेखुमा तीन घन्टा प्रेसरकुकरमा पकाउ“दा पनि नपाकेको कुरामा बहस गर्दै हामी मलेखु आइपुग्यौ“ । त्रिशुलीका भन्दै बेचिने जनकपुरे माछाका साथ खानपिन गरी घर आइपुग्दा चानचुन रातको बार बज्न लागिसकेको थियो । घरमा बिजुली मैया पनि रहिनछन् । यताउता छामछुम गर्दै सुतियो । अर्काे दिन उज्यालो हुनेबित्तिकैदेखि बज्न थालेको टेलिफोनको घन्टीस“गै औपचारिक जीवन सुरु भइहाल्यो ।

छोटो समयका लागि भए पनि राम्रो यात्राको अवसर जुटाउने राजुबाबु, अहिलेसम्म तोडफोडको सिकार हुनबाट जोगिएर ध्यानमग्न भई बसेका गोरखनाथ बाजे अनि हामी सबै गोर्खालीको कल्याण होस् । यसपालि सकुशल फेलापरेका गोरखनाथ बाजेमा भरसक कतैबाट घुनपुतली नलागोस् । फेरि गोर्खा आउ“दा पनि उनलाई सकुशल भेट्न पाइयोस् । सबैका तर्पmबाट मैले प्रस्तुत गरेका मागबारे सकेसम्म चा“डो चिन्तनमनन गरी तथास्तुको सन्देश प्राप्त होस् । हुन त यतिखेर जताततैबाट मागैमागका चाङ लाग्ने हु“दा पूरा गरिसक्नु छैन । यो कुरा मलाई रामै्र थाहा छ तर मेरा मागचाहि“ व्यक्तिगत नभएकाले पूरा गरिदिए तिम्रो पनि कल्याणै हुनेछ । यी माग पूरा गराउनका लागि टायर बाल्ने, चक्का जाम गर्ने, बन्दहडताल गर्नेजस्ता कार्यक्रमचाहि“ मबाट हुने छैन । यसलाई मेरो कमजोरी नठानिदिनू । अन्तरिम संविधानको पच्चीसौ“ संशोधन गरेरै भए पनि मेरा माग पूरा गरिदेऊ नत्र तिम्रो हालत पनि तिम्रै चेला पृथ्वीनारायणको जस्तै होला नि गोरखनाथ बाजे .... ।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौं ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।