14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

छोरी र छोरीहरु

कथा वासुदेव गुरागाईं April 5, 2010, 7:50 am

ऊ एकनास आफ्नो कथा सुनाइरहेको थियो । कथा साहै« मार्मिक भएकाले म पनि ध्यानपूर्वक उसको कथा सुनिरहेको थिएँ । कथा मैले मात्र होइन, सबैले सुत्रु पर्ने थियो । संयोगले उसको कथा सुत्रे म मात्र थिएँ, त्यतिखेर । कथाको श्रोता मलाई नै छात्रु पर्ने कारण के थियो ? त्यो भने मैले बुझिरहेको थिइन । यस बारे न मैले सोधेँ, न उसले नै बतायो । तर कथा निरन्तर अगाडि बढ्दै थियो ।

ऊ अगाडि भन्दै थियो,—‘सबै जना उज्यालो भइसकेको कुरा गर्छन्, तर मलाई पत्यार लागिरहेको छैन । मानिसहरु युग फेरिइसकेको कुरा गर्छन्, त्यो पनि मलाई पत्यार लागिरहेको छैन । सामाजिक रहनसहन र परिवर्तनको कुरा गर्नेहरु त कति छन् कति ! तर त्यसमा पनि मलाई विश्वास लागिरहेको छैन ।’ ऊ अभैm निराशिए जस्तो भएर अगाडि भन्दै थियो,— ‘मानिसहरु किन सब्ल्याँटो कुरा गर्छन्, बिब्ल्याँटो व्यवहार ! यसरी परिवर्तन हुन्छ ?’ ऊ आश्चर्यचकित भएर आपैmँले आपैmँलाई प्रश्न गर्दै थियो ।

म श्रोताको कर्तव्य पूरा गरिरहेको थिएँ, बोल्ने अधिकार म खोजिरहेको थिइन । ऊ एकनास कथा सुनाइरहेको थियो । ‘मेरी छोरी ... ।’ ऊ बोल्दाबोल्दै केही छिन अडियो र फेरि अगाडि बढ्यो,— ‘... लुसुलुसु बासी भात खाइरहेकी हुन्छे । मेरो छोरो दिदीले बासी भात खाएकोमा उपेक्षित भावले उसलाई गिज्याइरहेको हुन्छ । कहिले मुख र कहिले आँखाले । तैपनि ऊ लुसुलुसु बासी भात चपाइरहन्छे । बासी भात उसको अधिकार र कर्तव्य दुवै हो । अभैm त्यति मात्र कहाँ हो र ! मेरी बूढी,— ऊ पनि कसैकी छोरी हो, अझ उसैलाई गाली गरिरहेकी हुन्छे । छिटो त्यति भात बुत्याइसक् अनि तातो भात थपिदिन्छु । छोरी निरीह बनेर आजको भात हेर्दै हिजोको भात चपाइरहन्छे । आफ्नै आमातिर हेर्न नसक्ने उसका आँखाले म तिर हेरेर सहयोग माग्न सक्ने कुरै भएन । बचेखुचेको बासी भात उसको पेवा हो, त्यसमा अरुको अधिकार छैन । उसले त्यत्ति बुझेकी छ ।’

‘मम्मी ! मम्मी !! म स्कुल जाने बेला भयो । झोला ठीक पार्दिनुस्’,— छोराले आदेशको शैलीमा भन्यो । ‘ठीक पारिदिइसकेकी छु ।’ आमा उत्तर दिन्छे । ‘टिफिन हालिदिएको हो त ?’ ‘राखेकी छु बा, राखेकी छु । अलिकति अनार, स्याऊ, काजु र मसला छन् । चाउचाउ र अरुथोक स्कुलमै किनेर खानू, पैसा लगेर ।’ ‘सधैँ यस्तै मात्र खाजा’ छोरो झर्किन्छ । आमा, छोराको आग्रह अनुसार परिवर्तन गरिदिन्छे । झोला बोकेर बससम्म पु¥याइदिन्छे र फुर्सदमा लिन पनि जान्छे ।

‘भाइलाई बसमा पु¥याएर आमा घर आइपुग्दा छोरीले जूठा भाँडा माझिसकेकी हुन्छे । भाँडा माझिसकेर स्कुल जाने तरखरमा ऊ लाग्छे । ‘आमा सिसाकलम सकिएको छ’ ऊ आमासँग आग्रह गर्छे । ‘दस दिन पनि भएको छैन एउटा सिसाकलम किनिदिएको, कति चाँडो सक्छेस् ए ! राक्षसनी’ आमा बम्किन थाल्छे । छोरी आमासँग फेरि बोल्ने आँट गर्दिन । म खुसुक्क एउटा सिसाकलम किनेर छोरीलाई दिन्छु । च्यातिएको झोला बोकेर छोरी स्कुलको बाटो लाग्छे । ‘ए ! ए !! यता सुन् त ।’ आमा चाहिँ हकार्न पुग्छे । छोरी ठूलै अपराध गरिछु कि भनेर झसङ्ग झस्केर आमातिर पुलुक्क हेर्छे । ‘म दिउसो घरमा हुत्र होला, बिहानको भात खोपामा छ । स्कुलबाट आएपछि झिकेर खानू । नपुगे हिजो भुटेको मकै त्यसै छ, त्यही खानू । भाइको खाजा चलाउलिस्नी फेरि ।’ आज्ञासूचक मुन्टो हल्लाएर छोरी हतारिँदै स्कुल लाग्छे ।’

‘मेरी बूढी पनि महिला हक अधिकारका विषयमा सक्रिय रुपमा लागेकी नारी भएकीले दिनभर आफ्नो काममा दौडिन्छे । भ्याइनभ्याइ गरेर सकेसम्म छोराछोरी स्कुलबाट आइपुग्ने बेलामा घर आइपुग्छे । छोरा–छोरी पनि सँगसँगै जस्तो स्कुलबाट आइपुग्छन् । जुत्ता खोल्ने ठाउँमा नै झोला हुत्याएर छोरो कोठातिर पस्छ र टिभी खोल्न थाल्छ । सँगै रहेको कम्प्युटर खोल्न पनि ऊ भ्याउँछ । कहिले कम्प्युटर कहिले टिभी आलोपालो जता मन लाग्छ उता ऊ भ्याउँछ । टिभी र कम्प्युटर सँगसँगै खाजा खाइ सक्दा नसक्दै दिदी चाहिँ गिलासमा दूध ल्याएर भाइका अगाडि राखिदिन्छे,— महिला अधिकारवादी आमासँग बोल्न नसक्ने उसको आँट भाइका अगाडि खुल्न सक्ने कुरै भएन, र, लुसुक्क आफ्नो बाटो लाग्छे ।’

‘एक दिनको कुरा हो । घुमन्ते सडक व्यापारी बाटोमा कराउँदै आयो,— ‘खाली सिसि, पुराना कागज, प्लास्टिकका भाँडा’ । कम्प्युटरमा झुम्मिइरहेको छोरो दौडेर कौसीमा आयो । ए ! पख् पख् । आदेशानुसार व्यापारी उभिइरह्यो । पाँच मिनेट बित्न नपाउँदै उसका पुराना प्लास्टिकका खेलौना झोलाभरि बोकेर ऊ व्यापारीको अगाडि ठिङ्ग उभिन पुग्यो । दिदी चाहिँले देखिछ । ‘भाइ ! ती खेलौना मलाई देउन । तिमीसँग नयाँ नयाँ खेलौना छन् । मसँग केही पनि छैन । भाइ ! ती खेलौना मलाई देउन । बिन्ति छ भाइ, ती खेलौना मलाई देउन । म पनि फुर्सदमा कहिलेकहीँ खेल्छु नि ।’

‘भाइ उसको कुरा सुत्रे मनस्थितिमा थिएन । दिदीलाई हकार्दै ऊ एकैचोटि कुर्लिन थाल्यो । ‘बढ्ता कराउँछेस् । तँलाई खेल्न ल्याएका खेलौना हुन् यी ! त्यसमाथि पनि थोत्रा भइसकेका भाँडाकुटी । अहिले मम्मीलाई भनिदिन्छु, अनि खालिस् ।’ मम्मीको नाम लिनेबित्तिकै छोरी कता हराई कता । तर छोराको डाँको मम्मी चाहिँले सुनिसकिछ । कराउँदै बाहिर आई । ‘नकच्चरी अब तँलाई भाँडाकुटी खेल्न पर्ने भो होइन ! भाइको पछि लागेर तँ खेल्ने ? घरमा काम कति छन् कति ? हिजो भोज खाएका भाँडा त्यसै छन्, अभैm माझिसकेकी छैन । लुगा मैलिएर यस्तो हेरिनसक्नु भइरहेको छ । घर पुछ्ने, बढारकुँढारको काम त्यसै अलपत्र छ । मलाई बाहिर जाने बेला भइसक्यो, खाना पकाउनु त कता हो कता ! तरकारीसम्म काटकुट गरेकी छैन । चामल कहिले केलाउने हो ! अझ तँलाई खेल्ने कुरा चाहियो होइन ?’ महिला अधिकारवादी नेतृले एकै सासमा यी सप्पै भट्ट्याउन भ्याइन् । छोरी खुरु खुरु घरधन्दामा लागी । स्कुलको गृहकार्य र पढाइ त उसको झोलैमा छ । एक पटक चियाउन पनि पाएकी छैन । ‘मेरी छोरी ... ।’ ऊ फेरि, बोल्दाबोल्दै अड्कियो । यसो हेर्छु त उसका आँखाका डिलमा शीतका थोपाभैmँ टल्किरहेका आँसुका ढिक्काहरु मलाई चियाउँदै रहेछन् । म झसङ्ग झस्केँ ।

‘तपाईँकी छोरीको यस्तो कथा !’ मैले एक्कासि ऊसँग बोल्ने अधिकारको प्रयोग गरेँ । मेरो प्रश्नको झटारोले ऊ अभैm निराश बन्यो । मैले त्यस्तै अनुमान गरेँ । फेरि यसो सोचेँ, ऊ मलाई विश्वासका साथ उसका भनाइ राखिरहेछ । उसको कथा सुनाइरहेछ । यस्तो अवस्थामा उसलाई मैले अभैm निराश बत्र दिनु हुत्र भत्रे मैले सोचेँ । बिचरा, ऊ पनि घरमा श्रीमतीको अगाडि बोल्न सक्ने भइदिएको भए प्रतिवाद गथ्र्यो होला । उसका कुरा बिक्ने भए ऊ पनि आफ्ना केही कुरा राख्थ्यो होला । मलाई लाग्यो यी सब कुराबाट ऊ वञ्चित छ । मैले यस्तै ठहर गरेँ,— र, उसलाई फेरि झक्झकाएँ ।

‘अनि !’ ‘अनि, के हुनु नि !’— ऊ फेरि आफ्नो कथा अगाडि बढाउँदै भत्र थाल्यो,— ‘छोरोको वर्षैपिच्छे जन्मदिन आउँछ । आउने, खाने र उपहार दिनेको लाम लाग्छ । छोरीलाई त्यस्तो कुरो थाहै छैन, उसको जन्म दिन कहिले आउँछ, कहिले जान्छ । मलाई मेरी छोरी देखेर टीठ लाग्छ । कस्ती सोझी छ मेरी छोरी । ठूली भएर यो के होली ? गहिरिएर रातदिन सोचिरहन्छु । ठूली भएपछि मेरी छोरी के होली ? आमा जस्तै महिला अधिकारवादी ! अहँ त्यस्तो त हुत्र । मेरी छोरीकी पनि त छोरी होली । फेरि त्यसको पनि त्यस्तै दुर्दशा हुन्छ । छोरीहरु कहिले उँभो लाग्ने ? म चाहन्छु,— मेरी छोरी जे बोल्छे, व्यवहारमा पनि त्यही गर्छे । व्यक्तिवादी भएर ऊ सोच्दिन, समूहको हित ऊ हेर्छे । वर्ग सङ्घर्ष होइन, वर्ग सामञ्जस्यका लागि ऊ लड्छे । जसरी ऊ सब्ल्याँटा कुरा गर्छे, व्यवहार पनि सब्ल्याँटै गर्छे । देखाउनको लागि ऊ केही गर्दिन । ऊ जे गर्छे सुधारका लागि गर्छे । मुखमा आधुनिकता र व्यवहारमा रुढिवाद ऊ रुचाउँदिन । यति गर्दागर्दै पनि ऊ सामाजिक रहनसहनलाई बिथोल्ने काम कदापि गर्दिन’,— उसले आफ्नो सपना सुनायो ।

ऊ आफ्नी छोरीको कथा सुनाइरहेकै थियो । लाग्थ्यो, ऊसँग उसका छोरीका यस्ता थुपै्र कथाहरु छन् । तर मैले केही हस्तक्षेप गरेर उसबाट उम्कन खोजेँ र भनेँ,— ‘तपाईँ आफ्नो मात्र परिवेश नहेर्नुस् । टोल, छिमेक, गाउँ घर, सहर सबैमा नजर डुलाउनुस् । युग कहाँबाट कहाँ पुगिसकेको छ । तपाईं उही पुरानै कुरा गर्नु हुन्छ । मानिसको चेतनाको स्तर धेरै माथि उठिसकेको छ । आधुनिकतातर्पmको यात्रामा समाज धेरै अगाडि बढिसकेको छ । तपाईं त्यसबाट धेरै टाढा हुनुहुन्छ’,— मैले उसलाई सान्त्वना दिने हिसाबले केही आश्वस्त पार्दै भनेँ । र, वास्तविकता पनि त्यस्तै थियो । एक÷दुई परिवार वा समाजमा घटेका एकाध घटनालाई लिएर सबै समाज त्यस्तै छ भत्र सक्ने स्थिति मैले पनि त्यतिखेर अनुभूत गरिरहेको थिइँन ।

ऊ चुपचाप मलाई हेर्दै थियो, म सानो बहाना मिलाएर उम्किएँ । तर उसको कुरा मेरो मन मस्तिष्कमा एकनास घुमिरह्यो । यसो समाज चहारेँ, गाउँघर डुलेँ, सहर बजार सबैतिर आँखा लगाएँ । हेर्दै जाँदा सबै छोरीहरुको कथा उस्तै रहेछ । उसकी छोरीको मात्र होइन, मेरी छोरीको पनि कथा त्यस्तै रहेछ । आखिर, बोली र व्यवहार,— एउटा सब्ल्याँटो र अर्को विब्ल्याँटै रहेछ । म उसलाई फेरि भेटेर उसका कुरामा सही थाप्न चाहन्थेँ । त्यो कथा तिम्री छोरीको मात्र होइन, मेरी छोरीको पनि हो, र हामी सबैका छोरीहरुको हो । छोरीहरुको शोषण भइरहेको छ भने छोरीहरुबाटै बढ्ता भइरहेको छ,— म उसलाई यही भत्र चाहन्थेँ । तर मलाई त्यो मौका फेरि कहिल्यै मिलेन । मैले त्यसपछि उसलाई कहिल्यै भेट्न सकिन । किनकि,— ऊ यो समाजबाट बाहिरीइसकेछ । सोचेँ,— साँचो बोल्नेहरुको हबिगत यस्तै हुँदो रहेछ । त्यसपछि मैले सबै छोरीहरुलाई यस्तो सल्लाह दिन थालेँ,— ‘छोरीहरु हो, अन्यायका सामु कदापि नझुक । बोल । आफ्नो अधिकारका लागि आपैmँ बोल । छोरीहरुको व्यथा अरुले भन्दा छोरीहरुले बढ्ता बुझ्नु पर्छ । आजका छोरीहरुको यस्तो व्यथा भोलिका लागि कथा मात्र बनोस्, यथार्थता कदापि नबनोस् ।’

उसको कथा सुनिसकेपछि म बेलाबेलामा झस्किन थालेँ । उसको नाम मात्र भने पनि सम्झिने प्रयास मैले गरेँ । ‘छोरीको कथा सुनाउने ऊ को थियो ?’ जतिसुकै प्रयास गर्दा पनि मलाई उसको नाम याद आएन । साँच्चै मैले उसको नाम भुलेँ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।