सुनकेशरी रानी जस्ती कति राम्री लजाएकी
मलाइ आउन संकेत गर्दै छिन् छिन् चुरा बजाएकी
अस्ति अस्ति भन्दा पनि, झनै प्यारी देखेको छु
मुहार हेर्दा जूनै जस्तो, सिंगै धर्ती सजाएकी
समीप समीप जति जान्छु, उत्ति चञ्चल मन भा'छ
यसै सुन्दर योवनलाई, अझै बढी मझाएकी
मन्ध मन्ध मुस्कानमा, सारा जीवन भुल्न थाले
प्रेमको मिठो स्पर्शले, माया गर्न कजाएकी
आहा कति रमाइलो, लाग्छ जीवन यसै बितोस
उनकै महिमा गाइराख्छु, प्रेम गीता भजाएकी ।।
विकास अव विदा माग्छ, माया मेरी उनैलाई छ
कलम बन्द गरे पनि, अक्षर भरी सजाएकी।।
पोखरा, हाल: फिनल्यान्ड