17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एउटा प्रेम कविता

कविता विवश पोखरेल April 7, 2010, 1:25 am

म यसबेला –

पुरानो अटोग्राफका पानाहरू पल्टाउँदै

तिमीलाई सम्मिmरहेछु ।

खङग्रङ्ग सुकेछन् अटोग्राफभित्र

तिमीले स्नेह पोखेर च्यापेका

गुलाफका स्निग्ध फूल ।

विस्मृत अक्षरमा अनुवाद भएछन्

तिम्रा सुन्दर अक्षर र मृदृ अभिव्यक्ति

र एकाएक धमिलिएछ तिम्रो तस्विर ।

यसबेला सम्झनसिवाय

अर्को विकल्प नै के रहयो र ?

सम्झिरहेछु

विदाईका क्षणमा ढुङगेधारामा

साबुनका फिँजमा आँसु मिसाउँदै

लुगा धुँदै रूँदै गरेका तिम्रा आकृति ।

बाटो छाडेर –

नदी किनार चाँडो पुग्ने आतुरमा

झुक्दै निहुरिंदै जाँदा–

बयरका झयाङबीच अल्मिmएका

तिम्रा लामा केशराशी ।

र, त्यसलाई छुट्याउन

बितेको एउटा सिङगो दिन

अनि काँडेयुद्धमा विजयी–

आफ्नो रगताम्य हात ।

हुनसक्छ –

यस बेला तिमी पनि मजस्तै

स्मृतिका सेताम्मे कुहिरोभित्र

आफूलाई हराउँदै –

छली समयको विरmद्धमा

क्षोभ प्रकट गर्दै गरेकी हुनसक्छ्यौ

या–चिम्म आँखा चिम्लेर

हामीले कहिले नचुँडिने बाचा गरेका

देउराली र भञ्ज्याङ्गहरूसँगै

गुम्बा र मन्दिरहरू

सम्झिरहेकी हुनसक्छ्यौ ।

साँच्चै नै –भाग्यले साथ नदिएपछि

कसको के लाग्दो रहेछ र

क्षमा गर, म यस बेला

पुराना अटोग्राफका पानाहरू पल्टाउँदै

मात्र तिमीलाई सम्झिरहेछु ।

खङ्रङ्ग सुकेछन् अटोग्राफभित्र

तिमीले स्नेह पोखेर च्यापेका

गुलाफका स्निग्ध फूल ।

बिराटनगर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।