19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बोध राज पन्त ‘अनागत’ April 6, 2010, 5:31 pm

के भयो र मेरो हजुर बाड्गो खुट्टा चाल्नु भो ?

कि आज फेरि गिलास भित्र फाल हाल्नु भो ?

निस्कँदा त रित्तो खल्ति टट्पुँजिया हुनुहुन्थ्यो

कुन मूर्खको खल्तीभित्र जाल हान्नु भो ?

कस्तो रंग थियो हजूर स्वदेशी कि विदेशी ?

कि आज पनि घरपालामा जात हाल्नु भो ?

भन्नोस् भन्नोस् फूर्ति दिन कस्ले भेट्नु हजुरलाई

त्यो खुट्टाको एउटा चप्पल कता फाल्नु भो ?

गन्हायो त साह्रै हजूर के लाग्या त्यो कपडामा

आज फेरि कुन नालीमा फाल हाल्नु भो ?

यस्तै हुन्छ बेहोसीमा लुला हुन्छन् हात खुट्टा

धन्न हजुर बामे सर्दै घर पाल्नु भो !

मणिग्राम, रुपन्देही ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।