के भयो र मेरो हजुर बाड्गो खुट्टा चाल्नु भो ?
कि आज फेरि गिलास भित्र फाल हाल्नु भो ?
निस्कँदा त रित्तो खल्ति टट्पुँजिया हुनुहुन्थ्यो
कुन मूर्खको खल्तीभित्र जाल हान्नु भो ?
कस्तो रंग थियो हजूर स्वदेशी कि विदेशी ?
कि आज पनि घरपालामा जात हाल्नु भो ?
भन्नोस् भन्नोस् फूर्ति दिन कस्ले भेट्नु हजुरलाई
त्यो खुट्टाको एउटा चप्पल कता फाल्नु भो ?
गन्हायो त साह्रै हजूर के लाग्या त्यो कपडामा
आज फेरि कुन नालीमा फाल हाल्नु भो ?
यस्तै हुन्छ बेहोसीमा लुला हुन्छन् हात खुट्टा
धन्न हजुर बामे सर्दै घर पाल्नु भो !
मणिग्राम, रुपन्देही ।