14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

उपहारभित्र उपहार

हास्यव्यङ्ग्य वासुदेव गुरागाईं April 9, 2010, 6:43 am

अमिलोमा नअलमलिने आइमाई र उपहारमा नअलमलिने उपभोक्ता खोज्ने कार्य सगरमाथा चढ्ने कामभन्दा पनि गाह्रोे छ । तैँले कहिले सगरमाथा चढिस् ए ! नाथे ? भनेर तपाईंहरू मनमनै मलाई हपार्नु होला । ठीकै हो । म पनि मनमनै के भन्छु भने सबभन्दा गाह्रो काम गर्ने मेरो सानैदेखिको बानी भएकाले जाबो सगरमाथा चढ्ने काम मैले कहिल्यै गरिनँ ।

लोग्नेवादलाई लडाउन लागिपरेका आइमाईहरूको लर्कनलाई आतिथ्य दिएर सम्मान गर्नुपर्ने आजको जमानामा उल्टै तिनलाई कोट्ट्याएर अनिकालले खलबलिएको आफ्नै खप्पर फुटाउने जमर्को मबाट होला भनेर सपनामा पनि नचिताए हुन्छ । तँ हुति भएको मान्छे नै होइनस् भनेर मलाई उराल्नेहरूको ओइरो लाग्न सक्छ ! बरु म त्यो खप्न तयार छु । तर आइमाई कै विरोध गरेर पुर्पुरोमा डाडु–पनिउँको छाप,— डँडाल्नोमा जुत्ताको धाप बेहोर्न म सक्तिन । कोही सूरवीर निस्कन्छ भने सकेको सहयोग गर्छू,— त्यो पनि सोभैm होइन, जस्केलाबाट ।

यदि मात्रु हुन्छ भने बरु तपाईंलाई पनि एउटा सल्लाह दिन्छु,— यस्तो धृष्टता तपाईं पनि नगर्नुस् । सत्य, त्रेता, द्वापर पूरै तीन युग र कलियुगको एक चौथाइ बितिसक्दा पनि केही गर्न नसक्ने लोग्नेवादले अब स्वास्नीवादलाई स्वीकार्नु पर्छ भत्रे मेरो सुझाउ छ । आगे तपाईंको मर्जी ।

मेरो विषय कता मोडिदैँछ भत्रे कुरा शायद पत्ता लगाइसक्नु भयो होला । अब यति भन्दा पनि बुझ्नु भएन भने मेरो केही लाग्नेवाला छैन । भत्रै पर्छ भने भन्छु,— मेरो अहिलेको विषय उपहारमा मात्रै सीमित हुनेछ ।

उपहार ! अँ, उपहार भत्रेबित्तिकै खोरमा बाख्रा देखेर बाघले ¥याल चुहा’को जस्तो सबैका मनमा ¥याल चुहिने । कसैले देखी–देखी बजाउने, कसैले गोप्य रूपमा भजाउने,— फरक त्यत्ति हो । कोसेली, नजराना, सौगात आदि उपहारका सहोदर दाजुभाइ हुन् भने घूस, रिसवत चाहिँ ल्याइते आमापट्टिका सन्तान, तर अति बलवान । त्यसैले उपहार र उसका सहोदर दाजुभाइलाई समाजमा केही सहज ढङ्गबाट स्वीकारिन्छ भने घूस, रिसवत आदिलाई अदृश्य रूपमा स्वीकार्ने हाम्रो प्रचलन रहिआएको छ । दिने हात र खाने मुख एउटै प्रकारको भएपनि यो ठाउँअनुसार कहीँ कतै केही फरक–फरक प्रवृत्तिको हुने भएकाले त्यसको छुट्टै शोध जरुरी हुन्छ, अहिले नकोट्याऊँ ।

जुनसुकै नाम र उपनामले पुकारे पनि उल्लिखित उपहारहरूले आफ्नो परम्परागत रूप र धर्म छाडिसकेकाले अब यिनीहरू कसैको स्वेच्छामा निर्भर नभएर अधिकारका रूपमा स्थापित भइसकेका छन् । कुनै पनि कामका पछाडि यिनीहरू स्वतः जोडिएर आउँछन् । त्यसैले आधुनिक समाजमा उपहारका कुरा गर्दा तिनले अब स्थान पाउँदैनन् । उपहारका नाममा अभैm तिनलाई महत्व दिने हो भने त्यो प्रतिगमन तर्पmको यात्रा सिवाय अरू केही हुत्र ।

­ ­ ­

‘लौ ! मूला कित्रुस् साग उपहार, मूला कित्रुस् साग उपहार’— फौबन्जारले डाँको छोड्यो । तरकारीकै तारतम्य मिलाउन निस्केको म मूलालाई मूलाको विज्ञापनले तानिहाल्यो । सम्भेmँ, आज चिट्ठै प¥यो ।

अचम्म ! म त्यहाँ पुग्नुभन्दा अगाडि नै अरू मूलाहरू पनि तरकारीकै जोहो गर्न तम्सिरहेका । तँछाड–मछाड गरेर सबै मूला खोसाखोस् गर्न थाले,—साग खोइ त ? सबैले प्रश्न ओइराए । फौबन्जारले जिल्ल्याइदियो,— साग त्यसैमा छ नि ! बल्ल पछाडि परेकोमा आपूmले आपैmँलाई बधाई दिएँ । अरू जिल्लाराम ।

दुइटा चाउचाउ खानुस् एउटा कचौरा लानुस् । पन्ध्र रूपैँयाको चाउचाउ पच्चीस रूपैँयाको कचौरा । जे चीज खानुस् उपहार लानुस् । चाउचाउ त मात्र एउटा उदाहरण,— गणनामा जितेकाले । पत्याउनु पनि कसरी— नपत्याउनु पनि कसरी ! आँखै अगाडिको कारोबार । कुन साँचो, कुन भूmटो । चाउचाउ र कचौरा— मान्छे र उपहार !! मान्छेको जातै लोभी,— ‘कचौरा खानुस् चाउचाउ लानुस्’ भनेपनि ऊ तम्तयार, उपहारका लागि । कुन खान हुने कुन नहुने सबै सदावर्त ।

यी यस्तै छ ! अहिलेको बजार— उपहारको बहार, उपभोक्ता हाहाकार । जुन चीज लिनुस् उपहारै उपहार । किङ्ग मिडासले जे छोयो त्यही सुन हुने अनौठो कथाभैmँ अहिलेका व्यापारीले जे सिज्र्यो त्यसैमा उपहार । उपभोक्ताको लुछाचुँडी,— आन्द्रा–भुँडी कुहिएको थाहा छैन !

कस्तो डरपोक र’छ । अरूले सुन्दैमा के हुन्छ र ? भत्र भन् । उसले मानेन । खुसुक्क कानमै आएर खुस्खुस् ग¥यो,—‘बुझ्नु भो ! अहिलेका व्यापारीमा यमराज प्रवेश गरेका छन् । व्यापारको राजनीति उनकै हातमा छ । हेर्दै जानु होला । कुन दिन हाम्रो एकै चिहान हुन्छ । यमराजले दागा धरेपछि कसको के लाग्छ ।’— उसले अभैm डराएर भन्यो ।

यमराजले उपहार ल्याए,— उपभोक्ताले खाए, म मोरालाई टाउको दुखाए । सम्झिऊँ सम्झी साध्य छैन, बिर्सौँ बिर्सी सकित्र । टि.भी.देखि रेडियोसम्म, पत्रिकादेखि पम्प्लेटसम्म । जहाँ जाउ उपहारै उपहार । हातलागी शून्य । सावाँभन्दा ब्याज धेरै, सामानभन्दा उपहार धेरै । कसैले नसक्ने भो, अर्थशास्त्र फेल खायो ।

­ ­ ­

‘हेलो’, ‘हेलो’, ‘अँ’, ‘अँ’ म बोल्दैछु । ए ! काम बन्यो ? लौ, बधाई छ । ए ! ए !! अँ’अँ, झन् राम्रो,— उपहार भनेपछि मरिहत्ते हाल्थिस् ! ठीक्क भो । हुन्छ–हुन्छ, भोलि भेटौँला । हस्, नमस्कार ।

तपाईंलाई झर्को लाग्यो होला । मेरै साथी रूपबहादुरको फोन । पन्चै–बाजा ठोकेर बिहे गर्ने पाँच महिनादेखिको उसको धोको पूरा भएछ । अनि... ... ।

उपहारको कुरा त चुहिएन नि ! भनेर तपाईंका मनमा चिसो पस्ला । तपाईंलाई के ढाँट्नू । कुरा मिलाउने सप्पै लमी । उसैको लमिलस्टमा विश्वास गरेछ । थुप्रै उपहारको आश्वासन पाएछ,— साथी दङ । गोबरका थाप्रामा असिना प¥या’स्तो मेरो रूपबहादुर केटी पाएकोमा त्यसै दङ, त्यसमाथि थुपै्र उपहारको प्रस्ताव । हत्त न पत्त निर्णय दिएछ,— हुन्छ, बिहे गर्छु ।

पूर्वाङ्गदेखि कन्यादानसम्म सप्पै कर्म झटाझट फटाफट । छोटो छरितो विधि,— मन्दिरमा भेला, बेलैमा बिहे सम्पत्र ।

पलङ मात्र तीन तीनओटा । रूपबहादुरको खुसीले सीमा नाघेछ । पछि कुरा खुल्दा पोे साथी चकित,— दुलहा र दुलहीलाई एउटा पलङ, दुलहीका छोरा–छोरीलाई अलग–अलग पलङ ।

कन्यादान भइनै सक्यो, उसले चित्त बुझाएछ । न सुत्केरी गराउने झञ्झट न उतार्ने नै । आएछ ! साथी दुलही टिपेर । साथसाथै दुइटा उपहार । एउटा छोरा, एउटी छोरी ! तैपनि ऊ खुसी नै छ,— गतिलै उपहार पाएकोमा ।

यो कुरा तपाईंलाई खुसुक्क भनिहालेँ, तर अरूलाई भने हल्ला नगर्नोस् है । उसलाई चित्त बुझ्छ भने हामीले किन टाउको दुखाउने ? आखिर स्वास्नीवादलाई स्वीकार्ने हाम्रै सुझाउ छ । होइन र ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।