19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत क्षेत्रप्रताप अधिकारी April 15, 2010, 1:27 pm

मलाई छोडी मेरो छायाँ कतै झरेछ

तिमीसम्म आइपुग्दा साँझै परेछ

त्यसै कति बिते मेरा चिसा चिसा रातहरु

तातो माया संगालेर खोजिरहें साथीहरु

वैंश छँदा नपुगेको रातै ढलेछ

तिमीसम्म आइपुग्दा साँझै परेछ

नलेखेको गीत मेरो पाखाभरि गाए जस्तो

नदेखेको माया मेरो आँखाभरि पाए जस्तो

जिन्दगीको छेउमा कतै ज्योति झरेछ

तिमीसम्म आइपुग्दा साँझै परेछ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।