18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विश्व गुरुङ April 17, 2010, 9:26 pm

घामपानी जे-जे हुन्छ होला जिन्दगीमा ।

नाफा-घाटा हेरिंदैन चोखो पिरतीमा ।।

जब बस्छ माया अनि मान्दैन लौ डर ।

न त खोज्छ धन-सम्पत्ती न त सोध्छ थर ।।

सुख-दु:ख जे-जे हुन्छ होला जिन्दगीमा ।

नाफा-घाटा हेरिंदैन चोखो पिरतीमा ।।

चाहिंदैन ज्योतिषी नै लगन जुराउन ।

दुइटा मन गाँसे पुग्छ घरबार बसाउन ।।

मीठो-तीतो जे-जे हुन्छ होला जिन्दगीमा ।

नाफा-घाटा हेरिंदैन चोखो पिरतीमा ।।

वालिङ्-१, स्याङ्जा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।