19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

उपहार

कविता दीपेन्द्र के.सी. April 21, 2010, 12:36 pm

दुर्नाम देशको राजनीति

संधै फाल्तु भाषणमात्रै छोड्छ

जनतालाई संधै सडकमा लडाउ“छ

राजनीतिको सन्देश —

वालक, युवा

सिलाङका गल्ली, खाडीका मरुभूमि

मलेसियाका अप्ठयारा र

अमेरिका, यूरोपका जुठ्यानहरुमा वर्वराउँछ ।

जीन्दगी एउटा लक्ष्यजस्तो—

मुग्लानमा ओइरो लागेको छ

राजनीतिको पेलाइले ।

राजनीति फेरि राजनीति !

एउटा फतुरो गफसंगै

शिक्षा दिन्छ नवपुस्ताहरुलाई भीडभाड अनि

वुझाउंछ मुग्लानलाई

भविष्यको सुरक्षित घर,

नेताज्यूले व्याख्या गरेको

राजनीतिको गलपासो भिर्दै

सिद्धान्त सिकाउंछ घिच्रो फुलाउंदै

देश, नेता, राजनीति

फेरि राजनीति ! भन्दै

स्वदेशी वेरोजगारीको भेलमा वगेर

विदेशी रोजगारको खाल्डोमा जकाउंदैछ

आफैलाई

बाहिर निस्कनै नसक्ने गरी ।।

बाग्लुङ, हाल: बेल्जियम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।