18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

यक्ष प्रश्न

कविता भरत बागलुङे April 21, 2010, 8:42 pm

हाम्रो घरमा

रोग छ

भोक र शोक छ

तिम्रो घरमा पनि यस्तै भए

तिमी के गथ्र्यौ ?

हाम्री आमाको

बुढो धोती फाटेर

लाज असरल्ल पोखिएको छ

बा को इज्जत

लगौंटीले रोक्न सक्दैन

हाम्रो कुरै नगर

हाल–बेहाल छ

तिम्रो घरमा पनि यस्तै भए

तिमी के गथ्र्यौ ?

हरेक हिउँदमा

हाम्रा बा

धुरीबाट आकासका तारा गन्दै

ठीहिको मफलर ओढेर रात काट्छन्

र वर्खाहरुमा हाम्रा बा

ओतको अहम् बोकेर

तप्केनी जस्तो छानो मुनी सुती

भविष्यका सुन्दर सपना

साहुको खेतमा रोप्ने गर्छन्

यस्तो बेला

हाम्रो बा को ठाउँमा तिमी भए

सम्माननीय सत्ताका मालिक

तिमी के गथ्र्यौ ?

जस्तो की

म छु

बाको दुःखको नाश गर्न

तिम्रो उपस्थिती समूल नष्ट हुनुपर्ने आवश्यकता

आत्मबोध गरिरहेछु

के तिमी मलाई अभैm देशद्रोही भन्न सक्छौ ?

नारायणस्थान, बागलुङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।