घाम डुब्यो जिन्दगीको, मनको संसार अँध्यारो भो ।
साथ छुट्यो सहयात्रीको, यात्रा मेरो अधुरो भो ।
गुराँश फूल्ने लेक मेरो, बुकी फूल्ने पाखाहरु ।
जता ततै उजाड देख्छु, सजल बन्छन् आँखाहरु ।
तारा खस्यो साहाराको, एक्लो जून मधुरो भो ।
साथ छुट्यो सहयात्रीको, यात्रा मेरो अधुरो भो ।
छोड्यो उसले साथ मेरो, तोडी सारा बाचाहरु ।
पल पल बल्झि दिन्छन्, उसकै मिठा यादहरु ।
फूल सुक्यो पिरतीको, लक्ष्य मेरो अपुरो भो ।
साथ छुट्यो सहयात्रीको, यात्रा मेरो अधुरो भो ।
अनिदैमा बित्ने गर्छन्, मेरा हर रातहरु ।
सपनीमा खोजिरहन्छु, उसकै न्याना साथहरु ।
भाग्य लुट्यो बिधाताले, प्यार मेरो टुहुरो भो ।
साथ छुट्यो सहयात्रीको, यात्रा मेरो अधुरो भो ।