19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भविष्यवाणी

कविता नारद बज्राचार्य April 25, 2010, 1:11 pm

सुन

म भविष्यवाणी गर्न गइरहेछु

म भविष्यवाणी गर्न गइरहेछु

म भविष्यवाणी गर्न गइरहेछु

चर्का आवाजहरु

कतै गायब हुनेछन्

उठेका हातहरु

सम्म्याइने छन्

दगुरेका पाइतालाहरु

ताछिनेछन्

मन्दिरमा मात्र

पुजारी पुजिनेछन्

सुन

तिमी जो हुनुपर्छ भन्थ्यौ नि

त्यो हुन्दैन

जो नहुनु पथ्र्यो भन्थ्यौ नि

त्यहि हुनेछ

र, लामो समयसम्म

त्यो नहुनुपर्ने

भएर – फैलिने छ

फैलिने छ

फैलिने छ

र,

फुट्नेछ ।

कुलेश्वर, काठमाडौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।