मनको कुरा बुझिएन हजुर ओंठ खोलीदेऊ
विन्ति छ मेरो हजुर केही त बोलीदेऊ
तिमी बोले मेरो खुसीमा नै बित्छ दिन
नबोलेमा मेरो मन तडपिन्छ क्षण क्षण
केही गल्ती गरेको भए माफ गरीदेऊ
बिन्ति छ मेरो हजुर मुस्कान छरिदेऊ
रिश र राग नराख्नु हजुर मरी जाने चोला
हाँसखेल गरौ आजको दिन भोली के पो होला
न्यूयोर्क