19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत मुकेश राई April 30, 2010, 6:56 am

केटा - मायालु तिमीलाई एउटा चिट्ठी पठाउँदैछु

परदेशबाट सन्देश मिठो प्रिती पठाँउदै छु !

केटी - तिम्रो चिट्ठी पाए पछि पिर सबै भुलेँ

उजाड जीवन फेरी रंगीन बहार भई फूलेँ !

केटा - तिम्रो यादहरु हरपल मेरो जिउने आधार

चुमीरहन्छ तिम्रो तस्विर, मेरो प्यासी नजर !

केटी - मलाई बिरहले पोल्दा, पवन बनी आईदेउ

उजाड मेरो जिबनमा बहार भई छाईदेउ !

केटा - युग युग नछुटिने गर्छु वाचा बन्धन

दुई आत्माको मिलन हो यो हाम्रो जिबन् !

केटी - सागरको गहिराई भन्दा धेरै माया गर्छु

तिम्रै निम्ती बाँची दिन्छु, तिमी संगै मर्छु !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।